भगवान गणेशको काटिएको शिर राखिएको यो अद्भुत गुफा!

  • 84
    Shares

चितवन, पुष-१। हिन्दु धर्मशास्त्र अनुसार भगवान् शिवले क्रोधमा आएर गणेशजीको शिर काटिदिएका थिए ।पछि माता पार्वतीले भनेपछि भगवान् शिवले हात्तीको टाउको ल्याएर जोडिदिएका थिए । तर, भगवान् गणेशको शिर कहाँ राखिएको थियो भन्ने कुरा सायदैलाई मात्र थाहा होला ।

भगवान् शिवले गणेशजीको वास्तविक शिर एउटा गुफामा राखेका थिए । उक्त गुफा भारतको उत्तरखण्डस्थित पिथौरागढमा रहेको छ । यस गुफालाई पाताल भुवनेश्वरको नामबाट पनि चिन्ने गरिन्छ ।यसको वर्णन स्कन्द पुराणमा गरिएको छ । जहाँ गणेशजीको शिर रहेको छ त्यहाँ भक्तहरुको आस्थाको केन्द्र रहेको छ । त्यहाँ रहेको गणेशजीको मूर्तिलाई आदि गणेश भनेर भन्ने गरिन्छ ।

यो गुफा एउटा विशाल पहाडको ९० फिट भित्र रहेको छ । यो गुफाको खोजी भगवान् आदि शंकराचार्यले गरेका थिए । यस गुफामा भगवान् गणेशको काटिएको शिरको माथि १०८ शवाष्टक व्रह्मकमल रहेका छन् ।

यो व्रह्मकमलबाट भगवान् गणेशको शिलारुपी मूर्तिमा जल झर्छ । मान्यताका अनुसार यो व्रह्मकमल भगवान् शिवले नै स्थापित गरेका थिए ।मन्दिरमा आदिगणेशको शिर खस्दै गरेको देखिन्छ । यो गुफामा कालभैरवको जिब्रोको पनि दर्शन गर्न सकिन्छ ।यसबारेमा मानिसहरु कालभैरवको मुखबाट पसेर गर्भमा प्रवेश गर्दै पुछारबाट निस्किँदा मुक्ति मिल्ने विश्वास गर्छन् ।-

यो पनि :यस कारण लगाउँथिन् सीताले वनबासको समयमा पहेँलो कपडा !महाभारत र रामायण नसुन्ने मानिस नेपालमा सायदै नहोलान् । तपाइँले रामायणमा राम, सीता, लक्ष्मण, हनुमान, रावण लगायत धेरै पात्रहरुको कथा सुन्नु नै भएकै होला ।आज हामी तपाईलाई माता सीताले वनबासको बेला किन पहेँलो रङकै कपडा लगाइन् भन्ने कुराको बारेमा जानकारी दिनेछौँ ।

भगवान श्रीराम, लक्ष्मण र सीताले वनबासको बेला पहेँलो रङकै कपडा लगाएका थिए । १४ वर्षको वनबासमा मोह, माया र घमण्डरहित भएर वनबासमा जानुपर्ने थियो ।त्यसैले उनहरुले राजसी कपडाहरु त्यागेर अन्य कपडा लगाए ।

साधु सन्तहरुले तपस्यामा गएका बेला गेरु कपडा लगाउँछन् । तर उनीहरु साधुसन्त नभएकोले गेरु कपडाको स्थानमा पहेँलो रङको कपडा चुनेका थिए ।उनीहरु तपस्याको लागि गएको तर साधु, सन्यासी नभएकोले पहेँलो रङको कपडा लगाएको कुरा धर्मशास्त्रमा वर्णन गरिएको छ ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: