इन्फ्रास्ट्रक्चरको IPO को प्रि अलोटमेन्ट सम्पन्न, ५० कित्ता भन्दा बढी पाउने कति जना ?

  • 11
    Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपीओ) पर्सि बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धकका अनुसार शुक्रबारसम्म आईपीओको बाँडफाँट हुनेछ आईपीओमा १५ लाख ५० हजार ९० जनाले आवेदन दिएका थिय ।

कतिपय आवेदन रद्द हुने भएकोले   आवेदन दिने आवेदकले आईपीओमा आवेदकले ५० कित्ता सेयर पाउने देखिएको छ।बैंकको सेयरमा ४० कित्ता वा सो भन्दा कम माग गर्नेले माग अनुसार नै सेयर पाउने देखिएको छ ।

त्यो भन्दा बढी आवेदन दिने आवेदनकर्तालाई गोलाप्रथा गरेर सेयर बितरण गरिने भएको छ ।

बुधबार प्रि अलोटमेन्ट सम्पन्न भएकाे हुनाले शुक्रबार बाँडफाँड गरिने भएकाे छ । उक्त आइपीओकाे बाँडफाँड शुक्रबार बिहान १० बजे गर्ने तय भएकाे निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ ।

प्रि अलोटमेन्ट अनुसार १४ लाख ७५ हजार ८० वटा याेग्य आवेदन रहेका छन् भने ६ हजार २ सय ७६ जनाको आवेदन रद्द भएकाे छ । जसअनुसार ५० कित्तासम्म आवेदन दिने सबैले मागे अनुसार नै पाउनेछन् । त्यसपश्चात ६० कित्ता र त्यहाँ भन्दा माथी आवेदन दिनेकाे गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा ४ लाख ९२ हजार ७२ जनाले थप १० कित्ता गरी ६० कित्तासम्म शेयर प्राप्त गर्नेछन् ।

बैंकले माघ २ गते, शुक्रबारदेखि माघ ६ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरकाे ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: