नेपाली जनताले र नेकपाले देखेको समृद्ध नेपाल निर्माण र समाजबादको बाटो ओलिले भत्काए ‘:प्रचण्ड
बुटवल – बिहिवार माघ १५
सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २ वर्षभित्र नयाँ नेपालको जग बसाल्ने बताएका छन् । लुम्बिनी प्रदेशको बुटवलमा भएको भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
पार्टी एकता हुदा नेपाली जनता लगायत आफुले समृद्ध नेपाल निर्माण र समाजबादको ठुलो सपना देखेको र अहिले ओलिले भत्काएर जनमतको अपमान गरेको आरोप लगाएका छन।।
पाचबर्ष भित्रमा किसान, मधेसि दलित, आदिवासि जनजाति सबैको पुर्ण अधिकारको ग्यारेण्टी गर्दै देशलाई आमुल परिवर्तनको बाटोमा लैजाने सपना ओलिले ३ बर्ष नपुग्दै चक्नाचुर बनाइदिए को आरोप समेत लगाएका छन।
आज भएको बुटवल को सभा ओलि ब्यक्ति बिरुद्ध नभई बिधिको शासन न्यायको शासन सत्य तथ्य सहित परिवर्तनकोलागि रहेको बताएका थिए। पार्टी एकता गरेर समृद्ध नेपाल निर्माण र समाजबादको बाटोमा ऊन्मुख हुन्छौ भनेको ओलिले भत्काए अब देशमा अर्को परिवर्तनको आवश्यकता रहेको बताएका छन।
महंगि भ्रष्टाचार आदिबासि जनजाति मधेसि किसानको सहिद बेपत्ता हरुको अधिकारको मुख्य बाधक ओलि रहेको समेत आरोप लगाएका छन।
