प्रचण्ड माधवकुमार नेपाल समूह काठमाण्डौं बाहिर रहेको र समय मागेपछि ओली पक्षसँग निर्वाचन आयोगको छलफल सुरु भएको छ।।

  • 78
    Shares

काठमाण्डौं: माघ १६ शुक्रबार

प्रचण्ड माधवकुमार नेपाल समूह काठमाण्डौं बाहिर रहेको र समय मागेपछि ओली पक्षसँग निर्वाचन आयोगको छलफल सुरु भएको छ।।

 

नेपाल कम्युनिष्ट पार्टीको बिबाद लाइ टुंगोमा पुर्याउन निर्वाचन आयोगले दुवै पक्षलाई छलफलमा बोलाएको थियो शुक्रबारको लागि तर प्रचण्ड माधवकुमार नेपाल राजनीतिक शिलशिलामा काठमाण्डौं उपत्यका बाहिर रहेकोले छलफलमा उपस्थिति हुन नसकिने भनेर सुचना दिएका छ्न।।

 

पार्टी नेता राजेन्द्रप्रसाद पाण्डे, लीलामणि पोखरेल र मुक्ति प्रधान आज शुक्रबार बिहान आयोगमा पुगेर दुवै अध्यक्ष पूर्वनिर्धारित कार्यक्रममा भाग लिने सन्दर्भमा उपत्यका बाहिर राजनीतिक कार्यक्रममा व्यस्त रहेकाले छलफलमा भाग लिन नसक्ने जानकारी गराएका हुन् ।

 

निर्वाचन आयोगले प्रतिनिधिसभा आगामी निर्वाचनको लागि अहिलेसम्म भएको तयारि र दल दर्ता सम्बन्धित छलफलको लागि बोलाएको थियो ।।

सरकारले प्रतिनिधिसभा निर्वाचन आगामी बैसाख १७ र २७ गते दुईचरण गरि निर्वाचन गर्ने घोषणा गरिसकेको छ।।

 

निर्वाचन र प्रतिनिधिसभा भङ्ग भएका विषयमा सर्वोच्च अदालतमा परेको मुुद्दामाथि अझै पनि सुुनुुवाइका क्रममा बहस चलिरहेको छ ।

 

निर्वाचन आयोग पुगेका ओलि समुहले भने दल दर्ता र निर्वाचनको प्रकृया अगाडि बढाउन आग्रह गरेका छन् ।

प्रचण्ड माधवकुमार नेपाल समुहले माघ १८ गते पछि मात्र उपस्थिति हुन सकिने जानकारी दिए पनि ओलिले भने दल दर्ता गर्न आग्रह गरेका छन् । निर्वाचन आयोग पुगेका सुवास चन्द्र नेवाङ र बिस्णु पौडेलले आग्रह गरेका छन् ।सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेको ले निर्वाचन प्रकृया अगाडि बढाउन उपयुक्त हुने बताएका छन।

 

 

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: