निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आर्थिक समस्या ।।

  • 544
    Shares

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक समस्या ।।

 

चितवन, १८ माघ ।

धुर्मुस सुन्तली फाउण्डेशनको नेतृत्वमा भरतपुर महानगरपालिका वडा नम्वर १५ रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानमा आर्थिक समस्या उत्पन्न भएको छ । धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ यतिबेला उधारोमै भएपनि रंगशाला निर्माणमा जुटिरहेका छन् ।

 

केही महिना अघि नमुना रंगशाला निर्माण भएको खुसियाली साट्दै केहि खेलहरु समेत भए बिभिन्न रास्ट्रिय खेलाडिको उपस्थितिमा तर यतिबेला भने निर्माणाधीन रंगशालामा आर्थिक समस्या उत्पन्न भएको छ ।।

आर्थिक समस्या उत्पन्न नभए रंगशाला अब एक बर्ष भित्रमा सम्पन्न हुने धुर्मुस सुन्तलीको दाबि रहेको छ।

हालसम्म स्ट्यांड ए र बि दुबै साईडको प्याराफिटको जग तयार भईसके छ र प्लिन्थ बिमको काम सम्पन्न भएको छ ।६ महिनाको अबधिमा २८६ भन्दा बढि पिल्लर उठेको छ,

रंगशाला निर्माणको लागि ३ अर्ब ५५ करोड लाग्ने उल्लेख गरिएको छ भने रंगशाला निर्माणको लागि हालसम्म ३८ करोड ५४ लाख भन्दा बढि खर्च गरिसकेको जनाएका छन।तर आम्दानी भने ३१ करोड मात्र भएको जनाएको छ।।

रंगशाला निर्माण महाअभियानमा जोडिनेहरुले रंगशालालाई सहयोग गर्ने बचन दिएकोे भएपनि उत्त रकम संकलन नभएको धुर्मुस बताउछन् । धुर्मुसका अनुसार रंगशालाका लागि बोलकबोल भएर पनि उठ्न नसकेको रकम हालसम्मको कुल खर्च रकमभन्दा करिब दोब्बरले बढी छ । सहयोग गर्ने घोषणा गरेका बिभिन्न निकाय देखि बिभिन्न ब्यक्तिहरुलाई आफुले दैनिक सम्पर्क गरे पनि खासै चिसो नदिएको धुर्मुसका गुनासो रहेको छ ।

 

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: