केपि ओलि र ईश्वर पोख्रेललाई प्रचण्ड माधवकुमार नेपाल समूहले पार्टीको साधारण सदस्य समेत नरहने गरि निस्कासित।।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समुहले केपि ओलि र ईश्वर पोख्रेललाई पार्टिको साधारण सदस्य समेत नरहने गरि निस्कासित गरेको छ, सोमवार बसेको प्रचण्ड माधवकुमार नेपाल समूहको केन्द्रिय समिती बैठकले ओलि र ईश्वर पोख्रेललाई साधारण सदस्य समेत नरहने गरि निस्कासित गरेको हो।यस अघि बसेको केन्द्रिय बैठकले केपि ओलि लाई नेकपा अध्यक्ष बाट हटाई ओलिको ठाउमा माधवकुमार नेपाललाई अध्यक्षमा राखेको थियो ।
यसैगरि सोमबार बसेको केन्द्रिय बैठकले बिस्णु पौडेललाई पनि महासचिव बाट हटाईएको छ। ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दुबै पक्षको छुट्टा छुटै बैठक बस्दै बिभिन्न निर्णय गर्दै आइरहेका छ्न ।तर यस अघि दुबै पक्षले गरेका निर्णय मान्य नहुने भन्दै निर्वाचन आयोगले खारेज गरेको छ ।।