प्रतिनिधिसभा विघटन बिरुद्ध डाक्टर गोविन्द केसी २० औ अनसनमा बस्ने घोषणा।।

  • 149
    Shares

डाक्टर केसी फागुन अब १२ गतेदेखि अनसनमा बस्ने घोषणा गरेका छन् ।।

ओलि इतिहासकै भ्रस्ट र तानाशाहि निस्केको जनताको मर्म बुझ्न नसकेको आरोप लगाऊदै ओलिको राजिनामा देखि प्रतिनिधिसभा विघटन बिरुद्ध डाक्टर गोविन्द केसी २० औ अनसनमा बस्ने घोषणा गरेका छन।।

 

झण्डै ८० वर्षसम्म नागरिकहरूले रगत–पसिना बगाएर ल्याएको लोकतान्त्रिक व्यवस्था जोखिममा रहेको संविधानको मर्म मारेर एक व्यक्ति सर्वेसर्वा हुने अधिनायकवादी व्यवस्थाका विरुद्धमा आफूले आमरण अनसन बस्न लागेको डाक्टर केसीले जानकारी दिनुभएको छ ।

 

एक दशकदेखि देशको स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा मेडिकल माफिया देखि गरिब जनताको सुशासनका पक्षमा निरन्तर सङ्घर्षरत रहेकोमा केही माग पूरा भएको र केही बाँकी रहेको स्मरण गराउँदै डाक्टर केसीले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गो राज्य संयन्त्र नै कब्जामा लिएकाले त्यसको विरुद्धमा अनसन बस्न बाध्य भएको बताउनुभएको छ ।

 

केपी शर्मा ओली देशको प्रधानमन्त्री रहेसम्म संविधान मात्रै नभइ सिङ्गो देशको स्वार्थ र सुरक्षासमेत खतरामा तथा अहिलेकै रफ्तारमा प्रतिगमन हुने हो भने निषेध, हिंसा र मुठभेडको राजनीतिले टाउको उठाउने सम्भावना प्रचुर रहेको डाक्टर केसीको दाबी छ ।

 

नागरिकले नैतिक बलमा टेकेर अहिंसात्मक सङ्घर्ष गरेमा लोकतान्त्रिक अधिकारहरू हरण गर्ने सबै प्रपञ्च असफल हुने डाक्टर केसीको वि श्वास छ ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: