ए बाबु कुरा बुझ है उद्योग नखोल पार्टी खोल।।

  • 115
    Shares

त उद्योग खोल्लास, उ पार्टी खोल्छ

त बैंक रिन लेलास, उ चन्दा फिरौती लिन्छ

त मजदुर भर्ना गर्लास, उ कार्यकर्ता भर्ना गर्छ

त सामान बनाउ भन्लास्, उ देशै बनाउ भन्छ

ए बाबु कुरा बुझ है

उद्योग नखोल पार्टी खोल ’

 

त प्रविधि आयत गर्लास, उ राजनिती आयात गर्छ

त नमुना विदेशी सामान देखाउलास, उ नमुना विदेशी नेता देखाउछ

त भएको नितिनियम पालना गरौं भन्लास, उ संविधान नै फेरौँ भन्छ

त उद्योग बलियो बनाउ भन्लास, उ पार्टी बलियो बनाउ भन्छ

जनतालाई धनी बन्न कसैले दिदैन.? बुझ है

उद्योग नखोला पार्टी खोल

 

त कर्तव्यका कुरा गर्लास, उ अधिकारका कुरा गर्छ

त काम सिकाउलास, उ सिद्धान्त सिकाउछ

त अनुशासन खोज्लास, उ त्यसमा दमन र दासत्व भेट्छ

त व्यक्ति व्यवस्थाका कुरा गर्लास, उ राज्य व्यवस्थाका कुरा गर्छ

ए बाबू घुस र करको चपेरामा परेर मर्लास

उद्योग नखोल पार्टी खोल

 

त उत्पादन बढाउ भन्लास, उ आन्दोलन चर्काउ भन्छ

त काम गर्न बोलाउलास, उ जुलुसमा उफ्रन बोलाउछ

त सामान निर्यात गर्ने भन्लास, उ श्रर्मिक नै निर्यात गर्छ

त विदेशीसंग प्रतिस्पर्धा गर्लास, उ विदेशीको चाकडी गर्छ

ए बाबू जे-जे सिद्धान्त पढिस बिर्सिदे है

उद्योग नखोल पार्टी खोल

 

त आफूलाई उद्योगी भन्लास, उ तलाई गरिब मारा शोषक भन्छ

त मानिसलाई क्षमता अनुसार वर्गीकृत गर्लास, उ सबै समान भन्छ

त मजदुरको जात,वर्ग,लिङ्ग,विभेद नदेख्लास्, उ तेहि मात्र देख्छ

त २०८०,९० र २१०० का कुरा गर्लास, उ २००७,१७,३६,४६,र६२&६३ का कुरा गर्छ

काम लाग्ने सिद्धान्त सिक्न आमसभा जाने गर है बाबू

जुलुस आन्दोलन र क्रान्तिमा भाग लिन जाने गर है बाबू

उद्योग नखोल पार्टी खोल

 

त सबैको गाली खालास, उ सबैको ताली खान्छ

त आफ्नो उद्योगमा ताला देख्लास, उ आफ्नो गलामा माला भेट्छ

त टाट पल्टीएलास, उ धनाढ्य पल्टिनएला

त खोरमा बस्लास, उ दरबारमा पस्छ

अनि तेरो बुद्धि फिर्ला—

 

त उसको कार्यकर्ता बन्नैपर्ने अवस्था होला, उ तेरो नेता बन्ला

त पार्टीको वँधुवा मजदुर बन्लास, उ तेरो मुक्तिदाता सामन्त बन्ला

त सडक तताउलास, उ कुर्सी तताउला

त अज्ञात सहिद बन्लास, उ महान नेता बन्ला

जनता गरिव र आफू धनी हुने बाटो हिड है बाबू

त उद्योग खोल्लास, उ पार्टी खोल्छ

भनेको मान है बाबु

उद्योग नखोल पार्टी खोल

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: