बलात्कार पछि हत्या भएकि भागरथी भट्टको न्यायको निम्ति रबिलामिछाने टिम सडकमा ।।

  • 222
    Shares

बैतडीको दोगडाकेदार 7 चडेपानीकी 17 बर्षिय भागरथी भट्ट बहिनिको बलत्कार पछि हत्या भएको छ । निर्मला पन्तका बलात्कारी र हत्याराले राजनितिक श्रेय पाए तब यस्ता घटनाहरु दिन दुइ गुना रात चौगुना बढ्दै गईरहेको छन।

 

बैतडी दोगडाकेदारमा बिहीबार एक किशोरीको बीभत्स हत्या गरिएको अवस्थामा जंगलमा शव फेला परेको छ। दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव फेला परेको हो।

ती किशोरीको शव स्थानीय लवलेक जंगलमा बीभत्स अवस्थामा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिए। बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव फालिएको अवस्थामा फेला परेको हो। उनले भने, ‘शरीरभरि निलडाम र घाउ छन्, कपडा पनि च्यातिएको छ।ु

केही दिनदेखि २ ४ जना भागीरथीलाई उनका केटा साथीहरूले मोटरसाइकलमा विद्यालय लैजाने–पुर्‍याउने गर्दै आएका आफन्तले बताएका छन्। ुती केटाहरूमाथि नै शंका गरेका छौं,ु उनले भने, ‘किटानी जाहेरी दिन्छौं, संलग्नलाई कडा कारबाही माग छ।ु संलग्नलाई कानुनी दायरामा नल्याउँदासम्म घटनानस्थलबाट शवसमेत नउठाउने आफन्तले बताएका थिए ।।

ती किशोरी बुधबारसम्म विद्यालयमा उपस्थित भएकी सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले बताए।

घटनास्थलकै प्रकृति हेर्दा शंकास्पद भएको घटनास्थलमा खटिएका खोचलेक प्रहरी चौकीका प्रमुख मोती बमले जानकारी दिए। उनले भने, ‘बीच जंगलमा शव फेला परेको छ, कपडा खोलेको अवस्थामा छ, थप कुरा अनुसन्धानपछि थाहा होला।’ घटनास्थललाई सुरक्षित पारिएको खोचलेक प्रहरी चौकीले जनाएको छ।

घटनालाई गम्भीर रुपमा लिएको र थप अनुसन्धानका लागि घटनास्थलतर्फ आफैं गइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। ुकिशोरीको कसले किन हत्या गरेको हो भन्ने विषयमा अहिले नै भन्न सकिने अवस्था छैनु, उनले भने‘, घटना शंकास्पद छ।

 

यस्तै रबि लामिछाने टिम भागरथी भट्ट मृत फेला परेको जंगल र उनको घर सम्म पुगेर स्थलगत रिपोर्ट तयार पारेर भागरथी भट्टको न्यायको निम्ति आवाज उठाईरहेका छन ।।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: