सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय ।।
केपी ओलीले प्रतिनिधिसभा विघटन गरे लगत्तै बैसाख 17 र 27 गते दुई चरणमा गरि निर्वाचन गराउने घोषणा गरिनसकेको थियो ।।
त्यस्तै सोमबार बसेको मन्त्री परिसदको बैठकले १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
ती मन्त्रीका अनुसार वैशाख २७ गते दोस्रो चरणमा कर्णाली, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।
आफुलाई आफ्नै पार्टी भित्रबाट काम गर्न नदिईएको भन्दै गत पुष 5 गते प्रतिनिधिसभा विघटन गरेर ताजा जना देशमा जाने भन्दै बैसाख 17 र 27 गते दुई चरणमा गरि निर्वाचन गराउने सिफारिस समेत गरे रास्ट्रपति समक्ष रास्ट्रपति बाट स्वीकृत पनि भयो।
- यस्तै प्रतिनिधिसभा विघटन बिरुद्ध एक दर्जन भन्दा बढि परेका रिटमाथि सर्बोच्च अदालतमा बहस हुदै आइरहेको छ। प्रतिनिधिसभा विघटन पछि बिभाजन भएको नेकपा कुन आधिकारिक भन्ने बिबाद समेत निर्वाचन आयोगले टुंगो लगाउन सकेको छैन ।।