नेतृ रामकुमारी झाँक्री पक्राउ: तत्काल बिना सर्त रिहाई नगरे देशब्यापि आन्दोलन गर्ने  युवा संगठनको चेतावनी

  • 605
    Shares

नेतृ रामकुमारी झाँक्री पक्राउ: तत्काल बिना सर्त रिहाई नगरे देशब्यापि आन्दोलन गर्ने  युवा संगठनको चेतावनी ।।

 

प्रचण्ड माधवकुमार नेपाल समूह नेकपा नेतृ रामकुमारी झाँक्री पक्राउ परे लगत्तै आक्रोसित बनेको प्रचण्ड माधवकुमार समूहले कडा बिरोध जनाएको छ,। नेतृ रामकुमारी झाँक्रीलाई बिना सर्त तत्काल रिहाई गर्न समेत माग गरेको छ ।

राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिएको भन्दै नेपाल प्रहरीको अपराध महाशाखाले झाँक्रीलाई बिहीबार दिउँसो राज्यविरुद्धको कसुरमा निवासबाटै पक्राउ गरेको थियो । पक्राउ लगत्तै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति प्रकाशित गर्दै झाँक्रीलाई निःशर्त रिहा गर्न माग गरेका हुन् ।

‘लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन सक्दैनन् भन्ने तथ्य स्पष्ट हुँदाहुँदै पनि राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक केही होइन’, विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी सरकारको यस हर्कतको घोर निन्दा तथा भत्सर्ना गर्दै केन्द्रीय कमिटी सदस्य कमरेड रामकुमारी झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न जोडदार माग गर्दछ।’

झाँक्रीलाई राज्य विरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ।। झाँक्रीलाई तत्काल रिहाई नगरे देशब्यापि आन्दोलन गर्ने युवा संगठन हरुले समेत प्रेस बिज्ञप्तिमा भनेका छन।।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: