प्रचण्ड माधवकुमार नसुध्रिए राजनीतिक यात्रा समाप्त हुनेछ अव :टोपबहादुर रायमाझि

  • 703
    Shares

दशकौ देखि साथ दिदै आइरहेका प्रचण्डका सहयात्री टोपबहादुर रायमाझि प्रतिनिधिसभा विघटन गरे लगत्तै बिभाजन भएर ओलि पक्ष लागे लगत्तै एका एक परिवर्तन भएर रातदिन प्रचण्डलाई गिराऊने प्रवृत्तिका आरोप प्रत्यारोप लगाउन मा ब्यस्त छन । केही दिन यता सामाजिक संजालमा रायमाझि पुन प्रचण्ड माधवकुमार समूहमा आऊने हल्ला भ्रम भएको स्पष्ट पारेका छन।

 

ऊर्जामन्त्री एवं ओली समूहका नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रैबाट अपदस्त गर्न खोज्दा अहिलेको अवस्था सृजना भएको बताएका छन्।

पार्टी एकता र सरकार निर्माण भएको तीन वर्षसम्म प्रधानमन्त्रीविरूद्ध प्रचण्ड-नेपाल समूहले गरेका षडयन्त्रको आफू साक्षी रहेको उनले बताए।

 

प्रेस संगठन नेपालको लुम्बिनी प्रदेश भेलाको शुक्रबार उद्घाटन गर्दै मन्त्री रायमाझीले आफ्नै कारणले प्रचण्ड-नेपाल समूह सडकमा गएको उल्लेख गर्दै गल्ती सच्याएर मूल धारमा समावेश नहुने हो भने उनीहरूले सडकमा पनि ठाउँ नपाउने बताए।

 

‘पार्टीका पहिलो र सर्वसम्मत अध्यक्ष र प्रधानमन्त्रीलाई दुवै पदबाट अपदस्त गर्न खोज्दा उनीहरू सडकमा पुगेका हुन्, हामीले यसबारे सचेत गराउँदा पनि नमान्दा यो अवस्था आएको हो,’उनले भने। अहिले हामि जनतामाझ जाऊ परिणाम जनताले दिनेछन भन्दा चुनाव हार्ने डरले एकाएक बर्बराएर सडकमा पुगेका छन भन्दै आरोप लगाए ।

अहिलेको अवस्थामा सामाजिक संजालमा प्रचण्ड माधवकुमार नेपाल समूहले बिभिन्न किसिमले भ्रम फैलाउदै आएको र यसलाई चिरफार गर्दै अगाडि बढ्नुपर्ने

ऊनले बताएका छन ।

अहिलेको अवस्थामा राजनितिक क्रान्ति पुरा भएको अबको बाटो भनेको समृद्ध नेपाल निर्माण र तिब्र बिकाश र आर्थिक क्रान्तिको आवश्यकता रहेको ऊनले बताए।यस्तो बेलामा आफ्नो पदको लागि लड्नु आफ्नो लागिनै घातक भएको ऊनले बताए।

आफ्नो नाम जोडेर सरकारका दुई जना मन्त्रीले ओली समूह छाड्दैछन् भनेर झूटो प्रचार गरेको भन्दै उनले विकास र समृद्धिको अभियान ओली नेतृत्वको पार्टी र सरकारले मात्रै अघि बढाउन सक्ने ऊनले दाबी गरे।

अहिले यो अवस्था आऊनुमा मुख्य दोष प्रचण्ड माधवकुमार नेपाल समूह रहेको उनको आरोप रहेको छ ।

अझै पनि नसुद्रिए अबको राजनितिक यात्रा सडकबाट पनि अन्त्य हुने ऊनले

बताएका छन ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: