नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिगमन विरुद्ध नयाँ चरणको संघर्षको कार्यक्रम घोषणा ।

  • 156
    Shares

31 नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) लले तेस्रो चरण आन्दोलन सफल पारे लगत्तै चौथो चरणको आन्दोलन तय गरेको छ पेरिसडाडामा बसेको बैठकले आन्दोलनको कार्यक्रम तय गरेको छ जसको संयोजक योगेश भट्टराई रहेका छन।।

 

प्रेस बिज्ञप्ति यस्तो निकालिएको छ आन्दोलन केन्द्रीय संघर्ष समिति मिति : २०७७/११/०२ प्रेस वक्तव्य प्रिय पत्रकार मित्रहरू , सामन्ती निरंकुशतन्त्र एवम् राजतन्त्रको विरुद्ध लोकतन्त्र स्थापनाको आन्दोलनमा ऐतिहासिक महत्वको भूमिका खेल्नुभए जस्तै प्रतिगमन विरुद्ध संविधान र लोकतन्त्र रक्षाको वर्तमान आन्दोलनमा पनि सञ्चार जगत र तपाई पत्रकार मित्रहरूले असाधारण महत्वको योगदान पुयाउनु भएको छ । त्यसप्रति आभार सहित धन्यवाद व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टी ( नेकपा को केन्द्रीय संघर्ष समिति पत्रकार साथीहरूलाई यस पत्रकार सम्मेलनमा हार्दिक स्वागत गर्दछ । हाम्रो पार्टीको दृष्टिकोण , विचार , नीति र संघर्षका कार्यक्रमहरूलाई जनसमुदाय समक्ष पुयाउन यस अघि म तपाईहरूको पूर्ण सहयोग रहने विश्वास लिएका छौं । २०७७ पौष ५ गते बर्तमान सरकारले प्रतिनिधि सभा विघटन गर्ने असंबैधानिक , निरंकुश र प्रतिगामी कदम चालेपछि नेपालका राजनीतिक पार्टीहरू , नागरिक समाज , बुद्धिजीवि , संविधानविद् तथा कानूनविद्हरू , प्राध्यापक , पत्रकार , मजदूर , किसान , महिला , आदिवासी जनजाति , मधेशी , दलित , मुस्लिम , थारु , पिछडिएका क्षेत्र लगायत सबै उत्पीडित तथा सिमान्तकृत समुदाय , समाजिक संघसंस्थाहरू सहित आम नेपाली जनता संविधान र लोकतन्त्रको रक्षाको निम्ति आ – आफ्नो ठाउँबाट आवाज उठाउदै संघर्षमा उत्रिएका छन् । यतिबेला सिंगो देश आन्दोलनमय बनेको छ र निरंकुश सरकारको बढ्दो अवैधानिक , जनविरोधी एवम् दमनकारी निरंकुश क्रियाकलापहरूका विरुद्ध लाखौ – लाख जनसमुदायहरूको सक्रीय सहभागितासहित संघर्ष उलंदै र चर्कदै गएको छ । यसले स्पष्ट संकेत गरेको छ , आन्दोलन छिट्टै सफलताको बिन्दुमा पुग्नेछ र निरंकुशतन्त्र एवम् प्रतिगमन पूर्ण रुपमा परास्त हुनेछ । हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) ले कन्दीय संघर्ष समितिको तर्फबाट सञ्चालन गरिरहेको संघर्ष र आन्दोलनको लक्ष्य र उद्देश्य स्पष्ट छ : एक , प्रतिनिधि सभा विघटनको असंवैधानिक , निरंकुश एवम् प्रतिगामी कदमलाई खारेज गरी प्रतिनिधि सभा सुचारु गर्न र वर्तमान निरंकुश सरकारद्वारा गलत दिशामा धकेलिएको संविधानलाई पुनः सही ठाउँमा ल्याउन , दुई , अलोकतान्त्रिक ढंगले जारी गरिएको अध्यादेशमार्फत् संवैधानिक परिषद्को अवैधानिक बैठकबाट नियुक्ति सिफारिस गरी संसदीय सुनुवाईको अनिवार्य सवैधानिक प्रावधानको ठाडो उल्लङ्घन गर्दै असंवैधानिक र गैर कानूनी रुपमा गरिएको सवैधानिक अंगका पदाधिकारी एवम् सदस्यहरूको नियुक्ति खारेज गर्न र संविधान एवम् कानून कार्यान्वयनको स्थितिमा ल्याउन , तीन , वर्तमान सरकार आफैले प्रतिनिधि सभा विघटनको घोषणा गरिसकेपछि स्वतः कामचलाउ सरकारमा परिणत भइसकेको अवस्थामा त्यस विपरित चलिरहेको अवैधानिक सरकार र यसले गरेका अवैधानिक नियुक्ति , निर्णय एवम् दमनकारी क्रियाकलापहरूलाई खारेज र अन्त्य गर्न , चार , राष्ट्रपति संविधान प्रदत्त भूमिकाबाट विचलित भई निरंकुश प्रतिगामी सरकार र सरकारी गुटको सहयोगी जस्तो भूमिकामा देखिएकाले संवैधानिक राष्ट्रपतिको गरिमा र ओजलाई कायम राख्ने वातावरण बनाउन , पाच , संवैधानिक अंग र तिनका पदाधिकारीहरूलाई सरकार र सरकारी गुटले सेटिङ्गको प्रचारसहित अपमान र अवमूल्यन गर्दै निरन्तर दबाब एवम् धम्की दिने कार्य गरिरहेको परिप्रेक्षमा संवैधानिक अंगहरूले सेटिङ्गको प्रचारलाई गलत पुष्टी गर्ने गरी संविधान एवम् कानूनको आधारमा स्वतन्त्र एवम् निश्पक्ष ढंगले काम गर्न पाउने वातावरण सुनिश्चित गर्न र संवैधानिक अंग एवम् पदाधिकारीहरूको रक्षा गर्न र , छ , अन्ततः प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसहितको ऐतिहासिक राजनीतिक परिवर्तन , संविधान एवम् लोकतन्त्रलाई समग्रतामा उल्ट्याई निरंकुशतन्त्र लादने प्रतिगामीषड्यन्वलाई पूर्णरुपमा असफल पारी संविधान एवम् लोकतन्त्रको रक्षा गर्न र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै सामाजिक न्याय सहितको समृद्ध नेपाल बनाउन , समाजवादको आधार तयार पार्न र समाजवाद निर्माणको दिशामा अघि बढ्नु नै हाम्रो संघर्षको मुख्य उद्देश्य हो ।

उपरोक्त लक्ष्य एवम् उद्देश्यलाई केन्द्रबिन्दुमा राखेर हाम्रो पार्टीले २०७७ माघ २८ सम्मको तीन चरणको संघर्षका कार्यक्रम आम जनसमुदायको व्यापक समर्थन एवम् सहभागितामा सफलतापूर्वक सम्पन्न गरिसकेको छ । हामी संघर्षको कार्यक्रमलाई सफल बनाउन सहयोग पुयाउने सबैमा हार्दिक आभार व्यक्त गर्दै धन्यवाद प्रकट गर्दछौं । संघर्षको लक्ष्य एवम् उद्देश्य पूरा नभएसम्म संघर्ष जारी राख्ने हाम्रो धोषित नीति एवम् प्रतिबद्धता अनुसार नेपाल कम्युनिष्ट पार्टी नेकपा ) केन्द्रीय संघर्ष समिति निम्न अनुसारको अर्को चरणको कार्यक्रमको घोषणा गर्दछ । गतकालमा झै संघर्षलाई समर्थन , सहयोग र सहभागितासहित पूर्णरुपमा सफल पार्न हामी संविधान र लोकतन्त्र पक्षधर सबैमा हार्दिक अपिल गर्दछौं ।

 

संघर्षका कार्यक्रमहरु : ( १ ) २०७० फागुन ५ गते देखि १२ गते सम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्ला स्तरीय विरोध प्रदर्शन , सभा लगायतको विरोध कार्यक्रम । ( २ ) २०७७ फागुन ६ गते प्रतिगमन , महङ्गी र भ्रष्टाचारको विरोधमा टुडिखेल वरिपरि मानव साङ्लो विरोध कार्यक्रम । समय अपरान्ह ४ देखि ५ बजेसम्म । ( ३ ) २०७७ फागुन ७ गते देशव्यापी रुपमा सबै पालिकाका वडाहरूमा बड़ा स्तरीय विरोध कार्यक्रम । ( ४ ) २०७७ फागुन ७ गतेदेखि १५ गतेसम्म प्रतिगमन विरुद्ध संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्थलमा हस्ताक्षर संकलन कार्यक्रम । ( ५ ) २०७७ फागुन ८ गते काठमाडौंमा प्रतिगमन विरुद्ध वृहत् अन्तरक्रिया कार्यक्रम । ( ६ ) २०७७ फागुन ९ गते प्रतिगमन र महिला हिंसा , हत्या एवम् बलात्कारका विरुद्ध देशव्यापी महिलाहरूको विरोध कार्यक्रम । ( ७ ) २०७० फागुन १० गते काठमाडौं उपत्यका र जिल्लाहरूमा दलित मोर्चाको तर्फबाट विरोध कार्यक्रम । ( ८ ) २०७७ फागुन ११ गते मधेशी , आदिवासी जनजाति , महिला , मुस्लिम , थारु , पिछडिएको क्षेत्र लगायतका उत्पीडित समुदायको सांस्कृतिक पहिचानसहितको संयुक्त विरोध कार्यक्रम । ( ९ ) २०७७ फागुन १२ गते चितवन , फागुन २१ गते दाङ्ग र जनकपुर , नेपालगञ्ज , लगायतका शहरहरूमा विरोध प्रदर्शन र सभा । ( १० ) संघीय राजधानी र प्रदेशका राजधानीहरूमा सम्बन्धित पार्टी कमिटी र जनवर्गीय एवम् मोर्चा संगठनको तर्फबाट संघर्षका सिर्जनात्मक कार्यक्रमहरूको निरन्तरता । ( ११ ) २०७७ फागुन १४ गते काठमाडौमा युवा चली । ( १२ ) २०७७ फागुन १५ गते किसान र सुकुम्बासी मोर्चाको काठमाडौंमा विरोध कार्यक्रम । धन्यवाद ! नारायणकाजी श्रेष्ठ संयोजक केन्द्रीय संघर्ष समिति भनेर प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको देछ ।।

 

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: