प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे लगत्तै नेपाली कांग्रेसका अन्य गुठले बिभिन्न तवरले बिरोध प्रदर्शन गरे तापनी शभापति सेरबहादुर देऊवा भने मौन थिए अदालतमा बहस चलिरहेको मुद्दामा सडक मंथन गर्नु उचित नरहेको बताऊदै आएका देउवा अहिले भने देशैभर बिरोध प्रदर्शनमा सहभागी हुन आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ७७ जिल्ला कार्यसमितिको नेतृत्वमा आयोजना गरिने विरोध प्रदर्शनमा सहभागिताका लागि सबैमा आग्रह गरेका छन् ।
उनले आज विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेस एकमतका साथ आन्दोलनमा रहेको स्पष्ट पार्दै पार्टीका सबै तहका सदस्यसँगै समस्त लोकतन्त्रवादीमा सोमबार प्रदर्शनमा सहभागी भएर ऐक्यबद्धता प्रकट गर्न अनुरोध गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले गत पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गते विभिन्न चरणमा प्रदर्शन सम्पन्न गरिसकेको छ ।