झाक्री पश्चात प्रचण्ड र मलाई गिरफ्तार गर्ने ओलिको योजना रहेछ :माधवकुमार नेपाल

  • 675
    Shares

प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको रामकुमारीपछि आफु र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गिरफ्तार गर्ने योजना रहेपनि त्यो सफल हुन नसकेको बताएका छ्न ।

आइतबार तेह्रथुमको सदरमुकाम म्याङलुङ बजारमा आयोजित विरोधसभामा अध्यक्ष नेपालले तर्साउन झाँक्रीपछि आफु र प्रचण्डलाई गिरफ्तार गर्ने योजना भएपनि झाक्री गिरफ्तार गर्दा उर्लिएको जनसागरले ओली आफै डराएर पछि हटेको बताए ।

ओलि प्रतिनिधिसभा विघटन गरे लगत्तै पतनको बाटोमा धकेलिएको समेत आरोप लगाएका छन ओलि आफैमा अशक्षम भईसकेकाे छन जनविश्वास गुमाइरहेको छ अब नेपाली राजनिति बाट पतन भएको समेत बताएका छन।

रामकुमारीलाई पहिले समात्ने अनि माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गिरफ्तार गर्ने योजना रहेछ । कस्ता फूर्ति कस्ता घुर्की । तिनले तर्साएर हामी तर्सने मान्छे हौ ?’ अध्यक्ष नेपालको प्रश्न छ । उनले 240 बर्षे शासन र ज्ञानेन्द्र जस्ताको त आफुुहरुले सातो लिएको भन्दै केपी ओली कहाँका हुन् ? भनेर प्रश्न गरे ।

 

अध्यक्ष नेपालले देशका समग्र समस्याप्रति प्रधानमन्त्री ओलीलाई कुनै चासो र चिन्ता नभएको पनि बताए । ‘मुलुकका सारा समस्यामा छलफल गरौ भन्यो सुन्दैनन, उनलाई एउटै कुराको चिन्ता छ त्यो भनेको प्रधानमन्त्रीमा कसरी टिकिराखौ’ भ्रष्टाचारि दलाल हरुको संरक्षण कसरि गरौ भन्ने मात्र चिन्ता छ अध्यक्ष नेपालको भनाइ छ ।

उनले उनले मान्छेहरु भोकभोकै पर्दा, कोरोनाले थलिँदा, महिलाहरु बलात्कारमा पर्दा, बन्द उद्योग धन्दाहरु चलाउ भन्दा समेत ओलीले बेवास्ता गर्ने गरेको गुनासो गरे । अध्यक्ष नेपालले ओलीको सन्की स्वभावकै कारण उनीसँग केन्द्रीय समितिमा सय जनाभन्दा बढी नरहेको भन्दै बहुमत आफ्नो पक्षमा रहेकाले नेकपा आफ्नो पार्टी भएको दावी गरे ।

जससँग बहुमत हामीसँग छ । यो पार्टी हाम्रो पार्टी हो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) । केपी ओलीको पार्टी नेपाल कम्युनिस्ट पार्टी नेकपा हुन सक्दैन’ अध्यक्ष नेपालको भनाई छ । उनले केपी ओलीलाई रहर नै भए ओली फाउन्डेसन बनाउन सुझाव पनि दिए । उनले कम्युनिस्ट पार्टीको नाम बोक्न सक्दैनन्, पाउँदैनन् । यो सूर्य यहि पार्टीसँग रहुनुपर्छ अनि सूर्य चिन्ह खोस्नका लागि अनेक षड्यन्त्र र तानावाना बुनिँदैछन् । दुइटैलाई नदिने भनेर’ नेपालले भने, ‘यदि त्यस्तो षड्यन्त्र भयो भने देशमा ठुलो विग्रह र संकट निम्त्याउछ भन्ने बुझे हुन्छ ।’

 

उनले ओलीले दिनलाई रात भन्न थालेको भन्दै यस्तो बेलामा चुप लागेर आफुहरु बस्न नसक्ने बताए । उनले संविधानले कुनैपनि धाराले बहुमतको प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको पनि बताए । ‘प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानको कुनै पनि धारामा छैन’ नेपालको भना ई छ ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: