भागरथी भट्टको बलात्कार-हत्यामा संलग्न व्यक्ति बैतडी बाट पक्राउ बदला लिन हत्या गरेको बयान ।।

  • 111
    Shares

भागरथीको बलात्कारपछि हत्या भएको दश दिन वितिसकेको छ । प्रहरीले घटनाको निष्पक्ष छानविन अघि बढाएको बताउँदै आएको छ । भागरथीको नियति निर्मला पन्तको जस्तै नहोस् भनेर चौतर्फी विरोधसभामा तथा आन्दोलन भइरहेको छ । हत्या अनुसन्धान साँघुरिएको र हत्याको अभियोगमा एक युवक पक्राउ गरिएको समेत बताएको छ घटना अनुसन्धानलाई तीव्रता दिएको प्रहरीले शंकाका घेरामा रहेकालाई अनुसन्धानको दायरामा ल्याइएको र सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो,। ।

भागरथी यही विद्यालयको कक्षा १२ मा पढ्थिन र माघ २१ गते बुधबार विद्यालयबाट घर हिँडेकी उनको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो । दार्चुलाबाट बैतडी जाने बाटोबाट भित्री सडक हुँदै भट्टको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा सडकबाट ५० मिटर तल उनको शव भेटिएको थियो । बलात्कारपछि हत्या गरेको अभियोगमा उनी अध्ययन गर्ने विद्यालयका एक विद्यार्थी पक्राउ परेका छन् ।

घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका भट्टले भागरथीको बलात्कारपछि हत्यामा आफ्नो संलग्नता स्वीकार गरेकाले भोलि सार्वजनिक गर्ने तयारी रहेको प्रहरी स्रोतले बताएको छ । भट्टले घटनामा संलग्नता स्वीकार्दै साबिती बयान दिएको भन्दै बैतडी प्रहरी स्रोतले भन्यो, ‘बदला लिन यस्तो गरेँ भनेका छन् ।’

उसो त प्रहरीले घटनामा संलग्न हुनसक्ने आशंकामा कञ्चनपुरबाट एक जना सरकारी कर्मचारीलाई पक्राउ गरेको थियो । घटनामा उनी संलग्न भएको हुनसक्ने आधारहरु देखिएको प्रहरीको दाबी थियो ।

 

तर उनले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै डीएनए परीक्षण गर्न चुनौति दिएका थिए । त्यही कारण थप प्रमाण खोज्न जुटेको प्रहरीले भोलि भट्टलाई अभियुक्तका रुपमा सार्वजनिक गर्दैछ । स्रोतका अनुसार भट्टको हत्यापछि प्रहरीले दिनेशलाई सोधपुछ गरेर छाडेको थियो । सुदूरपश्चिम प्रदेश प्रहरीका एक उच्च अधिकृतले भने, ‘अहिले प्रमाणसहित पक्राउ गर्न सफल भयौं । यो प्रहरीको सफलता हो ।’

 

भागरथी हत्यालाई धेरैले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यासँग जोडेर हेरेका थिए । त्यो घटनाको जस्तो नियति नदोहोरिओस् भनेर खबरदारी समेत गरेका थिए ।

प्रहरी प्रधान कार्यालय, नक्सालले पनि घटनाको संवेदनशीलतामा ध्यान दिँदै सुरुवातदेखि नै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटाएको थियो । प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदी पनि अनुसन्धानमा खटिएका थिए ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: