आज बुधबार सुनौलो बिहानिमा भगवान शिवजिको दर्शन गरि यो पढ्नुहोस मनले चिताएको कार्य पूरा हुनेछ ।।

  • 568
    Shares

बुधबार सुनौलो_बिहानी_मा_भगवान्_शिव_जी_को_दर्शन_गरौ_
#भगवान_आशुतोष_ले_हामि_सवै_को_मनोकामना_पुरा_गरुन_भोला_भण्डारी_को_कृपा_ले_
#आज_को_दिन_सुखद_रहोस_शुभ_सोमबार_शुभ_बिहानी_जय_सम्भो_जय_श्री_स्वस्थानी_माता
शिवपुराण रुद्र-संहिता अन्तर्गत पार्वती-खण्ड अध्याय २२ को कथाको अंश ।
देवर्षि नारदबाट प्राप्त पञ्चाक्षर “ॐ नम: शिवाय” लाई मूलमन्त्र मान्दै देवी
पार्वतीले हिमालयको उच्च-श्रृंखला श्रीङ्गी-तीर्थ (गौरी-शंङ्कर हिमालयमा पर्छ)
त्यहा गएर तपस्या गर्न लागिन, त्यहाँ आफ्नो तपस्याको परीक्षको लागी धेरै
किसिमका फलका वृक्षहरु लगाइन, उनले शुध्द-भूमिमा सुन्दर वेदी बनाइन र
मनका समस्त इन्द्रिय-वृत्तिहरुलाई रोकेर त्यही स्थानमा बसेर ऋषिमुनीहरुको
भन्दापनि कठीन तपस्या गर्न लागिन, गृष्म-कालीन समयमा वरीपरी अग्नि-प्रज्वलित गरेर त्यही पञ्चाग्नी तापेर पञ्चाक्षरमन्त्र जपगर्ने, वर्षाऋतुमा विना
छहारी खुल्ला चट्टानको समतलप-भागमा आकाशको छत्र बनाएर मन्त्र-जप
गर्थिन, वर्षामा आकाशबाट वर्षेको जलकोधारा शिरमाथापेर तपस्या गरिन, र
शितकालमा पनि वुना गुफा, विना छहारी शीत-सहन गर्दै चीसोजलमा डुबेर
तपस्या गर्थिन, यसरी पञ्चाक्षर-मन्त्रको जपगर्दै वर्षभरी आउने मौसमीप्रभाव
सहनगर्दै तपस्या गर्थिन, अवकासको समयमा आफुले रोपेको फलका वृक्षहरु
सिञ्चन गर्थिन, आँधि, वर्षा, गर्मी, जाडो, सवै सहदै शुध्दचित्त भइकी गौरीले
अखण्ड तपस्या गरिन, यो अवदीमा अनेक-प्रकारको वाधाहरु आएपनि तीनको
वास्ता नगरी तपस्यामै संलग्न रहिन, यसरी तपगर्ने क्रममा पहिले फलाहार
गर्थिन, विस्तारै विस्तारै, वृक्षको पालुवा, पछि जलमात्र त्यसपछि हावा मात्र
लिएर निराहार तपस्या गर्थिन, यसरी पार्वतीले पर्णा (वृक्षको पालुवा वा पात)
पनि खान छोडेकोले देवताहरुले पार्वतीलाई “अपर्णा” अर्थात् पातपनि नखाने
भन्ने नाम दिए, पार्वतीको अनेक नाममध्ये अपर्णा एक नाम हो, यसपछि
पार्वतीले एक गोडाले उभिएर तपस्या गर्न लागिन, य्ो बेला उनको शरीर
मा चीर-वल्कल (बनका वनस्पति-जन्य पात र बोक्राको वस्त्र) मात्र लगाएकी
थिइन, शिरका केशहरु जटाजूट बनेका थिए, पञ्चाक्षर-मन्त्रको अखण्ड जपले
गर्दा पार्वतीले तपस्यामा ऋषिमुनिलाई पनि जीतेर तपस्या गरिन, यसरी
देवी पार्वतीले त्यो महाबनमा तपस्या गरेर तीन-हजार वर्ष बिताइन, उनको तपस्याको प्रभावले बनमा बस्ने जन्तु जो एक-अर्काको धातक थिए, उनीहरु मा वैरभाव रहेन, गाई र सिंह एउटै पानीघाटमा निर्धक्क पानीपिउथे, त्यहाको वृक्षमा छऋतुका फलहरु आफ्नो मौसमबिर्सेर सबै फलेका पाकेका मीठा हुन थाले, यसरी पार्वतीको तपस्याको कारणले समृध्दि प्राप्त गरेको त्यो श्रृङ्गी
(गौरी-शङ्कर) पर्वतको शोभा कैलास-पर्वतको जस्तो देखिन थाल्यो ।
शुभ प्रभात जय सम्भो
#नारद_ढुंगाना

भर्खरै

सम्बन्धित समाचार

error: