बिहान उठ्ने बित्तिकै पाथिभरा माताको दर्शन गरि पुरा पढ्नुहोस मनले चिताएको कार्य पूरा हुनेछ ।

  • 3.4K
    Shares

बिहान उठ्ने बित्तिकै पाथिभरा माताको दर्शन गरि पुरा पढ्नुहोस मनले चिताएको कार्य पूरा हुनेछ ।।

आत्मानमेव मन्येत कर्तारं सुखदु:खयो: ।
तस्माच्छ्रेयस्करं मार्गं प्रतिपद्येत नो त्रसेत् ।।
भावार्थ***सुख र दु:खको कर्ता व्यक्ति आफैं हुन्छ, यस्तो बुझेर कल्याण
कारी मार्गको नै अवलम्बन गर्नु पर्छ, अनि भयबीत भइरहनु पर्दैन ।
हितमेवानुरुध्यन्ते प्रपरीक्ष्य परीक्षका ।
रजोमोहावृतात्मान: प्रियमेव तु लौकिका: ।।
भावार्थ***परीक्षक वा विवेकी व्यक्ति (सार-असारको विचार गर्न सक्ने) मानिस
ले कुन उचित र कुन अनुचित विचार गरेरमात्र त्यस्को प्रयोग वा सेवन गर्छन, तर रजोगुण र तमोगुणले घेरिएका वा बेह्रिएका मानिसहरुले
लौकिक वस्तु (हित वा अहित भन्दापनि क्षणिक सुख दिने देख्दा राम्रो वस्तुको प्रयोग धेरै गर्छन, यसबाट अनेकौं विकारहरु उत्पन्न भएर दु:खि हुन्छन ।
सुखार्था: सर्वभूतानां मता: सर्वा: प्रवृत्तय: ।
सुखं च न विना धर्मात्तस्माध्दर्मपरो भवेत् ।।
भावार्थ***सम्पूर्ण प्राणीहरु सुख प्राप्त गर्नको लागीनै अनेक प्रयत्न गर्छन,
र त्यस्तो सुख धर्माचरण विना प्राप्त हुन सक्दैन, यसकारण सवैले धर्ममा
परायण हुनु पर्छ ।
अवृत्तिव्याधिशोकार्ताननुवर्तेन शक्तित: ।
आत्मवत्सततं पश्येदपि कीटपिपीलिकाम् ।।
भावार्थ***जो आजीविकाले रहित (वेरोजगार) छ, जो रोगले ग्रस्त छ, जो
शोकले पीडित छ, यस्ता मानिसहरुको यथा-शक्ति सेवा-सहायता गर्नु पर्छ,
कीरा-फट्याङ्ग्रा कमिला आदि सानाजीवहरुमा पनि आफैं समान देख्नु पर्छ,
अर्थात यस्मा पनि आत्मा छ वा मजस्तै शरीरधारी प्राणी हो भन्ने बुझेर यस्को अनुकूल व्यवहार गर्नुपर्छ ।
अर्चयेद्देवगोविप्र वैद्यवृध्दनृपातिथीन् ।
विमुखान्नार्थिन: कुर्यान्नावमन्येत नाख्षिपेत् ।
उपकारप्रधान: स्यादपकारपरेऽप्यरौ ।।
भावार्थ***भगवान (देवता), गाई, ब्रह्मज्ञानी ब्राह्मण, वृध्द (वयोवृध्द-उमेरको कारणले वृध्दभएको, शीलवृध्द-शीलस्वभावको कारण अनुकरण योग्य व्यक्ति,
ज्ञानवृध्द-ज्ञान सम्पन्नताको कारण वृध्द भएको), वैद्य, राजा र अतिथि यिनको यथासम्भव, यथायोग्य सम्मान गर्नु पर्छ, भोका माग्नेहरुलाई विमुख नगर्नु केहि न केहि दिएर पठाउनु, कठोर वचनले कसैको तिरस्कार नगर्नु, अपकार-परायण (अरुको अहित गर्ने मानिस) शत्रुलाईपनि सकेसम्म उपकार नै गर्नु ।।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: