अदालतको सहयोगी ( एमिकस क्युरी ) ले आज पनि संसद विघटनका विषयमा संवैधानिक इजलासमा बहस जारी ।

  • 268
    Shares

ठिक गत पुष 5 गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे लगत्तै बिघटन बिरुद्ध परेको रिटमा बहस चलिरहेको छ हालसम्म १३ वटा रिट परेको छन प्रतिनिधिसभा विघटन बिरुद्ध चोलेन्द्र शम्सेरं जवराको एकल इजलासमा बहस चलिरहेको छ ।

 

अदालतको सहयोगी ( एमिकस क्युरी ) ले आज पनि संसद विघटनका विषयमा संवैधानिक इजलासलाई आफ्नो राय दिईएको छ । गत मंगलवारबाट शुरु भएको एमिकस क्युरीको बहसको पहिलो दिन वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्कीले र दोस्रो दिन बुधवार वरिष्ठ अधिवक्ताहरु सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गरेका थिए । हिजो भएको बहसमा खरेल र मैनालीको राय बाझिएको थियो । खरेलले संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको तर्क प्रस्तुत गरेका थिए संबिधानमै नभएको कार्य गर्दा भःलि अराजक गतिविधि निम्तिन सक्ने ऊनको भनाइ रहेको छ भने मैनालीले भने संसद विघटन प्रधानमन्त्रीको अधिकार भएको तर्क गरेका थिए । अब आज एमिकस क्युरीका बाँकी अधिवक्ताहरुले बहसमा भाग लिने छन् । एमिकस क्युरीमा वरिष्ठ अधिवक्ताहरु बद्रीवहादुर कार्की , विजयकान्त मैनाली , सतीशकृष्ण खरेल पूर्णमान शाक्य र गीता संग्रौला रहेका छन् ।

 

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि संसद विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए । ती रिटहरुमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा बहस जारी छ । भने ओलि बाट बिभाजन भएर प्रचण्ड माधवकुमार नेपाल समूह द्वारा बिरोध प्रदर्शन भईरहेको छ प्रतिनिधिसभा विघटन असंवैधानिक कदमविरुद्ध नेपाली कांग्रेस लगायत बिभिन्न स साना दल हरु समेत बिरोध जनाइरहेका छन ।।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: