अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री ओली लिखित जवाफ लिएर सर्वोच्च अदालत पुगे।।

  • 187
    Shares

अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली लिखित जवाफ लिएर सर्वोच्च अदालत पुग्नु भएको छ ।

न्यायालयको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतको एकल इजलासले ७ दिनभित्र आफैं उपस्थित भई लिखित जबाफ पेस गर्न आदेश दिएको थियो । इजलासले आदेश गरेको २१ दिनपछि लिखित जबाफ सहित अदालत उपस्थित हुनुभएको हो । आदेशको १ ९ दिन पछि गत आइतबार प्रधानमन्त्रीको नाममा म्याद तामेल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले केहीदिन अघि पहिलो लाइसेन्स प्राप्त वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई व्यंग्य गरेका थिए । प्रतिनिधिसभा विघटन कानूनसम्मत् भएको दाबी गर्दै आएका केपि ओलिले वृद्ध वरिष्ठ अधिवक्ता भण्डारीलाई ‘ कोही बाजे पनि मुद्दा लड्न आए ‘ भन्दै भद्दा मजाक उडाउदै व्यंग्य गरेका थिए । यो भनाइप्रति आम मानिससँग सँगै अधिवक्ताहरु पनि रुष्ट बनेका थिए । अधिवक्ताहरुले मानहानी गरेको भन्दै प्रधानमन्त्री ओली विरुद्ध सर्वोच्च अदालतमा निवेदन परेको थियो । उक्त निवेदनमा अपहेलना गरेको र हदै सम्मको कार्वाही गर्न माग गरिएको थियो ।।

 

उता , प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटन असंवैधानीक भन्दै नेकपा प्रचण्ड – नेपाल समूहको आन्दोलन आज पनि जारी छ । सो समूहले आज मानव साङ्लो बनाएर हुँडिखेल घेराउ गर्दैछ । संसद विघटन , महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै अपराह्न चार बजेदेखि एक घण्टासम्म हुँडिखेल घेराउ गर्न लागेको छ।।

भर्खरै

सम्बन्धित समाचार

error: