प्रतिनिधिसभा विघटन बिरुद्ध आन्दोलन गर्न हामि संग पैसा छैन हामि चुनावमा जान तयार छौ: सेरबहादुर देऊवा

  • 493
    Shares

प्रतिनिधिसभा विघटन बिरुद्ध सडकमा उत्रिन हामि संग पैसा छैन हामि चुनावमा जान तयार छौ :सेरबहादुर देऊवा

नेपालि कांग्रेसका शभापति सेरबहादुर देऊवाले आफ्नो पार्टि संग पैसा नभएको र आन्दोलनमा जान नसक्ने बताएका छन । हिजो गरिएको एक कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टिको शभापति सेरबहादुर देऊवालाई चुनाव चुनाव भनेर नहिँड्नस तपाई यहा बिधिको कानुन को सवाल छ चुनाव त जहिले पनि भईरहने कुरा हो भन्दै देउवाले आफ्नो पार्टिसंग पर्याप्त पैसा नभएको र आन्दोलनमा जान नसक्ने बताए अदालतमा मुद्दामा बहस चलिरहेको छ यस बिषयमा अहिले सडकमा उत्रिन उचित समेत नरहेको र ताजा जनादेशमा जाने विकल्पलाई नकार्न समेत नसकिने ऊनले बताएका छन ।

 यस्तै आज प्रजातन्त्रकाे दिवसकाे अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विगतकाे स्मरण गर्दै शुभकामना दिनुभएकाे छ । उहाँले फागुन ७ गते नेपाली कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनकाे रूपमा स्मरण गर्नुभएकाे छ ।

‘७० बर्ष अघि २००७ को कात्र्तिक २६ देखि प्रारम्भ ऐतिहासिक जन–क्रान्तिले यसै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको थियो,’ एक विज्ञप्ती जारी गर्दै देउवाले भन्नुभयाे, ‘राजनैतिक परिवर्तन मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्ग प्रसस्त गरेको थियो । मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा नेपाल प्रवेश ग¥यो र प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि सो दिनले निर्माण गर्यो ।’

समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातंन्त्रको अन्योन्याश्रीत सम्बन्ध हुँदै ०४६ को परिवर्तन र ०६२/६३ को आन्दोलन मार्फत संघीयता र गणतन्त्र सम्मको यात्राको जननी त्यही फागुन ७ को क्रान्ति नै रहेकाे उहाँकाे भनाइ छ । यस अवसरमा उहाँले सहिदहरु एवं जननायक वीपी कोइराला लगायत अग्रज नेतृत्वप्रति श्रद्धा र सम्मान समेत व्यक्त गर्नुभएकाे छ । साथै संसद विघटन विरुद्धको आन्दोलनमा फागुन ७ को मितिले विशेष उर्जा प्रदान गर्नेमा समेत उहाँले विश्वास लिएको बताउनु भएकाे छ

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: