आउनुहोस् श्री राम सिता माता लक्ष्मण सहित श्री हमुमान को दर्शन गरौ अबश्य मंगल रहने छ उठ्ने बित्तिकै राम नाम को जयकारा लगाउ जय श्री राम ।।
#भगवानका भक्तहरुमा सुतीक्ष्ण मुनिपनि एक उच्चकोटिका भक्त मानिन्छन,
सुतीक्ष्ण महर्षि अगस्त्यका शिष्य थिए, गुरुको नजिक रहेर गुरुकृपाबाट उनले
सम्पूर्ण ज्ञान पाएपछि गुरु अगस्त्यले उनलाई ज्ञानसम्पन्न भएको जानकारी
दिए, तब सुतीक्ष्णले गुरु-दक्षिणाको लागी मैले के सेवा गरौं भन्दा, अगस्त्यले
भने, तिमी जस्तो तीव्रबुध्दिको आज्ञाकारी शिष्य पाएर म परम सन्तुष्ट छु, तिम्रो सेवाबाट म पहिलेनै सन्तोष छु, कुनै दक्षिणाको आवश्यक छैन भन्दा सुतीक्ष्णले गुरुदक्षणिमा मैले केहीपनि अर्पण नगर्दा मेरो विद्या अधुरो रहन्छ
यसकारण गुरुदक्षिणा स्वरूप केही आज्ञा होस भनेर विनती गरेपछि शिष्यको
सन्तोषका लागी अगस्त्यले “यदि तिमी गुरुदक्षिणा दिन चाहान्छौ भने मलाई परमात्माको दर्शन गराइ देउ” गुरुको यस्तो आज्ञालाई स्वीकार गर्दै सुतीक्ष्णले
अगस्त्य-आश्रमको उत्तर-दिशामा (दण्डकारण्य नामको बनमा) आश्रम बनाएर बस्न थाले, गुरुबाटनै कुनैदिन उनले “पिताको आज्ञाले भगवान श्रीराम भाई र
पत्नीको साथमा बनवासको क्रममा यहाँ आउनुहुन्छ”” भन्ने सुनेको र भगवान
विष्णुले त्रेतायुगीन राक्षस विनाशका लागी मानवरूपमा अयोध्या-नरेश दशरथ
पुत्र श्रीरामकोरूपमा अवतार लिने कुरापनि सुनेकोले सुतीक्ष्ण आफ्नो आश्रममा बसेर भगवान श्रीरामको आगमनको प्रतीक्षा गर्न लागे ।
ब्रह्म-मुहूर्तमा शयन त्यागेर शौच-स्नान, प्रात:कालीन सन्ध्या-वन्दन, भगवान को पूजाअर्चना हवनादि कर्मबाट निवृत्त भएपछि, सांसारिक भावबाट पूर्णरूपले
मुक्तभएर परमात्म-चिन्तनमा मग्नहुन्थे, दुवैनेत्र वन्दगरेर भगवान श्रीरामको वनवासका काल्पनिक दृशयहरुको दर्शन गर्थे ।
चित्रकूटबाट दण्डकारण्य जाने क्रममा विराधनामको राक्षसको वध गरेर महर्षि
शरभङ्गको आश्रममा भगवान श्रीराम भाई लक्ष्मण र पत्नी सीताको साथमा
पुग्नुभयो, वयोवृध्द शरभङ्गऋषिले श्रीरामको दर्शनको लागी इन्द्रले पठाएको विमान त्यागेका थिए, शरभङ्गले भगवान श्रीरामको मुक-कमल हेरी-हेरी प्राण
त्याग गरे, यसपछि भगवान श्रीराम अगस्त्य-मुनिको आश्रमको लक्ष्य गरेर
अझ दक्षिणतिर जानुभयो, जब अगस्त्यमुनिको आश्रम नजिक बसेका मुनि
सुतीक्ष्णको आश्रममा पुग्नुभयो, तब सुतीक्ष्ण भगवानको ध्यानमा मग्न थिए,
रामको आगमन उनले थाहा पाएनन, तब भगवानले उनको हृदयमा आफ्नो दिव्य (चतुर्भुज) रूपको दर्शन गराउनुभयो, तब सुतिक्ष्णले आँखा खोलेर हेर्दा
ऋषिमुनिको भेष, साथमा धनुषबाँण धारण गरेका लक्षमण र सीताको साथमा
भगवान श्रीरामलाई प्रत्यक्ष्य अगाडि देखेर अति हर्षको कारण बगेको अश्रुधारा
ले भगवानको चरण प्रक्ष्यालन गरेर सुन्दर आसनमा बसालेर जलफलकन्दमूल
अर्पण गर्दै भगवानको सेवा गरे, एक रात सुतीक्षणको आश्रममा बसेर भगवान
श्रीराम भोलिपल्ट बिहान अगस्त्य आश्रममा जानुभयो ।
यसरू गुरु-दक्षीणाको कारणले सुतीक्ष्णले भगवान श्रीरानको प्रत्यक्ष्य दर्शन र
सेवाको अवसर पाए ।
भगवान श्रीरामले सुतीक्षणलाई “अविरल भक्तिबाट सम्पूर्ण ज्ञान-विज्ञानले सम्पन्न भएर जगतमा सकल ज्ञान-गुणको निधान (भण्डार) होउ” भन्ने शुभाशिर्वाद दिनुभयो ।