अब हत्या हिंसा अपराध गतिबिधी हैन समृद्ध नेपाल निर्माणको लागि एक हौ:प्रधानमन्त्री ओलि

  • 107
    Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सेवा दलको तालिम प्राप्त युवा आजीवन रचनात्मक र अनुशासित रही देश र जनताको सेवाका लागि हरक्षण तत्पर रहनुपर्ने बताउनुभएको छ ।

 

राष्ट्रिय सेवा दलको आयोजनामा आइतबार देखि जंगीअड्डामा सुरु भएको ‘‘स्वयं सेवक भूमिकामा ल्ऋऋ ऋबमभतक’’ विषयक सेमिनार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय सेवा दलको तालिमलाई यथासम्भव वृद्धि गरिन पर्ने विचारसमेत राख्नुभएको छ ।

प्रधानमन्त्रीले समाज मानव आफैंले निर्माण गरेका धार्मिक, नैतिक र इमानको बन्धनमा बाँधिएको हुने बताउँदै यसबाट आत्मनियन्त्रित र अनुशासित भएर मानव सेवामा लाग्न राष्टिय सेवा दलले युवालाई प्रेरित गर्नुपर्ने बताउनुभयो ।

यस्तो भावनालाई बढाउन सके मात्र समाजमा देखा पर्ने अमानवीयता र आपराधिक मनोवृत्तिलाई नियन्त्रण गर्न सकिने विचार पनि प्रधानमन्त्रीको थियो । ‘प्राप्त सदाचार र अनुशासनको ज्ञानलाई कुनै गीतमा भनिए जस्तो ‘यो सब भन्ने कुरा न हो’ भन्ने ठान्छौं भने तालिमको कुनै अर्थ हुँदैन’, प्रधानमन्त्रीको भनाइ थियो ।

 

पुर्खाको गौरवपूर्ण इतिहास स्मरण गरेर मात्र नपुग्ने बताउँदै प्रधानमन्त्रीले त्यसलाई अनुशरण गर्दै वर्तमानमा काम गरिनुपर्ने समेत बताउनुभयो । राष्ट्रिय सेवा दलको तालिमले नेपाली युवालाई देशको विविधता र त्यस विविधता भित्रको एकताको भावना सिकाउँदै देशलाई आवश्यक पर्दा जुनसुकै बखत तयार रहने पंक्ति उत्पादन गर्ने भनाई पनि प्रधानमन्त्रीको थियो ।

सेवा दलको ५५ वर्षे इतिहासले यसलाई विभिन्न उमेर समूहका अल्मुनाइ बनाउने अवसर समेत दिएको भन्दै प्रधानमन्त्रीले यसमार्फत राष्ट्रिय एकताको भावना सुदृढ गर्न मद्दत मिल्नेसमेत बताउनुभयो ।

 

कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सेवा दल गठन भएदेखि हालसम्म ५१ हजार भन्दा बढी युवा दिक्षित भइसकेको जानकारी दिँदै यसको माग बढदो क्रममा रहेको बताउनुभयो ।

 

सेमिनारमा राष्ट्रिय सेवादलको कार्यक्रम मार्फत ‘राष्ट्रिय हित तथा राष्ट्र निर्माणको क्षेत्रमा पु¥याउन सकिने योगदानहरुको पहिचान र पुर्व क्याडेटहरुलाई ल्ऋऋ अल्मुनाई एसोसिएन नेपाल आवद्ध गरी प्रभावकारी परिचालन गर्ने उपायहरु गरी दुई विषयमा अलग अलग सत्रमा छलफल गरिएको थियो ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: