गत पुष 5 गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरे लगत्तै बिभाजन भएर ओलि पक्ष र दाहाल र माधव कुमार नेपाल पक्ष दुई नेकपा बन्न पुगेको छ । भने दाहाल प्रचण्ड र माधव कुमार नेपाल आधिकारिक नेकपा आफु हरुको रहेको दावि गर्दै आइरहेको छ भने ओलिले आफ्नो रहेको दावि गर्दै निर्वाचन आयोग पुगे तर निर्वाचन आयोगले दुवै पक्षको हस्ताक्षर चाहिने भन्दै रोकेको छ भने दुबै पक्षले आ आफ्नो क्षेत्रमा पक्कड जमाऊन प्रदेश भ
मुख्यमन्त्री फेरबदल गरिरहेका छन ।
नेकपाको विभाजनपछि देशभर विश्वास र अविश्वासको खेल बढ्दो छ । संघीय संसद विघटनको असर प्रदेशसभासम्म पुगिसकेको छ । केन्द्रको बाँछिटाले प्रदेशलाई पनि छुदा कतै प्रदेश प्रमुख हटाउने त कतै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने खेल सुरु भइसकेको छ । प्रदेश एकमा धेरै अगाडिदेखि सुरु भएको अविश्वासको प्रस्तावको खेल थप चर्किएको छ ।
मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतबार अविश्वासको प्रस्ताव टेबुल भएपछि यो खेलको अन्त्य कुनरुपमा हुने हो त्यस्ले धेरैको ध्यान खिचेको छ । केही दिन अघि प्रदेश सभा भंग हुने चेतावनी समेत दिएर विपक्षीलाई तर्साउने अभियान छेडेका मुख्यमन्त्री राई अहिले वास्तवमा काँग्रेसको साथको प्रतीक्षामा छन् । काँग्रेस आफै मौकाको ताकमा रहेको अवस्था शेरधनले सहयोगी पाउन मुश्किल हुने अवस्था बढ्दो छ ।