मेष चु , चे , चो , ला , लि , लु , ले , लो , अ १० फाल्गुण २०७७ सोमवार आज भाग्यले विभिन्न अवसर जुराउनेछ । शिक्षामा सफलता पाईनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
वृष इ , उ , ए , ओ , वा , वि , वु , वे , वो १० फाल्गुण २०७७ सोमवार आज धर्म , कर्म तथा समाजसेवाट सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहनेछ ।
मिथुन का , कि , कु , घ , ङ , छ , के , को , हा १० फाल्गुण २०७७ सोमवार आज भाग्यले साथ दिनेछ । दाम , इनाम र प्रतिष्ठा कमाउने बेलाछ । माइलो यात्राको योग रहेको छ । धर्म , कर्ममा मन पनि लाग्नेछ ।
कर्कट हि , हु , हे , हो , डा , डि , डु , डे , डो १० फाल्गुण २०७७ सोमवार यात्रा गर्दा सचेत हुनुपर्नेछ । झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका होला , तर साँझमा आर्थिक लाभ मिल्नसक्छ ।
सिंह मा , मि , मु , मे , मो , टा , टि , टु , टे १० फाल्गुण २०७७ सोमवार प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोश जाँगर र उमंग बढ्ला । धर्म , कर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च रहनेछ ।
कन्या टो , पा , पि , पु , ष , ण , ठ , पे , पो १० फाल्गुण २०७७ सोमवार निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।
तुला रा , रि , रु , रे , रो , ता , ति , तु , ते १० फाल्गुण २०७७ सोमवार राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।
वृश्चिक तो , ना , नि , नु , ने , नो , या , यि , यु १० फाल्गुण २०७७ सोमवार आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झिनुपर्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनसक्छ ।
धनु ये , यो , भा , भि , भु , धा , फा , ढा , भे १० फाल्गुण २०७७ सोमवार छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्न पाइएला ।
मकर भो , जा , जि , जु , जे , जो , ख , खि , खु , खे , खो , गा , गि १० फाल्गुण २०७७ सोमवार महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।
कुम्भ गु , गे , गो , सा , सि , सु , से , सो , दा १० फाल्गुण २०७७ सोमवार शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा संगीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।
मीन दि , दु , थ , झ , ञ , दे , दो , चा , चि १० फाल्गुण २०७७ सोमवार नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । भूमि लाभ पनि रहला ।