रबिलामिछाने टिमले भोलि देखि नयाँ कार्यक्रम लिएर आऊदै ।Rabi lamichane

  • 585
    Shares

आजभन्दा महिना पहिले सिधाकुरा जनतासँग कार्यक्रम रबिलामिछानेले news24 टेलिभिजन मार्फत छाडेर नया टेलिभिजन मार्फत आऊने तयारिमा जुटिरहेका थिए तर न्युज 24 टेलिभिजन भने सिधाकुरा जनतासँग कार्यक्रम लाई निरन्तरता दिईरहेको छ यस बिषयमा रबि लामिछाने र न्युज 24 टेलिभिजन बिबादमा समेत मुछिएको थियो तर भोलि बाट भने रबिलामिछानेले टिमले पुन नया यातको सुरुवात गर्दैछ।
रबिलामिछाने आफ्नो फेशबुक मार्फत यस्तो लेखेका छन ।
भोलि बाट नयाँ यात्राको शुरूवात गर्दैछौं। बिस्तृतमा भोलि बिहान ११:४५ बजे पछी विभिन्न माध्यमबाट जानकारी गराउछौ।
धेरैको चासोको बिसय हो जनताले रुचाईएको कार्यक्रम सिधा कुरा जनतसंग किन आऊदैन कता हराए रबिलामिछाने भन्ने तर यो कार्यक्रम नयाँ जोश जाँगर सहित पुन संचालन हुने भएको छ ।
यसै बिषयमा रबि लामिछाने समर्थक एक खरो लेखक तथा सामाजिक अभियान्ता ज्वाला संग्रौला यसो लेख्नुहुन्छ ।
“सीधा कुरा प्रधानमन्त्रीसॅग “ चलाउॅदा चलाउॅदै नेता जी ले त्यो कार्यक्रम खोस्नु भो र “सीधा कुरा जनतासॅग “ लिएर रबिदाई दिपकदाईहरु जनताबीच आउनु भो। स्टुडियो बाट बाहिर पाईला नहाल्ने सुकिला मुकिला संचारकर्मीको भिडभन्दा बिल्कुल फरक तरिकाले जनताको घर दैलोमा पुगेर उनीहरुको दुख दर्दको सहयात्री बन्नु भो! नेताका चिल्ला गाला र लाखौंका जुत्ता खिच्ने क्यामेराहरु पन्छाएर वहॅाले घाम हिॅड्न नसक्ने गरिबका चाउरीएका अनुहारका खोल्सा ,दुखको भीरजस्ता अग्ला निधारका डॅाडा र अभावका म्याराथुनहरु दगुर्दा दगुर्दै फुटेर चिरैचिरा परेका कुर्कुचाहरु हेर्न पुग्नु भो! कुनै सम्भ्रान्त परिवारकी युवतीको अनुहार , जिउ र तिघ्राको बर्णन गर्दै उनको बैंसमा लेन्स लगाउन स्टुडियोमा अडिएका केहि थान ग्लामर जर्नालिस्टको भिडबाट परै रहेर वहॅाहरु बिदेशमा आत्महत्या गरेकी अस्टमी बहिनीको बलात्कृत आसुको हिसाब खोज्न हिॅड्नु भो। नेताको इच्छा अनुसारका नक्कली अखबार छापेर मोटो रकम पाएपछि आफ्नो परिवार सुधार्न लाग्नेहरुको लाईनबाट फुत्केर पचास रुपैया घुस खाने सचिब देखि लिएर अरबौंको भ्रस्टाचार गर्ने प्रोफेसनल डाकाहरुको पर्दाफास गर्न तिर लाग्नु भो! बिधार्थीको कलिलो जवानीका सौदागर शिक्षक देखि लिएर सुधार केन्द्रमा राखिएका युवाहरुलाई आफ्नै पिसाब पिउन बाध्य बनाउने निमोठिएका संचालक हुन् या तान्त्रिक बनेर निर्दोष महिलालाई जबर्जस्ती बोक्सी साबित गर्ने कलियुगे दानब हुन्, वहॅाहरुले तह लगाएरै छोड्नु भो। देशको सरकार , न्यायालय र पुलिस प्रसासनले गर्न नचाहेका र नसकेका कामहरु गर्ने क्रममा जनताको अत्याधिक बिश्वास जितेपछि यो देशमा अर्काको प्रगति र भलो नचाहने हरुले पटक पटक रबिदाई माथी षड्यन्त्रका अस्त्रहरु समेत नफ्यालेका होईनन्। तरपनि सकेनन् । “सीधा कुरा जनतासॅग” को leading music beat news 24 को स्टुडियोमा बज्दा अझैपनि हामीलाई रबिदाईकै अनुहारको याद आउछ ! जनताको मनमा बस्न पनि तरिका र इमान चाहिन्छ हजुर ! रिस गरेर हुन्छ त ?

केहि दिनअघिको भेटमा मैले दाईलाई सोधेकी थिॅए, “दाई सीधाकुरा जनतासॅगको कानुनी हक सबै तपाईसॅग हुदाहुदै पनि किन छोड्नु भो? “ जबाफमा वहॅाले भन्नु भो, “ बैनी मेरो जीबनको दुखको कुनै मोडमा news 24 मेरोलागि उॅभिएको छ। के म ति दिनहरु र गुनहरु भूलेर लड्न जॅाउ ऊ बिरुद्द अदालत ? बनौं यसै बिबादित? गरौं साबित आफूलाई पहलमान यो मुद्दा जितेर? के पाउछु म त्यसरी? अहॅ म केहिपनि पाउदिन । म त्यो मान्छे हॅु जस्लाई जंगलको बिचमा लगेर कसैले फ्याकिदियो भने पनि केहि समयपछि त्यहॅा बस्ती बनाउने दम राख्छु। मलाई अब नामसॅग कुनै लोभ र सरोकार छैन! म नितान्त काम गर्न चाहन्छु। हिजोभन्दा अझ बलियो बनेर जनताको आगनमा उभिन चाहन्छु! हिजो पुरा गर्न नभ्याएका बाकी काम र बाचा सकेजति सप्पै पुरा गर्छु , म मिठा कुरा हैन , देखावटी हॅुकार हैन , साच्चै काम गर्न मन पराउने मान्छे हॅु । म चाहन्छु मेरो कारण कोहिपनि दुखी नबनोस्! म अरुको न्यायको लागि लड्दै गर्दा मलाई यदि कसैले अन्याय गर्न खोज्छ भने समयको इजलासले आफै फैसला गर्नेछ ! यतिमात्र भन्छु ! “

#क्या सोच छ रबिदाई! कास! यो देशका सबै युवाहरुको सोच यस्तै भैदिए..! यो टिम भोलिबाट अझ कडा रुपमा आएको हेर्न जनता आतुर छन् ।।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: