प्रचण्ड-माधवकुमार नेपाल नेतृत्वमा सरकार बन्नु गोरु ब्याऊनु जस्तै हो:सुर्य थापा

  • 330
    Shares

प्रधानमन्त्री र हाम्रा लागि यी पदहरू अस्थायी हुन्। तर देशलाई अन्यौलतामा छोडेर अब के हुन्छ भन्ने प्रष्ट नपारी जिम्मेवार व्यक्तिले छोड्न मिल्दैन,’ ज्ञवालीले भने,‘२०६७ सालमा माधवकुमार नेपालले राजीनामा दिएपछि महिनौंसम्म सरकार बन्न नसकेको दृष्टान्त छ। त्यस्तो नहोस् भन्नेमा पनि हामीले सोचेर उपयुक्त निर्णय गर्छौं।’

यस्तै प्रधानमन्त्री ओलीले ‘हामी हाम्रो कर्तव्यमा जुट्छौं र देश बनाउँछौं। यो संकल्प निरन्तर अगाडि बढ्छ। अहिले धेरै कुरा भनेर मान्छे फेरि तर्साउने कुरा गर्नु पनि ठिक छैन,’ ओलीले भने,‘अहिले यो सरकार छ। सरकार रहन्छ। विकासको क्रम अघि बढिराख्या छ। तपाईंहरू विकासको मार्गमा निश्चिन्त, निस्फिक्री ढंगले अगाडि बढ्नुस्।’प्रधानमन्त्री ओलीले भने तत्काल सत्ता नछाड्ने संकेत गरेका छन्।बुधबार कृषि मन्त्रालयले काठमाडौंमा आयोजना गरेको माटोको डिजिटल नक्सा उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले तत्काल बालुवाटार नछाड्ने स्पष्ट संकेत दिएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्ड–माधव नेतृत्वमा सरकार बन्ने सम्भावना ‘शून्य बराबर’ रहेको बताएका छन् ।

 

बिहिबार सामाजिक सञ्जालमार्फत नेकपा ओली समूहका केन्द्रीय सदस्य समेत रहेका थापाले प्रचण्ड–माधव नेतृत्वमा सरकार बन्नु ‘गोरु ब्याउनु’ जस्तै भएको भनेर टिप्पणी गरेका हुन् ।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्व प्रधानमन्त्रीत्वमा नयाँ सरकार बन्ने संभावना त शून्य बराबर, अर्थात असम्भव नै छ,’ उनले लेखेका छन्,‘यो गोरु ब्याएर बिगौती खान खोजजस्तै मात्र हो। कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाऔं ।’

 

गत मंगलबार सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरिदिएपछि नेकपा प्रचण्ड–नेपाल समूह नयाँ सरकार गठनका लागि गृहकार्यमा जुटेको छ। प्रचण्ड–माधव समूहका अध्यक्षद्वयले नयाँ सरकार साझेदारीका लागि कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल गरेका  छन् ।

भर्खरै

सम्बन्धित समाचार

error: