प्रविण बाँस्तोला मृत्यु प्रकरणमा सरकारि वकिलले गर्यो छ जना बिरुद्ध मुद्दा दायर ।।

  • 2
    Shares

मोरङको उर्लाबारी नगरपालिका– ५ का ३२ वर्षिय प्रविण बाँस्तोलाको रहस्यम तरिकाले मृत्यु भएको घटनामा सरकारी वकिलको कार्यालयले ६ जना विरूद्ध ‘कर्तब्य ज्यान’ मुद्दामा अदालतमा अभियोग दर्ता गरेको छ ।

सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा पक्राउ परेका दुई जना र फरार भएका ४ सहित ६ जना विरूद्ध कर्तब्य ज्यान मुद्दामा अभियोग दर्ता गरेको हो । प्रहरीले पक्राउ गरेको होटल संचालक उर्लावारी नगरपालिका ९ का ३४ वर्षिय कुमार राई र प्रविणका साथी मोरङ्ग रतुवामाई नगरपालिका – १० पवित्रा चोकका २९ वर्षिय रिकेश सिवा भन्ने मेहरमान दर्र्जिसहित अन्य चार जनालाई फरार प्रतिवादी बनाएर मंगलबार अभियोग दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधीवक्ता मनोजकुमार आचार्यले जानकारी दिनुभयो । सोही मुद्दामा प्रविणका साथीहरू उर्लावारी नगरपालिका .६ प्रगति टोलका १९ वर्षिय सुदिप परियार, सोही ठाउँका ३२ वर्षिय राजेश रणपहेली, झापाको गौरादह नगरपालिका ९ का ३१ वर्षिय दिपेश पौडेल र प्रविण शव भेटिएको घरधनी उर्लावारी ६ फिल्म हल छेउका ६० वर्षिय रमेश गिरीलाई फरार प्रतिवादी बनाएर अभियोग दर्ता भएको हो । अदालतमा अभियोग दर्ता भएपछि पक्राउ परेका होटल संचालक राई र दर्जीको बयान सकिएको मोरङ अदालतका स्रेस्तेदार राजकुमार दाहालले जानकारी दिनुभयो । प्रतिवादीहरूको बयान सकिएकोले बिहीबार थुनछेक बहस हुने स्रेस्तेदार दाहालले बताउनुभयो । प्रहरीले लापरबाहिपूर्ण रूपमा अनुसन्धान गरेको भन्दै मृतकका आफन्त र स्थानिय आन्दोलित भएका थिए । शंकास्पद रूपमा मृत्यु भएको घटनामा प्रहरीको अनुसन्धान प्रतिवेदन (मिसिल) मा मृतककको अर्कै फोटो परेको भन्दै उनीहरूले इलका प्रहरी कार्यालय उर्लाबारी, जिल्ला सरकारी वकिलको कार्यालय घेराउ गरेका थिए ।

मृतकका आफन्त र परिवारलाई मुद्दा दर्ता गर्ने र अनुसन्धान संलग्न प्रहरीले लापरबाही गरेको भेटिए कारवाहीको दायरमा ल्याउने विश्वास बनाएपछि आन्दोलन साम्य भएको छ । मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले घटनामा संलग्न दुई जना प्रतिवादीलाई पक्राउ गरि अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको जानकारी दिनुभयो । यस घटनाको अनुसन्धानमा संलग्न प्रहरीले घटनामा लापरबाही गरेको पाइए कारवाहीको दायरमा ल्याउने उहाँले दाबी समेत गर्नुभयो ।

यस्तै मृतक दाईको बहिनिले आजसम्म सामाजिक संजाल देखि फिल्डमा ऊत्रिए आफुलाई सहयोग गर्ने सबैलाई धन्यबाद समेत दिउकि छन हेर्नुहोस् पुरा उनको लेख ।।

दाजुलाई गुमाएको पिडा त एकतिर छदैछ । दाजुलाई गुमाएपछि न्यायको लडाइँमा साथ दिनुहुने सम्पूर्ण नेपाली आमाबुवा दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक धन्यवाद एवम् आभार व्यक्त गर्दछु । तपाईहरुको साथ र सहयोग बिना मेरो दाजुको हत्या प्रकरण साममुस हुने थियो, ढिसमिस बनाइँदैथियो। हजुरहरुको बलियो साथले न्यायको लडाइँ अब सम्मानित अदालतसम्म पुगेको छ। दाजुलाई न्याय दिलाउने यो अभियानको पहिलो खुड्किलो सम्मानित मोरङ जिल्ला अदालतले न्यायको पक्षमा आदेश दिँदै एकजनालाई पुर्पक्षमा जेल पठाएको छ, एक जनालाई धरौटीमा रिहा गरेको छ र चार जना भने फरार छन। लडाइँ अझै जारी छ, हामी जस्तै न्यायको आशमा रहेका समाजका अरु सदस्यलाई पनि आवाज बुलन्द बनाउन आग्रह गर्छु। अन्याय चुपचाप नसहौँ, न्यायका लागि डटेर लडौं । राज्यका केही अधिकारीले कमजोरी गर्दैमा अपराध ढाकछोप हुन सक्दैन । तर, तपाईं हामीले हिम्मत जुटाएर बोल्न चाहिँ सक्नु पर्नेरहेछ। न्यायको लडाइँ जारी छ। अझै साथ दिनुहुनेछ भन्ने विश्वास लिएकी छु । तपाईहरु सबै प्रति कृतज्ञ छु 😥🙏।

 

सदिक्षा (दुर्गा) बास्तोला

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: