मेरो ज्यान खतरामा छ तल माथि हुन सक्छ :प्रधानमन्त्री ओलि

  • 675
    Shares

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ज्यान तलमाथि भयो भने अन्यथा मान्न नहुने बताएका छन् । पोखरामा शनिबार गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा ओलीले विकासका कामहरू देखेर देशी विदेशी तत्त्वबाट प्रहार खेपिरहेको बताएका छन् ।

 

उनले भने, “विकासका काम गरिरहेको देखेर नै देशी-विदेशी तत्त्व सरकार असफल पार्न लागिरहेका छन् । विकास निर्माणको कामले गति लिइरहेको कारणले म माथि प्रहार भएको छ । सम्पूर्ण रूपमा म माथि अत्यन्तै तीव्र रुपमा प्रहार भएको छ ।”

 

यस्तै, उनले आफूमाथि शारीरिक हमलाको हुनसक्ने लख पनि काटे । प्रशिक्षण कार्यक्रममा भने, “अन्यथा नमान्नुहोला, ममाथि शारीरिक हमला नै भयो, मेरो ज्यान तलमाथि भयो भने पनि अन्यथा नमान्नुहोला । तर त्यस्तो हुँदैन । म रहिन भने पनि अन्यथा नमान्नुहोला, पार्टी छ, विचार छ ।” उनले भनेका छन ।

भर्खरै

सम्बन्धित समाचार

error: