प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङको दोभान बजारको पुनर्निर्माण र पीडितहरुलाई राहत उपलब्ध गराउने बताउनुभएको छ ।
मंगलबार (आज) मोरङमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले ताप्लेजुङको दोभान बजारमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले आगलागी पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउने र पुनर्निर्माण गर्ने कुरामा सरकार तत्काल लाग्ने बताउनुभयो ।
सरकारले जनताको समस्या तत्काल समाधान गर्ने बताउदै उहाँले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको यस कुराको समन्वय गर्ने र सरकारले भरपर्दा काम वचनसमेत दिनुभएको छ ।
ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा ४९ घर जलेर नट भएको प्रहरीको भनाइ छ । आगो नियन्त्रणमा आइसकेको र सुरक्षाकर्मीले उद्दारको काम गरिसकेका पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।