बिबादित दुर्गा प्रसाईले छ सय करोडको लगानिमा मेडिकल बनाउदै ऊध्घाटन गरे ओलिले ।

  • 534
    Shares

क्यानसर मेडिकल ऊध्घाटनमा बोल्दै  प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘क्यान्सरको सबै भन्दा राम्रो उपचार नेपाल पाइन्छ । क्यान्सरको सबै भन्दा सस्तो उपचार नेपालमा पाइन्छ । हामीले अस्पतालहरु चाहेका छौं । हामीलाई मेडिकल कलेजहरु चाहिएको छ । हामीलाई टेक्निकल विद्यालयहरु चाहिएको छ ।’

झापामा लगभग छ सय करोडको लगानिमा दुर्गा प्रसाईको लगानिमा बन्दै गरेको क्यानसर हस्पिटल ऊध्घाटन समारोहमा बोल्दै ओलिले विश्वकै उत्कृष्ट अस्पताल बन्ने बताएका छन ।।,

 

उहाँले थप भन्नुभयो, ‘हामी नेपाललाई निरोगी बनाउन चाहन्छौं । निरोगी नेपाली बनाउन चाहन्छौं । सोही अनुरुप हामीले ३ सय ९ वटा अस्पतालहरु एकै दिन शिलन्यास ग¥यौं । एक हप्ताभित्र सात वटै प्रदेशमा ठूला–ठूला औद्यौगिक क्षेत्रहरुको शिलन्यास ग¥यौं ।’

 

‘‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकांक्षा साकार गर्नका लागि हामीले विभिन्न प्रयासहरु गरिरहेका छौं । आलोचना गर्दै गर्छन्, टिप्पणी गर्दै गर्छन्, त्यसबाट बिचलित हुनुहुदैन । सही बाटो भएर देश बिकासमा लाग्नुपर्छ ।’

 

यसअघि उहाँले नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पताल, अस्पताल मात्रई नभई शिक्षण अस्पताल बन्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो अस्पताल अस्पताल मात्रै नभई शिक्षण अस्पताल बन्छ । यसको सम्बन्धन काठमाडौं युनिभर्सिर्टीले दिन्छ ।’

 

यसैबीच उहाँले आफूहरुको अभियान रोजगारीको सिर्जना गर्ने पनि बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘विदेशिने युवाहरुको पंक्ति बढ्दो छ । अब गाउँमै बस्ने स्थितिहरु बनाउँछौं । एउटा मात्रै क्षेत्रमा पाँच वटा पूल शिलन्यास गरेर उद्घाटन पनि गरिसकेको छु ।’

 

उहाँले फेरि भन्नुभयो, ‘उर्लाबारीमा हामी एकीकृत सन्थाल बस्तीको शिलन्यास गर्दैछौं । केही महिनामै निर्माण गरेर उद्घाटन पनि गर्दैछौं ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: