बिप्लप वार्ताको लागि तयार रामबहादुर थापा बादलको नेतृत्वमा २ सदस्यीय वार्ता टोली गठन ।

  • 185
    Shares

सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द समूहले विप्लव नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड ले नेतृत्व गर्नेभएका छन् । सरकार संगको वार्ताका लागि विप्लव समूहले प्रकाण्ड र दीपक चलाउनेको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ ।सरकार वार्ताका लागि तयार भएको अवस्थामा प्रकाण्डको नेतृत्वमा वार्तामा बस्ने स्रोतले जनाएको छ ।

वार्ताका लागि जे’लमा रहेका नेताकार्यकर्ता रि’हा र ह’ति’या’र सम्बन्धी मु’द्दा फिर्ता गर्नुपर्ने विप्लव समूहको पहिलो सर्त रहेको स्रोतले जनाएको छ ।साथै वार्ताका लागी प्र’ति’ब’न्ध फु’कु’वा, वार्ताको औपचारिक पत्र समेत समूहको माग रहेको नेकपा विप्लप समूह स्रोतले जनाएको छ ।सरकारले आज गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा २ सदस्यीय वार्ता टोली गठन गरेको छ।,,

 

यता सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ । वार्ताका माध्यमबाट नै समस्या समाधान गर्ने नेपाल सरकारको निर्णयानुरुप गृहमन्त्री रामबहादुर थापाका संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई सदस्य रहेको दुई सदस्यीय वार्ताटोली आज गठन गरिएको हो ।

 

सरकारी वार्ता टाेलीमा गृहमन्त्री बादल र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहनुभएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले केही बेरअघि जारी गर्नुभएको प्रेस विज्ञप्तिमा वार्ताटोली गठन गरिएको जनाइएको हाे ।

 

यससँगै विप्लव समूहले पनि वार्ता टाेली गठनकाे तयारी थालेकाे बताइएकाे छ । विप्लव समुहले पनि यसअघि वार्ताका लागि आफूहरु सकारात्मक रहेको भन्दै विज्ञप्ति निकालेको थियो । विप्लव समुहका तर्फबाट पनि टाेली बनेपछि वार्ता हुने सम्भावना बढेको छ ।

 

सरकारले विप्लव समूह आपराधिक संगठन भएको ठहर भएको भन्दै २०७५ फागुन २८ गते प्रतिबन्ध गरेको थियो । तर सत्तारुढ दल नेकपा आन्तरिक विवादमा रुमालिएर विभाजितको अवस्थामा पुगेपछि सरकारले विप्लव समूहलाइ वार्ताको माध्यमबाट मुलधारको राजनीतिमा ल्याउने प्रयास गरिरहेको छ ।

 

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: