देख्ने बित्तिकै कृष्ण भगवानको दर्शन गरि यो मन्त्र पुरा पढ्नुहोस मनले चिताएको कार्य पूरा हुनेछ ।

  • 3K
    Shares

म त धार्मिक संस्कारादी संस्कारदेखि परको २१ औं शताब्दीको आधुनिक

***************

– वल्लभ चैतन्य दास

 

मृत्युपछि के हुंछ कसैले देखेको छैन, आजसम्म कोही फर्केर आएको छैन कि सोधौं के हुंछ भनेर तर मृत्युपछि के हुंछ तपाई/म सबैले एक न एक दिन अनुभव गर्नु नै छ, मृत्युलाई भोग्नु नै छ। यसरी कसैले नदेखेको, कसैले अनुभव नगरेको भौतिक वैज्ञानिक प्रयोगदेखि पर रहेको विषयमा टीकाटिप्पणी गर्ने अहिलेको समाजमा विशेषगरी दुई वर्ग हावी भएको देखिन्छ।

 

पहिलो वर्ग ती हुन जो कसैले नदेखेको, कसैले प्रत्यक्ष अनुभव नगरेको, समस्त भौतिक प्रयोगदेखि पर रहेको यो विषयमा बोल्छन, कराउँछन, तर्क दिन्छन, व्याख्या गर्छन मात्र आफ्नो व्यक्तिगत मनोगत अडकलवाजीको आधार लिएर। कुनै प्रमाणविना मात्र व्यक्तिगत ईच्छा, व्यक्तिगत स्वभावको आगोशमा यस्ता व्यक्तिहरू वर्तमानको भौतिक लोकलाई नै मूल विंदु बनाएर परलोकको समेत व्याख्या गर्न पछि पर्दैनन। केही समयका लागि स्टेशनरूपी यो संसारलाई नै केन्द्र मानेर यी व्यक्तिहरू “मृत्युपछि त्यो व्यक्ति चिर निंद्रामा जान्छ”, “मरेर जाने गए, किन सदगति दिनु पर्यो” आदि आधुनिकताको नाममा तर्क दिदै कसैले नदेखको मृत्युपछिको त्यो गतिको अवस्थालाई पनि कति नै देखेर नै आएको झै गरी व्याख्यान गरिदिन्छन। कसैले नदेखेको, कसैले अनुभव नगरेको, समस्त भौतिक प्रयोगदेखि पर रहेको मृत्युपछिको विषयमा “मृत्युपछि केही हुदैन, मृत्युपछि त्यो व्यक्ति चिर निंद्रामा जान्छ, स्वर्ग/नरक/प्रेत योनि आदि केही हुदैन, १३ दिने मृत्यु संस्कार गर्नु-नगर्नु मा केही फरक छैन” भन्ने वाक्यांश भन्न पनि त कुनै आधार हुनु पर्यो नी हैन र?

 

अर्कोंतर्फ दोस्रो वर्ग हुंछन जो कसैले नदेखेको, कसैले अनुभव नगरेको समस्त भौतिक प्रयोगदेखि पर रहेको मृत्युपछिको विषयमा आफ्नो व्यक्तिगत विचारको धारणाले हैन वरु आधार लिएर बोल्छन, व्याख्या गर्छन। त्यो आधार भनेको ईश्वर प्रदत्त शास्त्र अर्थात वेद/उपनिषद, पुराण, गीता, महाभारत, रामायण आदि दिव्य धार्मिक ग्रन्थहरू नै हुन।

 

मृत्यु अवश्यंम्भावि छ। आज नभए भोली तपाई पक्कै मृत्युको चपेटामा पर्नु हुनेछ। अब बुद्धिमान विवेकशील तपाई, माथि उल्लेखित कसैले नदेखेको, कसैले अनुभव नगरेको समस्त भौतिक प्रयोगदेखि पर रहेको मृत्युपछिका विषयमा व्याख्यान गर्ने दुई वर्गका व्यक्तित्वहरू मध्य कसको भनाई अनुशरण गर्नुहुंछ? पहिलो वर्गका भौतिकवादी, कम्युनिष्ट वा नास्तिकहरूको आधार नै नभएको व्यक्तिगत मनोवृत्तिका कुरो पछ्याउदै आफुलाई कथित २१ औं शताब्दीको आधुनिक बनाउन रुचाउनु हुंछ र तद्अनुरूप “यही दृश्यमान संसार नै सबै” भंदै शास्त्र निर्देशित संस्कारादी कार्यहरू (१३ दिने मृत्युसंस्कार,पूजन, स्वाध्याय, भक्ति) आदि देखि आफुलाई विमुख गराउनु हुंछ कि ईश्वर प्रदत्त शास्त्र अर्थात वेद/उपनिषद, पुराण, गीता, महाभारत, रामायण आदि दिव्य धार्मिक ग्रन्थहरूलाई आधार मानेर मृत्युपछिको अवस्थालाई मनन गरी निर्देशन दिने ब्राम्हण/सन्त/महात्मा/पण्डित हरूको निर्देशन अनुशरण गर्नुहुंछ?

 

स्मरणीय रहोस, मृत्युपछिको सत्य अटल छ, तपाईको “म २१ औं शताब्दीको आधुनिक व्यक्ति”को उद्घोषले न मृत्युपछिको गतिमा परिवर्तन आउछ, न तपाईको आफन्त-मृतात्मामाथि फरक व्यबहार हुनेछ, न तपाईको मृत्युपछि “तपाईको २१ औं शताब्दीको तपाईको आधुनिकता” अनुरूप तपाईलाई व्यबहार नै गरिनेछ।

 

यो पनि पढ्नुहोस दिब्य–ज्ञानं।।,,

 

भगवानका भक्तहरु मध्ये महर्षि वाल्मीकि पनि एक प्रसिध्द भक्त हुन ।

उनी प्रचेताको दशम-पुत्र हुन, भनिन्छ वाल्मीकि पहिले रत्नाकर नामका

बन-डाकु थिए, तर यस्को बलियो वर्णन कुनैपनि ग्रन्थमा भेटिएको छैन,

यसैले यो बन-डाकुको चर्चा “किंवदन्ति” पनि हुन सक्छ, तमसा नदीको

किनारमा उनको आश्रम थियो, एकदिन बिहान तमसामा स्नानगर्न गएका

ऋषिले हातमा जल लिएर, “विष्णोपाद प्रसूतासी वैष्णवी नाम धारिणि ।

पाही मां सर्वतो भद्रे गङ्गा त्रिपथ गामिनी” भनेर गङ्गाको आवाहन गरेका

मात्र के थिए, किनारमा एक व्याधाले बाँण द्वारा क्रौञच-पञ्छीका जोडालाई

मारेको दृश्य देखेर अति दु:खित भए, उनको आँखाबाट आँशु बगेको थियो,

त्यही हातको जलले “मा निषाद प्रतिष्ठां त्वमगम: शाश्वती: समा: ।

यत् क्रौञ्चमिथुनादेकमवधी: काममोहितम् ।।वा-रा-(बालकाण्ड) २-१५।।

भावार्थ***हे निषाद ! तंलाई नित्य निरन्तर कहिल्यै शान्ति नमिलोस, किनकि तैंले काम-मोहित पञ्छिको जोडालाई कुनैपनि अपराध विना हत्या गरिस”—यसरी व्याधालाई श्राप दिएर स्नान गरेर आश्रममा फर्केका ऋषिले

यही श्लोकबाट प्रेरणा पाएर चौबीस-हजार श्लोकले युक्त भगवान श्रीरामको

चरित्रले भरिएको रामायणको रचना गरे, यो रामायण राम-कथाको प्रथम

ग्रन्थ हो, यसपछि तुलसीदासको श्रीरामचरितमानस, भानुभक्तको नेपाली

रामायण आदि आफ्नो-आफ्नो स्थानीय भाषामा नेपाल बाहेकका हिन्दुदेश

मा धेरै रामायणहरु बनेका छन, यस मध्ये-आध्यात्म रामायण, आनन्द

रामायण पनि जनप्रीय बनेको छ ।

सीताको बन-गमनको समयमा उनले वाल्मीकि आश्रममा बसेरै लव-कुश

को जन्म भयो, वाल्मीकिले लव-कुशलाई क्षत्रियोचित सम्पूर्ण विद्या पढाए,

वाल्मीकिलाई “म कुनै धर्मग्रन्थको रचना गर्छु” भन्ने मनमा थियो तर कुन

आधारमा रचनाको प्रम्भ गरौं ? भन्ने द्विविधा भएको समयमा ब्रह्माजीले

त्रेतायुगका युगपुरुष मर्यादा पुरुषोत्तम श्रीराम साक्षात भगवान विष्णुको नर

रूप अवतार हुनुहुन्छ, यसैले वर्तमान युगमा श्रीराम समान सर्व-सुलक्षणले

युक्त पुरुष अरु छैनन, यसैले तिमी श्रीराम चरित्रले युक्त “रामायण” ग्रन्थ

रचना गर” भनेर प्रेरणा दिनुभएको थियो ।

यसरी श्रीरामको नाम धार्मिक ग्रन्थको रूपमा रचना गरेर हाम्रो हातमा दिने

महर्षि वल्मीकिको जयहोस ! भगवान श्रीरा रदेमको जयहोस !! श्रीरामभक्त

हनुमानको जयहोस !!!

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: