फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सार्कोजीलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय।

  • 137
    Shares

फ्रान्सका पूर्वराष्ट्रपतिलाई भ्रष्टाचारको आरोपमा जेल सजाय।।,,

फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सार्कोजीलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ । उनीमाथि सन् २०१४ मा पदमुक्त भएपछि न्यायाधीशलाई घुस दिएर प्रभावित पार्न खोजेको आरोप छ ।

 

सार्कोजी जेल सजाय पाउने पहिलो पूर्व राष्ट्रपति हुन् । यो मुद्दामा उनीसँग उनका दुई वकिलहरु पनि मुछिएका छन् । सन् २०१४ मा सार्कोजीले न्यायाधीशलाई गरेको फोन प्रहरीले ट्याप गरेसँगै यो मुद्दा चर्चामा आएको थियो । सार्कोजी र उनका वकिलहरुले न्यायाधीशलाई प्रभावित पार्न खोजेको पाइएको अदालतको ठहर छ ।,

सर्कोजीका वकिलले अदालतले सुनाएको यो फैसलाविरुद्ध अपिल गर्ने बताएका छन् । यो प्रक्रिया पूरा नहुँदासम्म सर्कोजी स्वतन्त्र हुनेछन् । यो प्रक्रिया सकिन केही वर्ष लाग्न सक्छ ।

 

फैसला सुनाउने क्रममा न्यायाधीश क्रिस्टिन मीले सर्कोजीलाई आफूले नराम्रो काम गर्दै छु भन्ने थाहा भएको र पूर्व राष्ट्रपति र उनका वकिलको कार्यले न्यायालयको छवि बिगारेको बताएकी थिइन् ।

 

फ्रान्सको इतिहासमा यो मुद्दालाई निकै महत्वपूर्ण मानिएको छ । सार्कोजीले गरेको अपिल असफल भएको अवस्थामा उनलाई सुनाइएको जेल सजाय उनले आफ्नै घरमा बसेर पूरा गर्न सक्नेछन् । सार्कोजी सन् २००७ मा पाँच वर्षको लागि फ्रान्सको राष्ट्रपति बनेका थिए ।

 

सार्कोजीमाथि फ्रान्समा सन् २०१२ को निर्वाचन प्रचार अभियानमा सीमाभन्दा धेरै रकम खर्च गरेको र सन् २००७ को निर्वाचन प्रचारको लागि लिबियाका तत्कालीन शासक मुआमार गद्दाफीबाट पैसा लिएको विषयमा पनि अनुसन्धान भइरहेको छ ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: