प्रभु साहको दादागिरीः मेला लगाउन गरिब किसानको पाक्नै लागेको गहुँखेतीमा डोजर चलाउन दिए निर्देशन

  • 1.1K
    Shares

प्रभु साहको दादागिरीः मेला लगाउन पाक्नै लागेको गहुँखेतीमा डोजर चलाउन दिए निर्देशन।।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य एवं शहरी विकासमन्त्री प्रभु साहको निर्देशनमा किसानहरूले लगाएका गहुँ बालीमा डोजर चलाइएको छ ।

 

रौतहटको मौलापुर नगरपालिका ५ मा महाशिवरात्रिको मेला आयोजन गर्नका लागि भन्दै मन्त्री साहले करिब पाँच बिगाहा जमिनमा लगाइएको गहुँ नष्ट गर्न लगाइएका हुन् । फागुन २७ गते महाशिवरात्री मनाइँदैछ । यसअघि नै मन्त्री साहले मेला लगाउने भन्दै कतिपय किसानलाई शुरुमै बाली नलगाउन भनेका थिए । तर, पछि उक्त स्थानमा मेला आयोजना नगरी गहुँ बाली लगाइएको स्थानमा मेला गर्न लागिएको एक स्थानिय किसानले बताए ।

 

‘यसअघि तय भएको स्थानमा हाम्रो खेत थियो। मन्त्रीज्यू घरमा आएर भन्नुभयो कि महाशिवरात्रिमा मेला लाग्छ, त्यसमा बाली नलगाउनुहोला । त्यसपछि हामीले त्यहाँको करिब सात कट्ठा जग्गा पर्ति नै राख्यौं’ ती किसानले भने, ‘तर अन्तिम समयमा आएर हाम्रो मेहनतलाई खरानी बनाइदिए ।’ पाक्नै लागेको गहुँ बाली नष्ट नगर्न कयौँ आग्रह गर्दा पनि मन्त्री पक्षका आयोजकले नमानेको पीडित किसानहरुको गुनासो छ ।

 

नष्ट भएको बालीको मुआब्जा दिने भनिएको पनि पाइएको छ । तर, बाली लगाउँदा १० देखि १५ हजार खर्च भए पनि आयोजकले क्षतिपूर्तिको नाममा पाँच हजार रुपैयाँ थमाइदिएको बताइएको छ । यसबाट निकै मर्का भएको किसानहरु बताउँछन् । उक्त मेला राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गराउने तयारी छ । सो मेलामा भारतबाट भोजपुरी सिनेमाका कलाकारहरु समेत ल्याउने तयारी भइरहेको बताइएको छ ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: