सरकारद्वारा बादल समुह र विप्लव समूहको वार्ता टोलीबीच पहिलो चरणको वार्ता सकियो बार्ता सकारात्मक।

  • 178
    Shares

काठमाडौं फागुन १९ बुधबार

सरकारद्वारा गठित वार्ता टोली र नेकपा विप्लव समूहको वार्ता टोलीबीच आज बिहान पहिलो चरणको वार्ता सकिएको छ । सो कुराको जानकारी सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराइले ट्वीटरमार्फत जानकारी गराएका छन् ।,,

 

उनलेवार्ता सकारात्मक दिशा उन्मुख रहेकाे जनाएका छन् । सरकारले हिजाे गृहमन्त्री रामबहादुर थापाकाे संयाेजकत्वमा वार्ता टाेली गठन गरेकाे थियाे । त्यस्तै नेकपा विप्लव समूहले पनि हिजै वार्ता टाेली गठन गरेकाे थियाे ।दुवै वार्ता टोलीको नेतृत्वकर्ता पाँच वर्षअघिसम्म एकै पार्टीमा थिए। यसले पनि यो वार्तालाई रोचक मोडका साथ हेरिएको छ।,,

 

विप्लवको वार्ता टोलीले मंगलबार साँझ टेलिफोनमार्फत सरकारी टोलीसँग अनौपचारिक संवाद गरेपश्चात आज वार्तामा सहभागी भएका हुन्।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ मा विप्लवको पार्टी र उसका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो। तर, पछिल्लो समय समस्याको समाधान वार्ताबाटै गर्न दुवै पक्ष तयार देखिएका थिए।वार्ताका लागि विभिन्न सूत्रमार्फत अनौपचारिक संवादको प्रक्रिया अगाडि बढेको थियो। तर, विभिन्न नेताले गरिरहेका अनौपचारिक संवाद कामयावी हुन नसकिरहेका बेला गृहमन्त्री थापाले परिचालन गरेको सूत्रमार्फत पहल भएपछि वार्ताको वातावरण बनेको हो।,,

 

वार्ताका लागि जे’लमा रहेका नेताकार्यकर्ता रि’हा र ह’ति’या’र सम्बन्धी मु’द्दा फिर्ता गर्नुपर्ने विप्लव समूहको पहिलो सर्त रहेको स्रोतले जनाएको छ ।साथै वार्ताका लागी प्र’ति’ब’न्ध फु’कु’वा, वार्ताको औपचारिक पत्र समेत समूहको माग रहेको नेकपा विप्लप समूह स्रोतले जनाएको छ ।,,

 

गृहमन्त्री थापाले तत्कालीन माओवादी जनमुक्ति सेनाका डिभिजन सहकमान्डर नेपबहादुर कुँवर ‘विवेक’लाई परिचालन गरेका थिए।नेता कुँवर नेकपा विभाजन नहुँदै गृहमन्त्री थापाको निर्देशनमा वार्ताको वातावरण बनाउन लागेका थिए।,,

 

कुँवरले चलाउनेलगायत नेतासँग सम्पर्क बढाई दुवै पक्षका कुरादेखि पत्र आदानप्रदानको काम गरेका थिए। त्यसपछि दुवै पक्षबीच तीनबुँदे सहमति लिखित रूपमा भएको स्रोतको भनाइ छ।तर, उक्त सहमति गोप्य राख्ने गरी दुवै पक्षले हस्ताक्षर गरेपछि वार्ता टोलीको घोषणा गरिएको हो। त्यसमा विप्लवको पार्टीबाट विप्लव स्वयंले हस्ताक्षर गरेका छन् भने सरकारका तर्फबाट गृहमन्त्री थापाले हस्ताक्षर गरेका छन्।,

 

सरकारले विप्लव समूह आपराधिक संगठन भएको ठहर भएको भन्दै २०७५ फागुन २८ गते प्रतिबन्ध गरेको थियो । तर सत्तारुढ दल नेकपा आन्तरिक विवादमा रुमालिएर विभाजितको अवस्थामा पुगेपछि सरकारले विप्लव समूहलाइ वार्ताको माध्यमबाट मुलधारको राजनीतिमा ल्याउने प्रयास गरिरहेको छ ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: