सुनौलो सुर्यनारायण का किरण सङ्गै जगत जननि माता भगवती को दर्शन गर्नुहोस मनले चिताएको कार्य पूरा हुनेछ ।

  • 945
    Shares

प्रभात कालिन नमस्कार सम्पुर्ण मा शुभ प्रभात आज मिती २०७७ फागुन मैना को २१ गते शुक्रबार आउनुहोस् आज को सुखद दिन को सुरुवात सुनौलो सुर्यनारायण का किरण सङ्गै जगत जननि माता भगवती कोदर्शन गरि गरौ भवानी माता को कृपा ले आज को दिन सुखद मंगल मय बनोस जय माता जि

इन्द्रेश्वरस्य ये भक्ता भविष्यन्ति तपोधन ।

तेषां समृद्धिरतुला भविष्यति न संशयः ।।१६।।

हे तपोधन ! जो मानिस इन्द्रको भक्त हुन्छ, उनीहरू अतुलनीय सम्पत्तिले युक्त हुने छन, यसमा कुनै शंका छैन ।

ज्येष्ठमासे पौर्णमास्यां स्नानं कृत्वा तु सङ्गमे ।

इन्द्रेश्वरं च द्रक्ष्यन्ति तेषां स्वर्गो न संशयः ।।१७।।

जो ज्येष्ठमासको पूर्णिमामा यहाको संगम-स्नान गरेर यीनको(इन्द्रको) पूजा गर्छ, उ अवश्य स्वर्ग जान पाउछ ।

इन्द्रेश्वरस्य ये भक्ता भविष्यन्ति नरोत्तमाः ।

तेषामिन्द्रः स्वयं तुष्टः प्रदास्यति मनोरथान् ।।१८।।

हे नरोत्तमहरू ! जो मानिस इन्द्रको भक्त हुन्छन, उनीहरुसित इन्द्र प्रसन्नभएर उनीहरू

को मनोरथ सिद्ध गरिदिन्छन ।

चण्डासुर-वधोत्पन्न हर्षनिर्भर-मानसाः ।

त्रिदशाः शैलमुत्तीर्य सरितोः सङ्गमे शभे ।।१९।।

चण्डासुरको वधको कारण हर्ष-चित्त भएका देवतागण, पर्वतबाट ओर्लेर नदीहरूको शुभ

सङ्गममा गए ।

आशापूरेश्वरं लिङ्गं स्थापयामासुरुत्तमम् ।

ततो देवा वचः प्राहुः सन्तुष्टा द्विजसत्तम ।।२०।।

आशापूरेश्वरं लिङ्गं द्रक्ष्यन्ति मनुजा भुवि ।

तेषां नराणां सततमाशा पूर्णा भविष्यति ।।२१।।

त्यहा गएर उनीहरूले आशापूरेश्वर शिवलिङ्गको स्थापना गरे, देवताहरूले प्रसन्न भएर भने-हे ब्राह्मण-श्रेष्ठ ! जो मानिस पृथिवीमा यो उत्तम आशापूरेश्वर महादेवको दर्शन गर्छ, ती मानिसहरूको आशा निरन्तर पूरा भइरहन्छ ।

इत्युक्त्वा देवताः सर्वाः स्वधामानि ययुस्तदा ।

इति ते सर्वमाख्यातं किमन्यच्छ्रोतुमिच्छसि ।।२२।।

यस्ता वचनहरू भनेर देवताहरू आफ्नो-आफ्नो धाममा गए, यस्तो प्रकारले मैले तिमीलाई सवै कुरा बताएं, हे जैमिनि ! अब के सुन्ने इच्छा गर्छौ ?

जैमिनिरुवाच

त्वत्तः श्रुता कथा ब्रह्मन् सर्वपापविनाशिनी ।

अन्यानि मुख्यस्थानानि कथयाशु मम प्रभो ।।२३।।

जैमिनिले भने-हे मार्कण्डेय प्रभो ! हे ब्रह्मन् ! सवै किसिमको पापलाई नाश गर्ने कथा तपाईबाट सुनेर प्रसन्न छु, कृपया अन्य मुख्य-मुख्य स्थानको विषयमा वर्णन गर्नुहोस ।

निर्गतं त्वन्मुखाम्भोजात् कथामृतरसं प्रभो ।

पिबतो नास्ति मे तृप्तिः श्रोतुं श्रद्धा हि जायते ।।२४।।

तपाईंको मुखारविन्दबाट निस्किएको कथामृत-रसलाई पिएर मलाई तृप्ति हुदैन, अझ अरु कथाहरू सुन्ने इच्छा बढेर आउछ ।।

भर्खरै

सम्बन्धित समाचार

error: