जिवनलाई बलिदान दिन्छौ तर सहिदहरुकाे सपना मर्न दिदैनौ, तिन बुदे सहमतिमा प्रतिबद्ध छौ :बिप्लप

  • 122
    Shares

नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ समूहका महासचिव नेत्रविक्रम चन्दले शहीदहरुको सपनालाई छिट्टै पूरा गर्ने बताउनुभएको छ ।

 

शुक्रबार (आज) काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित सहमति हस्ताक्षर कार्यक्रममा बाल्दै विप्लवले शहीदहरुको सपनालाई चाँडै साकार पार्ने बताउनुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ समूहका महासचिव नेत्रविक्रम चन्दले शहीदहरुको सपनालाई छिट्टै पूरा गर्ने बताउनुभएको छ ।

 

शुक्रबार (आज) काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित सहमति हस्ताक्षर कार्यक्रममा बाल्दै विप्लवले शहीदहरुको सपनालाई चाँडै साकार पार्ने बताउनुभएको हो ।उहाँले भन्नुभयो, ‘शहीदहरुको परिवारलाई यो विश्वास दिलाउन चाहान्छौं कि, हामीले शहीदहरुको सपनालाई पूरा गर्छौं । हाम्रो कार्यकर्ताहरु पनि अब छिट्टै छुट्दै हुनुहुन्छ ।’

 

यस्तै, उहाँले सरकारसँग गरेको तीन बुँदे सहमतिमा नेपाल कम्युनिष्ट पार्टी प्रतिबद्ध रहने पनि बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘तीन बुँदे सहमतिमा नेपाल कम्युनिष्ट पार्टी प्रतिबद्ध छ ।’

 

यसैबीच उहाँले न्यायपूर्ण, शान्तिपूर्ण समाज निर्माणका लागि आफूहरुले संघर्ष गरेका बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘जसको हामीले ३ बुँदे सहमति गरेका छौं । यसलाई हामीले पूर्ण रुपमा पालना गर्छौं । शान्तिका दूत विश्वमा नै कम्युनिष्टमा नै छ ।’

 

उहाँले थप भन्नुभयो, ‘समाजिक रुपान्तरण, राज्यको रुपान्तरण र जीवनको रुपान्तरण पुगेको छैन । हामी यसलाई पूरा गथ्र्यौ पहिले पनि । जुन र घामको भेट हुदैन भन्ने एउटा देउडाम गीतमा भनिएको छ । हामीलाई त्यस्तै दृष्टिले हेरिन्थ्यो । तर, जुन र घामको पनि भेट हुन्छ ।’

 

उहाँले थप भन्नुभयो, ‘यस अगाडि पनि हाम्रो प्रधानमन्त्रीसँग कुरा गरेका थियौं । तपाईहरुले नेतृत्व गर्नुस्, हामीले कसैलाई पीडाएर होइन, कसैको भाग खोसेर होइन, कसैमाथि हमला गरेर होइन, हामी नेपाली जनताको श्रममाथि उभिएर देश बनाउन चाहन्छौं । त्यो बनाउने नेतृत्व हामी गरौं, भन्ने छलफल हाम्रो चलेको थियो ।’

 

उहाँले थप भन्नुभयो, ‘२००७ सालदेखि आजसम्म खण्ड–खण्डमा नेपाली समाजको रुपान्तरण हुँदै आएको भएतापनि अहिलेसम्म पूर्ण भएको थिएन । यसलाई हामीले पूरा गर्छौं ।’

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: