म प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा छैन आगामी चुनावमा दुइतिहाइ बहुमत ल्याईनेछ र आफ्नै सरकार गठन गरिन्छ :देऊवा

  • 1K
    Shares

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा नरहेको प्रस्ट पार्नुभएको छ ।

केही दिन पहिले एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री बन्न अबसर आए पछि नहट्ने बताएका देऊवा आफ्नै पार्टिबाट चौतर्फी बिवादमा आएपछि पछि हटेका छन ।

नेपालि जनताले आफुहरुलाई पाच बर्षको लागि प्रतिपक्षमा बस्न पठाएको र अब २ बर्ष प्रतिपक्षमा रहेर कार्य गर्नुपर्ने र आगामी चुनावमा दुइतिहाइ बहुमत ल्याएर आफ्नो सरकार गठन गरेर चलाउने समेत बताएका छन ।

 

विपी स्मृति सामुदायिक अस्पतालको १३औँ वार्षिक साधारणसभाको उहाँ आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “प्रमुख प्रतिपक्ष दल बलियो प्रतिपक्ष भएकाले स्वाभाविकरुपमा प्रधानमन्त्री हुने सम्भावना हुन्छ । सरकारको नेतृत्व गर्न हतार छैन । कोसिस पनि छैन ।”

 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले अहिले सरकारको नेतृत्व गर्नेभन्दा पनि वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र कांग्रेसको मुद्दा हो, त्यसलाई बचाउनु कांग्रेसकै भूमिका बढी हुन्छ, त्यसैले पनि वर्तमान राजनीतिक गतिरोध अन्त्यमा लाग्नुपर्छ कांग्रेस ।”

 

महामन्त्री डा शशाङ्क कोइरालाले तोकिएकै समयमा कांग्रेस महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले शहरभन्दा पनि ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्न अस्पताललाई आग्रह गर्नुभयो । कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले कांग्रेस कति लोकतान्त्रिक छ भन्ने कुरा कांग्रेसले नै मूल्याङ्कन र समीक्षा गर्नुपर्छ भन्नुभयो ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: