एसिड आक्रमणमा परेकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयद्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय अवार्ड जितेकी छन् । रास्ट्रपति द्वारा बधाई

  • 608
    Shares

ए’ सि’ड आ’क्र’म’ण’मा परे’की किशोरी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयद्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय अवार्ड जितेकी छन् ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासले दिएको जानकारी अनुसार १५ वर्षीया खातुनले अमेरिकी विदेश मन्त्रालयले दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज (अन्तर्राष्ट्रिय साहसी महिला) अवार्ड पाएकी हुन् ।

यो अवार्ड पाउने उनी पहिलो नेपाली हुन् । यो अवार्ड पाउनेमध्ये खातुन संसारकै सबैभन्दा कम उमेरकी व्यक्ति हुन् ।

ते’जा’ब आ’क्र’मण’को अ’न्त्य’का ला’गि मुस्कान’ले गरेको निरन्तर कार्यका लागि यो अवार्ड प्रदान गरिएको जनाईएको छ ।

वीरगन्ज महानगरपालिका–११, श्रीपुरकी खातुनलाई गत वर्ष विद्यालय जाँ’दै ग’र्दा ते’जा’ब आ’क्र’म’ण भए’को थि’यो । ला’मो समय सम्म कीर्तिपुर अस्पताल लगायत स्थानमा उन’को उपचार भएको थियो ।

यसअघि यो अवार्ड पाकिस्तानकी शिक्षा अभियन्ता एवं नोबेल पुरस्कार विजेता युवती मलाला युसफजाईले पनि पाएकी थिइन् ।

विगत १५ वर्षदेखि दिँदै आएको यो अवार्ड अहिलेसम्म अमेरिकी सरकारले विश्वभरका ७५ देशका १५५ जनालाई प्रदान गरिसकेको छ।

शान्त, न्याय, मानवअधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि उल्लेखनीय भूमिका निर्वाह गर्ने महिलालाई यो पुरस्कार दिने बताइन्छ।

यो वर्ष विश्वभरिबाट १४ जनाले पाएकोमा दक्षिण एसियाबाट पाउनेमा खातुन र श्रीलङ्काकी एक वकिल छन्।

यसअघि दक्षिण एसियामा अफगानिस्तान, बाङ्ग्लादेश, पाकिस्तानलगायत देशका महिलाले पाइसकेका छन्।

यसै क्रममा राष्ट्रपति भण्डारीले तेजाब आ’क्र’मणमा परेकी पिडित मुस्कानलाई बधाई दिदै अमेरिकी सरकारको पनि गरिन प्रशंसा ।।

राष्ट्रपति विद्यादेवी भण्डारीले किशोरी मुस्कान खातुनलाई ते’जा’ब आ’क्र’मण’विरुद्ध कडा कानून र सजायका लागि साहसिक अभियान सञ्चालन गरेवापत प्रतिष्ठित ‘अन्तरराष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकामा बधाई दिनुभएको छ । राष्ट्रपति भण्डारीले ट्वीट गरी खातुनले तेजाब आ’क्र’मणको असह्य पीडालाई शक्तिमा बदलेकामा प्रशंसा गर्दै सो पुरस्कार दिलाउने अमेरिकी सरकारलाई पनि धन्यवाद दिनुभएको छ ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: