दाबी गर्दै आएको नेकपा नै सर्बोच्च अदालतले खारेज गरिदिएपछि ओलि प्रचण्ड दोधारमा ।।

  • 272
    Shares

 

गत पुष 5 गते प्रतिनिधिसभा विघटन गरे लगत्तै बिभाजन भएको प्रचण्ड माधवकुमार नेपाल समूह र ओली समुहले आ आफ्नो ठाउँबाट आधिकारिक नेकपा आफु हरुको रहेको दावि गरेका थिए र उक्त बिवाद निर्वाचन आयोग हुदै सर्बोच्च अदालत सम्म पुग्यो र आज सर्बोच्च अदालतले नेकपा नै खारेज गरि दुबै पक्षले आफ्नो नयाँ नाम राख्न आदेश दिए लगत्तै दुवै पक्ष चिन्तित भएका छन।।

यस्तो भनिएको छ सर्बोच्च अदालत बाट ।।

सर्वोच्च अदालत , संयुक्त इजलास माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ माननीय न्यायाधीश श्री कुमार रेग्मी आदेश ०७५ – wo – ०५१७ मुद्दा : -उत्प्रेषण परमादेश । काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं १० कपन , नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपाको तर्फबाट अधिकार प्राप्त तत्कालिन अध्यक्ष तथा हाल निवेदक संयोजक रहेको राजनीतिक दल र आफ्नो समेतको हकमा ऋषिराम कट्टेल ………… १ विरुद्ध काठमाडौं जिल्ला का.म.न.पा. कान्तिपथ स्थित निर्वाचन आयोग १ काठमाडौं जिल्ला का.म.न.पा.वडा नं . ४ धुम्बाराही एवम् ऐ.ऐ.वडा नं . ३२ पेरिस विपक्षी डाँडामा समेत प्रधान कार्यालय रहेको नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) ……………. १ ऐ.ऐ का अध्यक्ष खड्ग प्रसाद शर्मा ओली १ ऐ.ऐ का अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड ) .१ नेपालको संविधान , २०७२ को धारा ४६ र धारा १३३ ( २ ) , ( ३ ) तथा सर्वोच्च अदालत नियमावली २०४ ९ बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ : तथ्य खण्ड । म निवेदक संयोजक रहेको नेपाल कम्युनिष्ट पार्टी दलको विधान २०६ ९ बमोजिम नाम नेपाल कम्युनिष्ट पार्टी अंग्रेजीमा Communist Party of Nepal , संक्षिप्त नेपालीमा नेकपा र अंग्रजीमा CPN रहेको राजनीतिक दल निर्वाचन आयोगको मिति २०७०।०४।२२ को निर्णय अनुसार दर्ता भएको राजनीतिक दल हो । नेपालको संविधान , २०७२ को धारा २६ ९ को प्रयोजनको लागि नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा नाममा निर्वाचन आयोगमा मिति २०७४ । ०५ । २२ को निर्णय अनुसार नेपालको संविधान २०७२ , राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम विधिवत दर्ता भएको राजनीतिक पार्टी हो ।

 

नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा दर्ता भैरहेको अवस्थामा निर्वाचन आयोगको मिति २०७५ । २ । २३ को निर्णयले नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) दर्ता नं . ३२ र नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र । दर्ता नं . ३७ बीच एकीकरण भई बनेको भनिएको राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) निर्वाचन आयोगले क्रमसंख्या १४५ मा नयाँ दल दर्ता गरेको रहेछ । १ .. निर्वाचन आयोगको मिति २०७५।०२।२३ को निर्णय , राजनीतिक दल सम्बन्धि ऐन २०७३ को दफा ५ मा दल दर्ता सम्बन्धि व्यवस्था भएको र दफा ६ ( १ ) को व्यवस्था अनुसार “ दफा ५ मा जुनसुकै कुरा लेखेको भए पनि देहायको अवस्थामा दल दर्ता हुने छैन ” भनिएको र दफा ६ ( १ ) ( ङ ) मा “ दलको नाम वा चिन्ह आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिन्हसँग मिल्ने भएमा दल दर्ता नहुने ” भन्ने व्यवस्था विपरित निवेदक दलको नामसँग मुल नाम र संक्षिप्त नाम तथा कोष्ठ भित्रको नाम समेत मिल्न गएकाले त्यस उपर राजनीतिक दल सम्बन्धि ऐनको दफा ४३ , ४४ बमोजिम निर्वाचन आयोगमा उजुरी सरहको निवेदन दिई कारवाही हुँदा निवेदकको दावी खारेज हुने भनी निर्वाचन आयोगबाट मिति २०७५।०७।० ९ मा निर्णय भएको रहेछ । १. साविकदेखि आयोगमा दर्ता कायम रहेको दलहरू मध्येबाट एकिकरण भई नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) भएको हो । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत मार्क्सवादी लेनिनवादी ) र नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) नामक दलहरू एकिकरण भई नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) नामबाट राजनीतिक दल दर्ता सम्बन्धि ऐन २०७३ को दफा १० अनुसार कानून बमोजिम एकिकरण भई दर्ता हुन आएको देखिंदा नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) को नाममा एकिकरण कायम गरी दर्ता गर्ने गरेको मिति २०७५।०२।२३ को निर्णय राजनीतिक दल सम्बन्धि ऐन २०७३ को दफा १० बमोजिम कानून सम्मत रहेको र निवेदकले दावी गरेको नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) अलग अलग नामका दल भएको हुँदा सोही ऐनको दफा ६ को उपदफा ( १ ) को खण्ड ( ङ ) अनुसार आयोगमा दर्ता कायम रहेको नामसँग मिल्ने नदेखिएकाले निवेदकको निवेदन खारेज हुने ठहर्छ भन्ने निर्वाचन आयोगको मिति २०७५ । ०७ । ० ९ गते निर्णय फैसला भएको रहेछ । 1. मुल नाम नेपाल कम्युनिष्ट पार्टी र कोष्ठ भित्र रहने नाम छुट्टै अलग्गै पार्टी हो भन्ने प्रष्टसँग खुल्ने हुनुपर्छ । मुल नाम , कोष्ठ भित्रको नाम र छोटकरीमा एउटै नाम रहेको छ । यी दुबै मुल नाम र कोष्ठभित्रको नाम एउटै भएको र दुबै नाम निवेदक पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी र संक्षिप्त नाम नेकपासँग मिलेकोले वदर गरी पाउँ भन्ने निवेदन माग भएकोमा त्यसतर्फ विचारै नगरी मिति २०७५।०२।२३ को निर्णय नेपालको संविधान २०७२ को धारा १७ ( २ ) ( ग ) , राजनीतिक दल सम्बन्धि ऐन २०७३ को दफा ६ ( १ ) ( ङ । विपरित भएकाले बदरभागी रहेको प्रष्ट छ ।

1. मिति २०७५ । ०७।० ९ को निर्वाचन आयोगको निर्णय फैसलामा उल्लेख भएका सातवटा दलहरूको मुल नाम एउटै भएको भन्ने उल्लेख भए पनि कोष्ठ भित्रका छुट्टा छुट्टै दल हुन् भन्ने नाम र अर्थ खुल्ने पहिचान राखिएको छ । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत मार्क्सवादी लेनिनवादी ) , नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र को कोष्ठ भित्रको अर्थ अलग अलग भन्ने देखिन्छ । जसबाट प्रत्येक दलका मुलनाम एउटै भए पनि अलग अलग दल हुन भन्ने पहिचान रहेको पाइन्छ तर विपक्षी दलको मुल नामको संक्षिप्त नाम नै कोष्ठ भित्रको नाम रहेको छ । अर्थात मुलनाम र कोष्ठभित्रको नाम एउटै छ । निवेदक पार्टी नेपाल कम्युनिष्ट पार्टी पुरा नाम र संक्षिप्त नाम नेकपा र विपक्षी पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) सँग हुबहु मिल्न गएकोले निर्वाचन आयोगको निर्णय फैसला राजनीतिक दल सम्बन्धि ऐन २०७३ को दफा ६ ( १ ) ( ङ ) विपरित भै गलत र दुषित मनसायले न्यायिक मनको प्रयोग नगरी गलत व्याख्या भएको प्रष्ट छ । । दुइवटा छुट्टा छुट्टै नाम र पहिचान भएका दल आपसमा एकिकरण भएका दल , एक दल अर्को दलमा गाभिएको नभई नयाँ नाम राखिआएको छ । राजनीतिक दल सम्बन्धि ऐन , २०७३ को दफा १० मा “ दफा ४ बमोजिम दर्ता भएका दल दुइ वा दुईभन्दा बढी दलहरू एक आपसमा सम्झौता गरी एकीकरण हुन वा गाभिन सक्नेछ ” भन्ने व्यवस्था छ । यसै दफा १० को उपदफा ( ३ ) मा “ उपदफा २ बमोजिम निवेदनमा त्यस्ता दलहरूमध्ये कुनै दलका नाममा गाभिने वा नयाँ नाम एकिकरण हुने कुरासमेत खुलाउनु पर्नेछ भन्ने व्यवस्था अनुसार तत्कालिन नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) साविक नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत मार्क्सवादी लेनिनवादी ) मा गाभिएको नभई दुबै दलका नाम दर्ता खारेज भई नयाँ नाममा एकीकरण भई दर्ता नम्बर १४५ कायम भएको छ । नेपालको संविधान २०७२ को धारा १७ ( २ ) ( ग ) बमोजिम राजनीतिक दल खोल्ने स्वतन्त्रता , तथा राजनीतिक दल सम्बन्धि ऐन २०७३ को दफा ९ मा दफा ४ बमोजिम दर्ता भएको दलको नाम , झण्डा र चिन्ह कसैले प्रयोग गर्न नपाउने गरी संरक्षण गरिने छ भन्ने समेतको व्यवस्था विपरित निर्वाचन आयोगबाट निर्णय भएको छ । नेपालको संविधान २०७२ को धारा २७० बमोजिम प्रत्यक्ष रूपमा राजनीतिक दलहरूलाई प्रतिबन्ध लगाउन नमिल्ने भएकाले विपक्षी निर्वाचन आयोग , विपक्षी सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ने क पा ) साविक कै रूपमा दर्ता रहेको नेपाल कम्युनिष्ट पार्टीलाई अप्रत्यक्षरूपमा प्रतिबन्ध लगाउने बदनियतपूर्वक कलुषित मनसायले मुल नाम पनि नेपाल कम्युनिष्ट पार्टी र कोष्ठ भित्र पनि छोटकरीमा सोही नाम ( ने क पा ) राखेको छ । म निवेदक संयोजक रहेको नेपाल कम्युनिष्ट पार्टीले नेपालको संविधानको धारा २६ ९ ( ३ ) बमोजिम दल दर्ता गर्दा दलको विधान पनि अनिवार्य रुपमा पेश गर्नु पर्ने भएकाले पेश गरेको छु । उक्त पेश गरिएको विधानमा आफ्नो पार्टीको नाम संक्षिप्तमा नेकपा भनिनेछ भनी प्रष्ट उल्लेख भएको छ र सोही अनुसार दल दर्ता भएको हुँदा निवेदक पार्टीको मुल नाम

 

1 . . संक्षिप्त दुबै नाम एकै राखी विपक्षी पार्टीले कोष्ठ भित्र संक्षिप्त नाम राखेबाट अलग अलग दल हुन भन्ने नदेखिई फरक पहिचान कहि कतैबाट देखिदैन । यसरी मुल नाम र संक्षिप्त नाम र कोष्ठ भित्र राखेको विपक्षीको छोटकरी नामको पुरा नामको उच्चारण गर्दा एउटै नाम देखिएको प्रष्ट छ । कुनै पनि नामको अर्थ र त्यसको उद्देश्यसमेत देखिने हुँदा पुर्ववत दर्ता रहेकै निवेदक दल र हाल आएर एकीकरण भएको दलको नाम एउटै देखिएको प्रष्ट छ । म निवेदक संयोजक रहेको नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा र म आफ्नो समेतका संवैधानिक एवं कानूनी हकको गम्भिररूपमा हनन भएकाले विपक्षी निर्वाचन आयोगबाट विपक्षी नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) दर्ता गरेको मिति २०७४।०२।२३ को निर्णय आदेशलाई सदर गर्ने गरेको आयोगको मिति २०७४।०७।० ९ गतेको निर्णय फैसला नेपालको संविधान , २०७२ को धारा १७ ( १ ) र १७ ( २ ) ( ग ) धारा २७० , राजनीतिक दल सम्बन्धि ऐन २०७३ को दफा ४,५,६ ( १ ) ( ङ ) , ९ , १० विपरित भएकोले निर्वाचन आयोगको २०७५।०७।० ९ को निर्णय फैसला उत्प्रेषणको आदेशले बदर गरी परमादेश लगायत जो चाहिने आज्ञा आदेश जारी गरिपाउँ भन्ने समेत बेहोराको नेपाल कम्युनिष्ट पार्टी र आफ्नो हकमा समेत ऋषिराम कट्टेलको तर्फबाट पर्न आएको रिट निवेदन पत्र । यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कुनै कारण भए बाटाका म्याद बाहेक १५ दिन भित्र विपक्षी निर्वाचन आयोगकोहकमा महान्यायाधिवक्ताको कार्यालय मार्फत र अन्य विपक्षीको हकमा आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्ने भनि विपक्षीहरुको नाउँमा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि व्यतित भएपछि नियमानुसार पेश गर्ने भनि यस अदालतबाट मिति २०७५।०८।२४ मा भएको आदेश । २०६४ सालमा भएको संविधानसभा सदस्य निर्वाचनमा दर्ता भएका ६० राजनीतिक दलमध्ये ८ दल , अर्को संविधानसभा सदस्य निर्वाचन २०७० मा दर्ता भएका १४३ दलमध्ये ७ दल मूल नाम नेपाल कम्युनिष्ट पार्टी उल्लेख गरी कोष्ठभित्र अन्य पहिचान खुलाई दर्ता भएका थिए । साथै नेपालको संविधानको धारा २६ ९ बमोजिम साविकमा दलको रुपमा आयोगमा दर्ता भएका दललाई संविधान बमोजिम दर्ता हुनका लागि सूचना प्रकाशन गरिएको थियो । उक्त सूचना बमोजिम दर्ता भएका दलमध्ये नेपाल कम्युनिष्ट पार्टी ( माले ) , नेपाल कम्युनिष्ट पार्टी ( मार्क्सवादी ) , नेपाल कम्युनिष्ट पार्टी , नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत मार्क्सवादी लेनिनवादी ) , नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) , नेपाल कम्युनिष्ट पार्टी राष्ट्रवादी , नेपाल कम्युनिष्ट पार्टी ( संयुक्त ) गरी जम्मा ७ राजनीतिक दल साविकदेखि मूल नाम नेपाल कम्युनिष्ट पार्टी उल्लेख गरी कोष्ठभित्र अन्य पहिचान खुलाई दल दर्ता भएको देखिन्छ । राजनीतिक दल सम्बन्धी ऐन , २०७३ प्रारम्भ भएपछि ऐ . ऐनको दफा ४ को उपदफा ( २ ) मा ऐन प्रारम्भ हुँदाका बखत दर्ता कायम रहेका दल दर्ता हुनुपर्ने छैन ।।

 

त्यस्तो दल यसै ऐन बमोजिम दर्ता भएको मानिनेछ भन्ने कानूनी व्यवस्था रहेको छ । साविकदेखि निर्वाचन आयोगमा दर्ता कायम रहेका तत्कालिन नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत मार्क्सवादी लेनिनवादी ) र नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) नामका दलहरु नयाँ दर्ता भएका दल नभई निर्वाचन आयोगबाट संविधानको धारा २६ ९ को उपधारा ( १ ) , ( २ ) , ( ३ ) , ( ४ ) र ( ५ ) बमोजिमका शर्त र कार्यविधिहरु तथा राजनीतिक दल सम्बन्धी ऐन , २०७३ को दफा १० बमोजिमका सबै प्रक्रियाहरु पूरा गरी दर्ता भएका राजनीतिक दलहरु हुन । ऐनको दफा १० को उपदफा ( १ ) मा दफा ४ बमोजिम दर्ता भएका दुइ वा दुइ भन्दा बढी दलहरु एक आपसमा सम्झौता गरी एकीकरण हुन सक्ने व्यवस्था अनुरुप यस आयोगबाट आवश्यक जाँचबुझ गरी यो ऐन र यस ऐन बमोजिमका कार्यविधि र शर्तहरु पूरा भएको देखिएकोले नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत मार्क्सवादी लेनिनवादी ) र नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) लाई एकीकरण गरी नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) दर्ता कायम गरी दलले माग गरेको चिन्ह र झण्डा प्रदान गरिएको हो । नेपालको संविधानको धारा २६ ९ मा समान राजनीतिक विचारधारा , दर्शन र कार्यक्रममा प्रतिबद्धव्यक्तिहरुले धारा १७ को उपधारा ( २ ) को खण्ड ( ग ) अन्तर्गत बनेको कानूनको अधिनमा रही राजनीतिक दलको गठन , दर्ता र सञ्चालन गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ । जहाँसम्म राजनीतिक दल सम्बन्धी ऐन , २०७३ को दफा ६ ( १ ) को खण्ड ( ङ ) बमोजिम दलको नाम वा चिन्ह आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिन्ह मिल्ने भएमा आयोगमा दर्ता हुन नसक्ने भन्ने जिकिर लिएको सम्बन्धमा रिट निवेदकको राजनीतिक दलको नाम नेपाल कम्युनिष्ट पार्टी रहेको । एकीकरण भई बनेको दल नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) हो । कोष्ठभित्र रहेको ( ने क पा ) छुट्टै पहिचान खुल्ने आधार हो । २०६४ र २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा र नेपालको संविधानको धारा २६ ९ र राजनीतिक दल सम्बन्धी ऐन , २०७३ बमोजिम दर्ता भई समान राजनीतिक विचारधारा , दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिहरु निरन्तर क्रियाशील रहेका र यी राजनीतिक दल एउटै नभई फरक फरक भएकाले आयोगले एकीकरण गर्ने गरी निर्णय गरेको हो । अतः उल्लिखित आधार कारणबाट रिट निवेदन खारेज भागी हुँदा खारेज गरी पाउँन सादर अनुरोध गर्दछु भन्ने समेत बेहोराको निर्वाचन आयोगको तर्फबाट ऐ.का नि.सचिव शंकर प्रसाद खरेलको यस अदालतमा पेश हुन आएको लिखित जवाफ । निर्वाचन आयोगमा दर्ता रहेको साविक नेपाल कम्यूनिष्ट पार्टी ( एमाले ) र नेपाल कम्यूनिष्ट पार्टी ( माओवादी केन्द्र ) समेत २ वटा दलहरु एकिकरण गरी हाम्रो राजनीतिक दल नेपाल कम्यूनिष्ट पार्टी ( ने क पा ) हुने गरी निर्वाचन आयोगले प.सं.रा.द .३.२.३०२२ मिति २०७५ । २ । २३ मा दल दर्ता गरी हामीलाई जानकारी गराए बमोजिम यस राजनीतिक दल क्रियाशिल रुपमा कार्यरत रही प्रतिनिधि सभामा बहुमत प्राप्त दलको रुपमा कार्यरत रही आएको छ । एकिकरण पूर्व पनि निर्वाचन आयोगमा दर्ता रहेका नेपाल कम्यूनिष्ट पार्टी ( एमाले ) र नेपाल कम्यूनिष्ट पार्टी ( माओवादी केन्द्र ) समेत २ वटा दलहरुको नाम कोष्ठमा उल्लेख बाहेक एउटै नाम रहे भएको अवस्थामा विपक्षीको राजनीतिक दलको नाम जे सुकै भएता पनि कोष्ठमा सहीत हाम्रो दलको नाम नेपाल कम्यूनिष्ट पार्टी ( ने क पा ) रहेको अवस्थामा नाम जुधेको भन्न मिल्दैन । निर्वाचन आयोगमा हाम्रो दल एकिकरण हुनु भन्दा अगाडी कायम रहेका नेपाल कम्यूनिष्ट पार्टी ( एमाले ) , नेपाल कम्यूनिष्ट पार्टी ( माओवादी केन्द्र ) , नेपाल कम्यूनिष्ट पार्टी ( माक्सवादी – लेनिनबादी ) , नेपाल कम्यूनिष्ट पार्टी ( संयुक्त ) , नेपाल कम्यूनिट पार्टी ( मालेमा ) साम्यवादी , नेपाल कम्यूनिष्ट पार्टी ( माले – समाजबादी ) समेतका दलहरु निर्वाचन आयोगमा दर्ता रही हामी साविक २ दलहरु बाहेक अन्य दलहरु क्रियाशिल रहेको अवस्थामा हाम्रो दलको नाम कोष्ठमा अन्य कुनै दलको नभएकोलेविपक्षीको राजनीतिक दलको नाम भन्दा पृथक र भिन्न रहेको अवस्थामा नाम जुधेको भन्न मिल्दैन । रिट निवेदक ऋषिराम कट्टेलको दल नेपाल कम्यूनिष्ट पार्टी भएको र संक्षिप्तमा नेकपा भनी विपक्षीले रिट निवेदनमा उल्लेख गर्नु भएकोमा निजको पार्टीको नाम नेपाल कम्यूनिष्ट पार्टी मात्र रही कोष्ठमा केही पनि नरहे नभएकोबाट निजको पार्टीको नाम नेपाल कम्यूनिष्ट पार्टी मात्र भएको तर हामो दलको नाम नेपाल कम्यूनिष्ट पार्टी ( ने क पा ) हुने गरी दल दर्ता भएकोले यसरी दर्ता भएको दलका विरुद्धमा विपक्षी रिट निवेदकले निर्वाचन आयोगमा उजुरी गरी उक्त आयोगले दुबै पक्षको सुनुवाई सम्पन्न गरी मिति २०७५।०७।० ९ मा निर्णय फैसला टिप्पणी सदर गरी हाम्रो राजनीतिक दलको नाम विपक्षी रिट निवेदकको नामसँग नमिल्ने र अलग राजनीतिक दलको रुपमा रहेको भनी निर्णय फैसला गरी हामीलाई मिति २०७५ । ०२ । २३ मा प्रदान गरेको दल दर्ता भएको पत्रलाई कायम गरेको अवस्था हुँदा प्रस्तुत रिट निवेदनको औचित्य छैन खारेज गरी पाउँ । यस दलको अन्तरिम विधान २०७५ को धारा २ मा पार्टीको नाम नेपाल कम्यूनिष्ट पार्टी ( ने क पा ) रहनेछ भनीएको छ । संक्षिप्तमा नेकपा भनीने र अंग्रेजिमा Nepal Communist Party ( NCP ) र संक्षिप्तमा NCP भनीनेछ भनी स्पष्ट रुपमा उल्लेख भएको छ । विपक्षीले आफ्नो रिट निवेदनको प्रकरण १ मा उल्लेख गरेको निजको दलको नाम नेपाल कम्यूनिष्ट पार्टी र अंग्रेजीमा Communist Party of Nepal भनी उल्लेख गर्नु भएको छ । त्यसकारणले पनि निजको पार्टीको नाम र हाम्रो पार्टीको नाम मिल्ने अवस्था देखिदैन । यस्तो अवस्थामा नाम जुधेको वा नाम मिल्ने भनी भन्न मिल्दैन । नेपालको संविधानको धारा १७ ( २ ) ( ग ) र राजनीतिक दल सम्बन्धि ऐन , २०७३ को दफा ५ दफा ६ ( १ ) ( ङ ) विपरित भनी विपक्षीले भन्दैमा हुने होइन । हाम्रो दल हाल सरकारमा रहेको अवस्थामा त्यसको प्रभावले गैह्र कानूनी क्रियाकलाप बढेको भन्ने विपक्षीको प्रकरण ४ ( ङ ) को जिकिर झुट्टा हो । निवेदक राजनीतिक दलको अस्तित्व मेटाउने कार्य हामीबाट भएको छैन । हाम्रो र विपक्षीको जस्तै अन्य राजनीतिक दलहरु पनि रहेको कुरा हामीले प्रकरण २ ( ख ) मा उल्लेख गरिसकेका छौं । यस्तो अवस्थामा रिट निवेदकको राजनीतिक दललाई अन्यथा भएको छ भन्न मिल्दैन ।

 

14 . जहाँसम्म हाम्रो दलको नाम नेपाल कम्यूनिष्ट पाटी ( ने क पा ) नाम र कोष्ठमा एउटै भएको भन्ने प्रश्न छ , यसमा नाम र कोष्ठ एउटै भन्न मिल्दैन । नाम तीनवटा शब्दहरु रहेको तर कोष्ठमा तीनवटा अक्षर मात्र रहेको तथा यस्ता दलहरु निर्वाचन आयोगमा दर्ता नै रहिरहेको अवस्थामा अन्यथा अर्थ लगाई दायर भएको रिट निवेदन खारेजभागीछ । अतः उपरोक्त आधार कारण प्रमाणहरु समेतको आधारमा विपक्षीको रिट निवेदक खारेज गरी पाउँ भन्ने समेत बेहोराको का.जि.का.म.न.पा.वडा नं . ४ धुम्बाराही र वडा नं . ३२ पेरिस डाँडा स्थित नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) को केन्द्रिय अध्यक्ष के.पी. शर्मा ( ओली ) र अध्यक्ष पुष्प कमल दाहालको यस अदालतमा पेश हुन आएको लिखित जवाफ । निर्वाचन आयोगमा दर्ता रहेको साविक नेपाल कम्यूनिष्ट पार्टी ( एमाले ) र नेपाल कम्यूनिष्ट पार्टी ( माओवादी केन्द्र ) समेत २ वटा दलहरु एकिकरण गरी हाम्रो राजनीतिक दल नेपाल कम्यूनिष्ट पाटी ( ने क पा ) हुने गरी निर्वाचन आयोगले प.सं.रा.द .३.२.३०२२ मिति २०७५ । २ । २३ मा दल दर्ता गरी हामीलाई जानकारी गराए बमोजिम यस राजनीतिक दल क्रियाशिल रुपमा कार्यरत रही प्रतिनिधि सभामा बहुमत प्राप्त दलको रुपमा कार्यरत रही आएको छ । एकिकरण पुर्व पनि निर्वाचन आयोगमा दर्ता रहेका नेपाल कम्यूनिष्ट पार्टी ( एमाले ) र नेपाल कम्यूनिष्ट पार्टी ( माओवादी केन्द्र ) समेत २ वटा दलहरुको नाम कोष्ठमा उल्लेख बाहेक एउटै नाम रहे भएको अवस्थामा विपक्षीको राजनीतिक दलको नाम जे सुकै भएता पनि कोष्ठमा सहीत हाम्रो दलको नाम नेपाल कम्यूनिष्ट पार्टी ( ने क पा ) रहेको अवस्थामा नाम जुधेको भन्न मिल्दैन । रिट निवेदक ऋषिराम कट्टेलको दल नेपाल कम्यूनिष्ट पार्टी भएको र संक्षिप्तमा नेकपा भनी विपक्षीले रिट निवेदनमा उल्लेख गर्नु भएकोमा निजको पार्टीको नाम नेपाल कम्यूनिष्ट पार्टी रही कोष्ठमा केही पनि नरहे नभएको अवस्थामा निजको पार्टीको नाम नै नेपाल कम्युनिष्ट पार्टी मात्र भएको , हाम्रो दलको नाम नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) हुने गरी दल दर्ता भएकोले यसरी दर्ता भएको दलका विरुद्धमा विपक्षी रिट निवेदकले निर्वाचन आयोगमा उजुरी गरी उक्त आयोगले दुबै पक्षको सुनुवाई सम्पन्न गरी मिति २०७५।०७।० ९ मा निर्णय फैसला टिप्पणी सदर गरी हाम्रो राजनीतिक दलको नाम विपक्षी रिट निवेदकको नामसँग नमिल्ने र अलग राजनीतिक दलको रुपमा रहेको भनी निर्णय फैसला गरी हामीलाई मिति २०७५।०२।२३ मा प्रदान गरेको दल दर्ता भएको पत्रलाई कायम गरेको अवस्थामा प्रस्तुत रिट निवेदनको औचित्य छैन खारेज गरी पाउँ । यस दलको अन्तरिम विधान २०७५ को धारा २ मा पार्टीको नाम नेपाल कम्यूनिष्ट पार्टी ( ने क पा ) रहनेछ भनीएको छ । संक्षिप्तमा नेकपा भनीने र अंग्रेजिमा Nepal Communist Party ( NCP ) र संक्षिप्तमा NCP भनिनेछ भनी स्पष्ट रुपमा उल्लेख भएको छ । विपक्षीले आफ्नो रिट निवेदनको प्रकरण १ मा उल्लेख गरेको निजको दलको नाम नेपाल कम्यूनिष्ट पार्टी र अंग्रेजीमा Communist Party of Nepal भनी उल्लेख गर्नु भएको छ । त्यसकारणले पनि निजको पार्टीको नाम र हाम्रो पार्टीको नाम मिल्ने अवस्था देखिदैन । यस्तो अवस्थामा 16 . नाम जुधेको वा नाम मिल्ने भनी भन्न मिल्दैन । नेपालको संविधानको धारा १७ ( २ ) ( ग ) र राजनीतिक दल सम्बन्धि ऐन २०७३ को दफा ५ दफा ६ ( १ ) ( ङ ) विपरित भएको भनी विपक्षीले भन्दैमा हुने होइन । निवेदक राजनीतिक दलको अस्तित्व मेटाउने कार्य हामीबाट भएको छैन । हाम्रो र विपक्षीको जस्तै अन्य राजनीतिक दलहरु पनि रहेको कुरा हामीले प्रकरण २ ( ख ) मा उल्लेख गरिसकेका छौं । यस्तो अवस्थामा रिट निवेदकको राजनीतिक दललाई अन्यथा भएको छ भन्न मिल्दैन । जहाँसम्म हाम्रो दलको नाम नेपाल कम्यूनिष्ट पाटी ( ने क पा ) नाम र कोष्ठमा एउटै भएको भन्ने प्रश्न छ यसमा नाम र कोष्ठ एउटै भन्न मिल्दैन । नाम तीनवटा शब्दहरु रहेको तर कोष्ठमा तीनवटा अक्षर मात्र रहेको तथा यस्ता दलहरु निर्वाचन आयोगमा दर्ता नै रहिरहेको अवस्थामा अन्यथा अर्थ लगाई दायर भएको रिट निवेदन खारेज भागी छ । अतः उपरोक्त आधार कारण प्रमाणहरु समेतको आधारमा विपक्षीको रिट निवेदक खारेज गरी पाउँ भन्ने समेत बेहोराको का.जि.का.म.न.पा.वडा नं . ४ धुम्बाराही र वडा नं . ३२ पेरिस डाँडा स्थित नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) को अख्तियार प्राप्त व्यक्ति ऐ.का केन्द्रिय सदस्य कृष्ण गोपाल श्रेष्ठकोतर्फबाट यस अदालतमा पेश हुन आएको लिखित जवाफ । यसमा नेपाल कम्युनिस्ट पार्टी ( ने क पा ) दर्ता गरे उपर निवेदकले दिएको उजुरीलाई खारेज गर्ने गरी निर्वाचन आयोग कान्तिपथ काठमाडौबाट मिति २०७५ । ०७।० ९ को फाइल झिकाउने भन्ने यस अदालतको मिति २०७६ । ०३।१६ को आदेश अनुसार मिसिल प्राप्त भएको रहेछ । अदालतको ठहर ॥. नियमबमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ पेश हुनआएको प्रस्तुत मिसिल अध्ययन गरी निवेदक तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री दण्डपाणी पौडेल र श्री कुमार प्रसाद आचार्यले तथा निर्वाचन आयोगको तर्फबाट उपस्थित विद्वान नायब महान्यायाधिवक्ता श्री पदमराज पाण्डेय , विपक्षी दलको तर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुक्तिनारायण प्रधान , विद्वान अधिवक्ताहरु श्री रमेश बडाल , श्री रुद्र प्रसाद नेपाल , श्री केदार प्रसाद कोईराला , श्री भक्तिराम घिमिरे र श्री राजाराम घिमिरे समेतले आ – आफ्नो पक्षको तर्फबाट गर्नुभएको बहससमेत सुनियो । निवेदक तर्फका विद्वान अधिवक्ताहरुले आफ्नो पक्षको रिट निवेदन मागदाबीलाई समर्थन गर्दै नेपाल कम्युनिष्ट पार्टी दलको विधान बमोजिम नाम नेपाल कम्युनिष्ट पार्टी अंग्रेजीमा “ Communist Party of Nepal ” संक्षिप्त नाम नेकपा र अंग्रेजीमा “ CPN ” रहि निर्वाचन आयोगको निर्णय अनुसार विधीवत दर्ता भएकोमा नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) र नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) बिच एकिकरण भै नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) नयाँ दल दर्ता हुँदा “ दलको नाम वा चिन्ह आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिन्हसँग मिल्ने।।

 

14 . जहाँसम्म हाम्रो दलको नाम नेपाल कम्यूनिष्ट पाटी ( ने क पा ) नाम र कोष्ठमा एउटै भएको भन्ने प्रश्न छ , यसमा नाम र कोष्ठ एउटै भन्न मिल्दैन । नाम तीनवटा शब्दहरु रहेको तर कोष्ठमा तीनवटा अक्षर मात्र रहेको तथा यस्ता दलहरु निर्वाचन आयोगमा दर्ता नै रहिरहेको अवस्थामा अन्यथा अर्थ लगाई दायर भएको रिट निवेदन खारेजभागीछ । अतः उपरोक्त आधार कारण प्रमाणहरु समेतको आधारमा विपक्षीको रिट निवेदक खारेज गरी पाउँ भन्ने समेत बेहोराको का.जि.का.म.न.पा.वडा नं . ४ धुम्बाराही र वडा नं . ३२ पेरिस डाँडा स्थित नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) को केन्द्रिय अध्यक्ष के.पी. शर्मा ( ओली ) र अध्यक्ष पुष्प कमल दाहालको यस अदालतमा पेश हुन आएको लिखित जवाफ । निर्वाचन आयोगमा दर्ता रहेको साविक नेपाल कम्यूनिष्ट पार्टी ( एमाले ) र नेपाल कम्यूनिष्ट पार्टी ( माओवादी केन्द्र ) समेत २ वटा दलहरु एकिकरण गरी हाम्रो राजनीतिक दल नेपाल कम्यूनिष्ट पाटी ( ने क पा ) हुने गरी निर्वाचन आयोगले प.सं.रा.द .३.२.३०२२ मिति २०७५ । २ । २३ मा दल दर्ता गरी हामीलाई जानकारी गराए बमोजिम यस राजनीतिक दल क्रियाशिल रुपमा कार्यरत रही प्रतिनिधि सभामा बहुमत प्राप्त दलको रुपमा कार्यरत रही आएको छ । एकिकरण पुर्व पनि निर्वाचन आयोगमा दर्ता रहेका नेपाल कम्यूनिष्ट पार्टी ( एमाले ) र नेपाल कम्यूनिष्ट पार्टी ( माओवादी केन्द्र ) समेत २ वटा दलहरुको नाम कोष्ठमा उल्लेख बाहेक एउटै नाम रहे भएको अवस्थामा विपक्षीको राजनीतिक दलको नाम जे सुकै भएता पनि कोष्ठमा सहीत हाम्रो दलको नाम नेपाल कम्यूनिष्ट पार्टी ( ने क पा ) रहेको अवस्थामा नाम जुधेको भन्न मिल्दैन । रिट निवेदक ऋषिराम कट्टेलको दल नेपाल कम्यूनिष्ट पार्टी भएको र संक्षिप्तमा नेकपा भनी विपक्षीले रिट निवेदनमा उल्लेख गर्नु भएकोमा निजको पार्टीको नाम नेपाल कम्यूनिष्ट पार्टी रही कोष्ठमा केही पनि नरहे नभएको अवस्थामा निजको पार्टीको नाम नै नेपाल कम्युनिष्ट पार्टी मात्र भएको , हाम्रो दलको नाम नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) हुने गरी दल दर्ता भएकोले यसरी दर्ता भएको दलका विरुद्धमा विपक्षी रिट निवेदकले निर्वाचन आयोगमा उजुरी गरी उक्त आयोगले दुबै पक्षको सुनुवाई सम्पन्न गरी मिति २०७५।०७।० ९ मा निर्णय फैसला टिप्पणी सदर गरी हाम्रो राजनीतिक दलको नाम विपक्षी रिट निवेदकको नामसँग नमिल्ने र अलग राजनीतिक दलको रुपमा रहेको भनी निर्णय फैसला गरी हामीलाई मिति २०७५।०२।२३ मा प्रदान गरेको दल दर्ता भएको पत्रलाई कायम गरेको अवस्थामा प्रस्तुत रिट निवेदनको औचित्य छैन खारेज गरी पाउँ । यस दलको अन्तरिम विधान २०७५ को धारा २ मा पार्टीको नाम नेपाल कम्यूनिष्ट पार्टी ( ने क पा ) रहनेछ भनीएको छ । संक्षिप्तमा नेकपा भनीने र अंग्रेजिमा Nepal Communist Party ( NCP ) र संक्षिप्तमा NCP भनिनेछ भनी स्पष्ट रुपमा उल्लेख भएको छ । विपक्षीले आफ्नो रिट निवेदनको प्रकरण १ मा उल्लेख गरेको निजको दलको नाम नेपाल कम्यूनिष्ट पार्टी र अंग्रेजीमा Communist Party of Nepal भनी उल्लेख गर्नु भएको छ । त्यसकारणले पनि निजको पार्टीको नाम र हाम्रो पार्टीको नाम मिल्ने अवस्था देखिदैन । यस्तो अवस्थामा 16 . नाम जुधेको वा नाम मिल्ने भनी भन्न मिल्दैन । नेपालको संविधानको धारा १७ ( २ ) ( ग ) र राजनीतिक दल सम्बन्धि ऐन २०७३ को दफा ५ दफा ६ ( १ ) ( ङ ) विपरित भएको भनी विपक्षीले भन्दैमा हुने होइन । निवेदक राजनीतिक दलको अस्तित्व मेटाउने कार्य हामीबाट भएको छैन । हाम्रो र विपक्षीको जस्तै अन्य राजनीतिक दलहरु पनि रहेको कुरा हामीले प्रकरण २ ( ख ) मा उल्लेख गरिसकेका छौं । यस्तो अवस्थामा रिट निवेदकको राजनीतिक दललाई अन्यथा भएको छ भन्न मिल्दैन । जहाँसम्म हाम्रो दलको नाम नेपाल कम्यूनिष्ट पाटी ( ने क पा ) नाम र कोष्ठमा एउटै भएको भन्ने प्रश्न छ यसमा नाम र कोष्ठ एउटै भन्न मिल्दैन । नाम तीनवटा शब्दहरु रहेको तर कोष्ठमा तीनवटा अक्षर मात्र रहेको तथा यस्ता दलहरु निर्वाचन आयोगमा दर्ता नै रहिरहेको अवस्थामा अन्यथा अर्थ लगाई दायर भएको रिट निवेदन खारेज भागी छ । अतः उपरोक्त आधार कारण प्रमाणहरु समेतको आधारमा विपक्षीको रिट निवेदक खारेज गरी पाउँ भन्ने समेत बेहोराको का.जि.का.म.न.पा.वडा नं . ४ धुम्बाराही र वडा नं . ३२ पेरिस डाँडा स्थित नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) को अख्तियार प्राप्त व्यक्ति ऐ.का केन्द्रिय सदस्य कृष्ण गोपाल श्रेष्ठकोतर्फबाट यस अदालतमा पेश हुन आएको लिखित जवाफ । यसमा नेपाल कम्युनिस्ट पार्टी ( ने क पा ) दर्ता गरे उपर निवेदकले दिएको उजुरीलाई खारेज गर्ने गरी निर्वाचन आयोग कान्तिपथ काठमाडौबाट मिति २०७५ । ०७।० ९ को फाइल झिकाउने भन्ने यस अदालतको मिति २०७६ । ०३।१६ को आदेश अनुसार मिसिल प्राप्त भएको रहेछ । अदालतको ठहर ॥. नियमबमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ पेश हुनआएको प्रस्तुत मिसिल अध्ययन गरी निवेदक तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री दण्डपाणी पौडेल र श्री कुमार प्रसाद आचार्यले तथा निर्वाचन आयोगको तर्फबाट उपस्थित विद्वान नायब महान्यायाधिवक्ता श्री पदमराज पाण्डेय , विपक्षी दलको तर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुक्तिनारायण प्रधान , विद्वान अधिवक्ताहरु श्री रमेश बडाल , श्री रुद्र प्रसाद नेपाल , श्री केदार प्रसाद कोईराला , श्री भक्तिराम घिमिरे र श्री राजाराम घिमिरे समेतले आ – आफ्नो पक्षको तर्फबाट गर्नुभएको बहससमेत सुनियो । निवेदक तर्फका विद्वान अधिवक्ताहरुले आफ्नो पक्षको रिट निवेदन मागदाबीलाई समर्थन गर्दै नेपाल कम्युनिष्ट पार्टी दलको विधान बमोजिम नाम नेपाल कम्युनिष्ट पार्टी अंग्रेजीमा “ Communist Party of Nepal ” संक्षिप्त नाम नेकपा र अंग्रेजीमा “ CPN ” रहि निर्वाचन आयोगको निर्णय अनुसार विधीवत दर्ता भएकोमा नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) र नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) बिच एकिकरण भै नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) नयाँ दल दर्ता हुँदा “ दलको नाम वा चिन्ह आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिन्हसँग मिल्ने19 . भएमा दल दर्ता नहुने ” राजनीतिक दल सम्बन्धि ऐन , २०७३ को दफा ६ ( १ ) ( ङ ) को कानूनी प्रावधान हुँदाहुँदै त्यसतर्फ विचारै नगरि हामीले दिएको उजूरी दाबी नपुग्ने भनि निर्वाचन आयोगबाट निर्णय फैसला भएकोले सो निर्णय फैसला उत्प्रेषणको आदेशले बदर गरि परमादेशलगायत जो चाहिने आज्ञा आदेश जारि होस भनि बहस प्रस्तुत गर्नुभयो भने विपक्षी दलको तर्फबाट बहसमा उपस्थित विद्वान वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरुले दल दर्ता हुँदा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) रहने भनिएको र संक्षिप्तमा नेकपा भनिने अनि अंग्रेजीमा ” Nepal Communist Party ( NCP ) र संक्षिप्तमा ” NCP भनिने भनि स्पष्ट उल्लेख भएको अवस्थाले पार्टीको नाम मिल्ने देखिदैन । त्यसैले नाम जुधेको वा मिलेको भन्न नमिल्नुको साथै हाम्रो दलको नाम नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) नाम र कोष्ठ रहेकोले एउटै भन्न मिल्दैन । त्यसैले हाम्रो राजनीतिक दलको नाम विपक्षी रिट निवेदकको दलको नामसँग नमिल्ने र अलग राजनीतिक दलको रुपमा रहेकोले रिट निवेदनको औचित्य नै नहुँदा खारेज गरिपाऊँ भन्ने तथा निर्वाचन आयोगको तर्फबाट बहसमा उपस्थित विद्वान नायब महान्यायाधिवक्ताले कोष्ठ भित्र रहेको ( ने क पा ) छुट्टै पहिचान खुल्ने आधार भएको र राजनीतिक विचारधारा , दर्शन र कार्यक्रममा प्रतिवद्ध भै निर्वाचनमा भाग लिई क्रियाशिल रहेको पार्टी हुँदा आयोगबाट एकीकरण गर्ने निर्णय भएकोले रिट निवेदन खारेजभागी हुँदा खारेज होस भनि आ – आफ्नो बहस प्रस्तुत गर्नुभयो । आ – आफ्नो पक्षको तर्फबाट विद्वानहरुले प्रस्तुत गर्नुभएको उल्लेखित बहसजिकिर समेत सुनी मिसिल कागजात समेत अध्ययन गरी निर्णयतर्फ विचार गर्दा निवेदकले माग गरे जस्तो निवेदक दलको नामसँग मिल्ने गरी आयोगमा पछि अर्को दल दर्ता भएको छ छैन , निर्वाचन आयोगबाट दलदर्ता गर्ने गरिएको निर्णय कानूनी प्रावधान अनुसार भएको देखिन्छ वा देखिदैन भन्ने सम्बन्धमा प्रस्तुत मिसिलबाट निर्णयमा पुग्नुपर्ने देखिन आएको छ । अब दल दर्ता सम्बन्धमा भएको संवैधानिक र कानूनी व्यवस्थालाई हेर्ने हो भने नेपालको संविधानको भाग २ ९ मा राजनीतिक दल सम्बन्धी व्यवस्था गरि धारा २६ ९ मा राजनीतिक दलको गठन , दर्ता र सञ्चालन सम्बन्धमा व्यवस्था गर्दै समान राजनीतिक विचारधारा , दर्शन र कार्यक्रममा प्रतिवद्ध व्यक्तिहरुले धारा १७ को उपधारा ( २ ) को खण्ड ( ग ) अन्तर्गत बनेको कानूनको अधीनमा रही राजनीतिक दल गठन गरी सञ्चालन गर्न र दलको विचारधारा दर्शन र कार्यक्रमप्रति जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्नको लागि त्यसको प्रचार प्रसार गर्न गराउन वा सो प्रयोजनको लागि अन्य आवश्यक काम गर्न सक्ने छन् भन्ने व्यवस्था गरिएको पाईन्छ । सो धारामा प्रयुक्त धारा १७ को उपधारा ( २ ) को खण्ड ( ग ) लाई हेर्दा राजनीतिक दल खोल्ने स्वतन्त्रताको व्यवस्था भएको पाईन्छ । धारा २६ ९ को उपधारा ३ मा दल दर्ता गराउने प्रयोजनका लागि निवेदन पेश गर्दा सम्बन्धित राजनितिक दलको विधान र घोषणा पत्र लगायतका कागजात पेश गर्नुपर्ने छ भनिएबाट राजनीतिक दलको विधानलाई दलदर्ताको अनिवार्य कागजातको रुपमा संविधानमा नै व्यवस्था भएकोदेखिन्छ । उक्त व्यवस्था अनुसार राजनीतिक दल खोल्ने स्वतन्त्रता अन्तर्गत बनेको कानूनको अधिनमा रही राजनीतिक दलको गठन , दर्ता र सञ्चालन सम्बन्धी अधिकारको उपयोग र उपभोग गर्न पाउने संवैधानिक व्यवस्था भएको पाईन्छ । 2. राजनीतिक दल सम्बन्धी ऐन , २०७३ को दफा ६ मा दलदर्ता हुन नसक्ने अवस्था बारे उल्लेख गरिएको छ । जस अन्तर्गत दफा ६ ( १ ) ( ङ ) मा “ दलको नाम वा चिन्ह आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिन्हसँग मिल्ने भएमा ” कुनै राजनीतिक दल दर्ता हुन नसक्ने स्पष्ट कानूनी व्यवस्था गरेको पाईन्छ । 22. प्रस्तुत मिसिलबाट देखिएको विवादको मूल विषय भनेको मुलनाम पनि नेपाल कम्युनिष्ट पार्टी र कोष्ठ भित्र पनि छोटकरीमा सोहि नाम ने क पा राखिनुले पार्टीको मुलनाम र संक्षिप्त नाम एकै राखेकोबाट अलग दल हो भन्नलाई फरक पहिचान केहि देखिदैन भन्ने नै रहेको र हाम्रो दलको नाम नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) नाम र कोष्ठमा एउटै भन्न मिल्दैन नाम जुधेको वा मिल्ने भनि भन्न नमिल्ने हुँदा राजनीतिक दल सम्बन्धी ऐनको दफा ६ ( १ ) ( ङ ) विपरितसमेत छैन भन्ने विपक्षीको लिखित जवाफ रहेको सन्दर्भमा हेर्दा राजनीतिक दल सम्बन्धी ऐन , २०७३ को दफा १० मा दलहरु एकिकरण हुन वा गाभिन सक्ने सम्बन्धमा व्यवस्था भई राजनीतिक दल सम्बन्धि नियमावली , २०७४ को नियम ८ मा दल एकिकरण हुने वा गाभिने सम्बन्धी व्यवस्थाको बारेमा नियम ९ मा एउटै नामबाट एकभन्दा बढी दल दर्ता हुन नहुने भन्ने व्यवस्था गरिएको र नियम ९ कै उपनियम १ मा ऐन तथा नियमावली बमोजिम दल दर्ता गर्दा एउटै नामबाट एक भन्दा बढी दल दर्ता हुने छैन भनि र उपनियम ( २ ) मा दलदर्ता को लागि निवेदन दिने दुई वा सोभन्दा बढी दलको नाम एउटै देखिन आएमा आयोगले सम्बन्धित दलसँग परामर्श गरी सम्भव भएसम्म त्यस्ता दलहरुको सहमती बमोजिम छुट्टाछुट्टै रुपमा पहिचान हुने गरी दल दर्ता गर्ने छ भन्ने व्यवस्था गर्दै उपनियम ( ३ ) मा उपनियम ( २ ) बमोजिम परामर्श गर्दा सम्बन्धित दलहरु बिच सहमती नभएमा आयोगले त्यस्ता दलहरुको छुट्टाछुट्टै पहिचान हुने गरी दल दर्ता गर्ने छ भन्ने व्यवस्था रहेको पाइन्छ । 2. प्रस्तुत विवादको सम्दर्भमा हेर्दा , साबिकमा निर्वाचन आयोगमा दर्ता रहेको नेपाल कम्युनिस्ट पार्टी ( एकिकृत मार्क्सवादी लेनिनवादी ) र नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्रका बिच दल एकिकरण गर्ने सम्बन्धमा दुवै दलका केन्द्रिय समितिबाट छुट्टाछुट्टै निर्णय भई संयुक्त रुपमा समेत मिति २०७५ । ०२।०३ मा निर्णय भई नेपाल कम्युनिष्ट पार्टी नामबाट दल दर्ता गराउन निर्वाचन आयोगमा निवेदन परेको देखिन्छ । छलफलको क्रममा उक्त नाम अस्वीकार भई नेपाल कम्युनिस्ट पार्टी ( एकिकृत मार्क्सवादी लेनिनवादी ) र नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र।लाई एकिकरण गरी नेपाल कम्युनिस्ट पार्टी ( ने क पा ) दर्ता कायम गरी दलले मागेको चिन्ह र झण्डा प्रदान गर्ने भनि विपक्षीमध्येको निर्वाचन आयोगबाट मिति २०७५ । ०२ । २३ मा निर्णय भएको भन्ने देखिएको छ । निवेदकले माग गरेको विषयतर्फ यसहेर्दा मुल नाम नेपाल कम्युनिस्ट पार्टी र कोष्ठ भित्र छोटकरीमा ने क पा राखिनुले अलग नाम नभै पार्टीको नाम एउटै भयो भनि गरिएको उजुरी उपर कारवाही गरी मिति २०७५।०७।० ९ मा निर्णय गर्दा विपक्षी मध्येको निर्वाचन आयोगबाट विपक्षी नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) दर्ता गरेकोलाई सदर गर्ने गरेको देखिएको छ । 24. यसरी नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) संक्षिप्तमा नेकपा र नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा एउटै नाम हो वा होइन भन्ने प्रश्नका सन्दर्भमा हेर्दा , जहाँसम्म कोष्ठभित्र लेखिएको कुरा त केही फरक छ नि भन्ने भनाई हो सो सम्बन्धमा विचार गर्दा सामान्यतयाः प्रयुक्त भएको अक्षरको उच्चारण र अभिव्यक्त भएपश्चात त्यसबाट बुझिने अर्थमा कुनै भिन्नता महसुस हुन्छ हुदैन त्यो नै महत्वपूर्ण कुरा हुने भएकोले त्यसतर्फ हेर्दा भिन्नता नदेखिई मिल्दो जुल्दो देखिन आएकोले त्यसले सारभूत भिन्नता राख्ने समेत देखिदैन । अर्कोतर्फ स्वयम् विपक्षीको तर्फबाट पेश भै मिसिल समावेश भएको पार्टीको अन्तरिम विधानको बाहिरी मुख पृष्ठ र भीत्र पार्टीको नाम उल्लेख भएकोमा समेत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) उल्लेख भएको देखिएबाट दुई पार्टीको नाम फरक परेको भन्ने नदेखिई एकआपसमा एउटै मिले भिडेको भन्ने नै देखिन्छ । कानूनले स्पष्ट रुपमा कुनै काम गर्ने मिल्दैन भनि प्रतिबन्ध लगाएको कुरालाई अन्यथा गर्ने गरी कुनै निर्णय गर्न वा कुनै काम कारवाहीलाई अनुमति प्रदान गर्न मिल्दैन । जुन काम कुरा कानूनले प्रत्यक्षरुपमा गर्न पाईदैन भनेको छ सो कुरा अप्रत्यक्षरुपमा समेत गर्न पाईदैन । १६ विपक्षीहरुले दर्ता गराएको नेपाल कम्युनिस्ट पार्टी ( ने क पा ) निर्वाचन आयोगमा मिति २०७५ । ०२ । २३ मा नयाँ दलको रुपमा दर्ता गरेको भनी उल्लेख भएको र उही नाममा एउटा पार्टी शुरुमा मिति २०७०।०४ । २२ मा र पछि मिति २०७४।०५ । २२ मा नै दर्ता भईरहेकोमा निर्वाचन आयोगबाट पहिले दर्ता भईसकेको पार्टीको नामसँग मिल्ने गरी विपक्षीहरुको मागबमोजिम नेपाल कम्युनिस्ट पार्टी ( ने क पा ) संक्षिप्तमा नेकपा दर्ता गर्ने गरी मिति २०७५।०२।२३ मा भएको निर्णयलाई सदर गर्ने गरी गरेको विपक्षीमध्येको निर्वाचन आयोगको मिति २०७४।०७।० ९ को निर्णय फैसला माथि उल्लेख भई विवेचना भएको आधार एवम् कारण तथा राजनीतिक दल सम्बन्धि ऐन , २०७३ को दफा ६ ( १ ) ( ङ ) को प्रत्यक्ष उल्लंघन गरि भएको समेतबाट कानून अनुरुप भएको भनि मान्न मिल्ने देखिन आएन । सोको थप पुस्ट्याई मिसिल संलग्न निर्वाचन आयोगमा पछिल्लो दर्ता भएको पार्टीको अन्तरिम विधानमा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) नामाकरण गरी उल्लेख भएको व्यहोरा समेतबाट प्रष्ट भएको देखिन्छ । राजनीतिक दल सम्बन्धि ऐन , २०७३ को दफा १० बमोजिम पहिले नै निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरु एकिकरण गरी नयाँ दल निर्माण हुँदा समेत सोही ऐनको दफा ६ को दल दर्ता हुन नसक्ने भनि ऐनमा व्यवस्था भएका प्रावधानहरुको उल्लंघन गर्ने गरी दल दर्ता गर्न मिल्ने देखिदैन । यसरी दफा १० बमोजिमको निर्णय गर्दा दफा ६ को उल्लंघन गर्न मिल्दैन ।28. तसर्थ , माथि उल्लेख भई विवेचना भएको कानूनी आधार कारण समेतबाट नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिला दर्ता भैसकेको अवस्थामा सोही दर्ता भैसकेको पार्टीसँग नाम मिल्ने गरी नयाँ पार्टी दर्ता गरेको विपक्षी मध्येका निर्वाचन आयोगको मिति २०७५ । ०२ । २३ को निर्णय र सो निर्णयलाई सदर गर्ने गरी भएको मिति २०७५ । ०७।० ९ को निर्णय फैसला राजनीतिक दल सम्बन्धि ऐन , २०७३ को दफा ६ ( १ ) ( ङ ) र राजनीतिक दल सम्बन्धि नियमावली , २०७४ को नियम ९ मा भएको कानूनी व्यवस्था विपरीत देखिदा उत्प्रेषणको आदेशबाट बदर गरिदिएको छ । निर्वाचन आयोगका यी दुवै निर्णय बदर भए पश्चात साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत मार्क्सवादी लेनीनवादी ) र नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) अलग अलग राजनीतिक दलका रुपमा साबिक कै अवस्थामा कायम रहने हुँदा , अब यी दुई राजनीतिक दलले एकिकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धि ऐन तथा नियम विपरित नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शिघ्र कानून बमोजिम आवश्यक निर्णय गर्ने गराउनू भनि विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरिदिएको छ । आदेशको प्रतिलिपि साथै राखी सो को जानकारी विपक्षीहरुलाई दिनू र आदेशको विद्युतीय प्रति इन्टरनेटमा अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाईदिनू । न्यायाधीश उक्त रायमा म सहमत छु । न्यायाधीश इजलास अधिकृतः- मनिता गुरुङ कम्प्युटरः देबिमाया खतिवडा ( देबिना ) इति संवत् २०७७ साल फाल्गुन महिना २३ गते रोज १ शुभम् लेखिएको छ। ।

 

 

 

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: