सर्वोच्च अदालतको फैसला हामिले अपेक्षा गरे भन्दा बिलकुलै फरक आयो: पुष्पकमल दाहाल प्रचण्ड

  • 1K
    Shares

नेकपा अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतको फैसला आफूहरुले अपेक्षा गरेभन्दा फरक आएको बताएएका छन् ।

 

सिंहदरबारमा पत्रकारसँगको कुराकानीमा सर्वोच्चको फैसला अध्ययन नगरी टिप्पणी गर्ने बेला नभएको र अपेक्षा गरेभन्दा फरक आएको उनले बताए ।।

 

उनले भने, ‘सर्वोच्चको फैसला अध्ययन नगरी टिप्पणी गर्ने बेला भएको छैन । फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको छ ।’

 

यसैक्रममा सर्वोच्चले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै बदर गरिदिएको सम्बन्धमा उक्त धारणा उनले व्यक्त गरेका हुन् ।।

यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका नेता एवं संसदीय दलका मुख्य सचेतक देव गुरुङले सर्वाेच्च अदालतले न्याय समयमा दिनुपर्ने बताउदै बेठीक समयमा न्याय दिएको बताएका छन् ।

 

आइतबार सिंहदरबारमा संचारकर्मीसँग कुराकानी गर्दै उनले ओली–प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलालाई ‘बेठीक टाइम’को न्यायको संज्ञा दिएका हुन् ।

 

अहिले चाहिँ उपयुक्त समय हो भन्ने देखिदैन । न्याय टाइममा दिनुपर्थ्यो। बेठीक टाइममा चाहिँ न्याय दिने काम भयो । यसले पार्ने साइड इफेक्टहरु के कस्तो पार्छ हाम्ले हेरेर मात्रै पछि प्रतिक्रिया दिउँला’ उनले भने, ‘जुन परिस्थितिमा आएर फैसला गरेको छ यसले नेपाल कम्युनिष्ट पार्टी नेकपाको निर्वाचन आयोगमा परिराखेको बहसको सम्बन्धमा केही केही प्रभाव पार्न सक्छ भन्ने लाग्छ ।’

 

अदालतको फैसलाले दलको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको ‘डेडलक’लाई अझै मद्दत पुग्न सक्ने बताएका छन् । नेता गुरुङका अनुसार फैसलासँगै साविकको नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई व्युँताई यथास्थानमा गयो भन्न मिल्दैन ।

 

पार्टी एकीकरण पछि ३ बर्षमा धेरै कामहरु भएको र त्यसलाई सरकारले पनि स्वामित्वमा लिएकाले नाम परिवर्तन हुँदैमा एकीकरणका सबै अवयव मेटिन नसक्ने उनले उल्लेख गरेका छन् ।

 

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: