न रह्यो आधिकारिक नेकपा न रह्यो एमाले न रह्यो माओवादी यता न ऊता प्रचण्ड, ओलि।।

  • 214
    Shares

सर्वोच्च अदालतले एमाले र माओवादी मिलेर बनेको नेकपाको एकीकरण खारेज गरेर ब्युँताउने आदेश दिए पनि ती दुवै पार्टी अर्कैको नाममा दर्ता भइसकेका छन्।

।एकीकरणपश्चात् एमाले र माओवादी केन्द्रको खारेजीसँगै निर्वाचन आयोगमा एमाले पूर्वएमाले कार्यकर्ता सन्ध्या तिवारी र माओवादी केन्द्र पूर्वमाओवादी नेता गोपाल किराँतीको नाममा रहेको छ । यस्तो अवस्थामा पूर्ववत् रुपमा एमाले र माओवादी सर्वाेच्चले ब्युइताइदिएको छ ।

 

निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलको सूचीमा १२५ औं स्थानमा माओवादी केन्द्र र १३२ औं स्थानमा एमाले दर्ता छन्।

 

यसरी सर्वोच्चको फैसलापूर्व नै यी दुबै पार्टी कानुनी रूपमा अर्कैका नाममा दर्ता रहेकाले थप संवैधानिक÷कानुनी जटिलता थपिएको छ ।

 

दुवै पक्षले आ आफ्नो दाबि गर्दै आइरहेका थिए नेकपा अन्त्यमा आधिकारिक नेकपा ऋषि कट्टेललाई दीएको छ आखिर को हुन त ऋषि कट्टेल?

ऋषि कट्टेल २०५८ सालमा सिपी मैनाली महासचिव रहँदा नेकपा (माले) मा दोस्रो तहका नेता थिए। दोस्रो जनआन्दोलनपछि मैनाली र कट्टेलबीच मतभेद देखिन थाल्यो। राजसंस्था, संघीयता, संविधानसभा जस्ता मुद्दामा मैनालीसँग उनको मतभेद भएको भएको हो। मैनालीलाई यथास्थितिवादी–राजावादीसँग नजिकिएको आरोप लगाउँदै कट्टेलले विद्रोही माले गठन गरे।

 

कट्टेलसँग विद्रोह गर्नेमा टंक राई, जितवीर लामा, केपी फुयाल लगायत नेता थिए। २०२४ सालदेखि विद्यार्थी संगठनमा आबद्ध भएका उनले ०२६ सालमा नेकपाको पार्टी सदस्य लिएका थिए।

 

कट्टेल ०३७–०४३ सम्म नेकपा (मार्क्सवादी) का केन्द्रीय सदस्य थिए। २०४७ सालमा एमाले गोरखा पार्टीका प्रमुख भएका थिए।

 

०६४ सालमा नेकपा एकीकृत रहेको पार्टीले संविधान सभामा २ सिट ल्याएको थियो। र २०६९ आफ्नै अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टी गठन गरेका थिए। यसअघि, नेपाल कम्युनिष्ट पार्टी तेस्रो महाधिवेशन (२०१९) पछि अनेक चिरामा विभाजित भयो। पुष्पलालले २०२५ मा गोरखपुर सम्मेलन गरी पार्टी पुनर्गठन गरे। कट्टेलले त्यही धाराबाट राजनीति थालेका हुन्।

 

२०३५ सालमा भारत प्रवासमा पुष्पलालको निधनपछि नेतृत्व साहना प्रधानले सम्हालिन्। ०४३ मा प्रधान नेतृत्वको पार्टी र मनमोहन अधिकारी नेतृत्वको पार्टी नेकपा (मार्क्सवादी) बन्यो।

 

०४७ माघमा माले र मार्क्सवादी बीच एकतापछि एमाले बन्यो। यसरी कट्टेलको राजनीतिक निरन्तरता एमालेसम्म पुग्यो। एमालेले महाकाली सन्धिमा विवाद भएपछि ०५४ मा साहना, सी पी मैनाली, वामदेव गौतम समूहले माले गठन गर्‍यो।

 

कट्टेल मालेमा आबद्ध भए। २०५८ मा गौतमलगायत एमालेमा फर्किएपछि मैनाली, कट्टेललगायत मालेमै रहेका थिए।

 

कट्टेलले भनेका थिए – ‘सडकमा कराउँदैमा पार्टीको नाम राख्न मिल्दैन, नेकपा नामको पार्टी निर्वाचन आयोगमा मेरो नेतृत्वमा दर्ता भइसकेको छ। त्यसको प्रमाण म दिन तयार छु। उनीहरूले नेकपा नै राख्छन् भने पछाडि फुर्को झुण्ड्याउनुपर्छ।’

 

त्यस्तै कट्टेलले यसअघि विप्लवलाई पनि नेकपा नाम नराख्न सुझाव दिएका थिए। त्यस क्रममा विप्लवले ‘आफूलाई मेरो पार्टी दर्ता भएको छैन, तपाईंले चित्त दुखाउनुपर्दैन’ भनेपछि आफू चुप लागेर बसेको कट्टेलले प्रतिक्रिया दिएका थिए।

 

विप्लवले नेकपा नाम राखेपछि उक्त पार्टीसँग एकीकरणको प्रकृयासमेत अघि बढेकाले उनीसँग आफ्नो अब कुनै आपत्ति नभएको बताएका थिए।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: