प्रचण्ड संग बिदाई भएर फर्किए पुन एमालेमै माधवकुमार नेपाल समूह ।।

  • 508
    Shares

गत पुष 5 गते प्रतिनिधिसभा विघटन गरे लगत्तै बिभाजन भएको प्रचण्ड माधवकुमार नेपाल समूह अदालतले नेकपा खारेज गरिदिएपछि माधवकुमार नेपाल समूह पुन एमालेमै फर्किने भएका छन भने सबै आ आफ्नो बाटो समेत लागेका छन।।

प्रचण्ड-नेपाल समुहले एकता पूर्वका आ-आफ्नै पार्टी एमाले र माओवादीमै फर्कने निर्णय गरेका छन् । सोमबार पेरिसडाँडामा बसेको प्रचण्ड-नेपाल समुहका स्थायी समितिको बैठकले अब अलग अलग भएर जाने निर्णय गरेको हो ।

स्थायी कमिटीको बैठकमा अदालतको निर्णयमा राजनीतिक देखिएता पनि मान्नै पर्ने अवस्था आएकाले पूर्वस्थितीमै पुग्नु पर्ने निष्कर्ष निकालिएको बैठकमा सहभागी एक सदस्यले बताए ।

 

अब अलग-अलग भएपनि पार्टी एकताका लागि भने दुवै पार्टीले आ-आफ्नो क्षेत्रबाट पहलगर्ने निर्णय भएको ती सदस्यले बताएका छन् । आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुँदा बनेको नेकपालाई सर्वोच्च अदालतले मान्यता नदिने पक्षमा फैसला गरेको थियो ।

 

सोमबार प्रचण्ड-नेपाल समुहको बैठक बस्नुअघि नेपाल समुहले नयाँ बानेश्वरमा बैठक बोलाएको थियो । सो बैठकले नै सर्वोच्चको फैसला मान्दै अलग हुने निष्कर्ष निकालेको थियो ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: