पार्टीको नाम र चुनाव चिह्न के हुन्छ भनेर चिन्ता नगर्नुस्, हामी सही राजनीतिक विचार र सिद्धान्त लिएर आउनेछौँ ।’रामकुमारी झाँक्री

  • 3.8K
    Shares

महोत्तरी — साविकको नेकपा पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहकी नेता रामकुमारी झाँक्रीले सर्वाेच्चको फैसलाले आफूहरुलाई कुनै संकट नआएको बताएकी छन् ।

 

१ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (मार्च ८) का अवसरमा अखिल नेपाल महिला संघ महोत्तरीले बर्दिवासमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता झाँक्रीले आफूहरुलाई नपरेको र संकट सत्तामा रजगज गरिरहेकालाई पर्ने बताइन् ।

‘हामी दुई महिनादेखि सडकमा थियौँ । हामीलाई के संकट परोस् ?,’ झाँक्रीले भनिन्, ‘संकट त उनीहरुलाई पर्नेछ जो अहिले सत्तामा रजगज गरिरहेका छन् ।’

 

मागदाबी नै नगरिएको विषयमा प्रवेश गरेर पार्टीको आन्तरिक जीवनमा सर्वाेच्च प्रवेश गर्न मिल्छ कि मिल्दैन भन्ने गम्भीर प्रश्न उब्जिएकाले आइतबार सर्वाेच्चले गरेको फैसलामा आफूहरु पुनरावलोकनमा जाने पनि झाँक्रीले बताइन् ।

‘म जुन दलको सदस्य हुँ मेरो राजनीतिक असहमति मैले पार्टीभित्र राख्न पाउने कि नपाउने ?,’ झाँक्रीले सर्वाेच्चलाई प्रश्न गरिन्, ‘नेकपा नाम हामीले नपाउने निर्णयसम्म हुन सक्थ्यो होला तर राजनीतिक असहमति राखेर विद्रोह गरिरहेकै आधारमा मेरो पार्टी र चुनाव चिह्न नै खोस्नु ममाथि कुन न्याय भयो ?’ दुई महिनादेखि विद्रोह गरिरहेको पार्टीभित्र धकेल्ने गरी भएको निर्णय जनता र व्यवस्थामाथि नै आघात पुग्ने खालको निर्णय भएकाले यस फैसलाको समीक्षा हुनुपर्ने उनले बताइन् ।

 

अब पार्टीको नाम र चुनाव चिह्न के हुन्छ भनेर चिन्ता गर्नेलाई यसको चिन्ता नलिन उनले आग्रह गरिन् । ‘पार्टीको नाम र चुनाव चिह्न के हुन्छ भनेर चिन्ता नगर्नुस्, हामी सही राजनीतिक विचार र सिद्धान्त लिएर आउनेछौँ ।’ लोकतन्त्रको सवालमा र जनताको माझमा गलत विचार र सिद्धान्त लिएर अघि बढ्नेलाई इतिहासले क्षमा नगर्ने उनले बताइन् ।

 

महोत्तरीमा बोक्सीको आरोपमा मलमुत्र खुवाएर दुर्व्यवहार गरिएकी मरणीदेवी र बलात्कार पछि हत्या भएकी बर्दिवासकी गुलाबसा खातुनकाजस्ता हजारौं घटनाको अन्त्य गराउँदै न्याय दिने र गरिब, दलित र शोषित वर्गको पक्षमा काम गर्ने पार्टीको रुपमा आफ्नो पार्टी रहने उनले बताइन् ।

 

राज्यले महिलाको हकअधिकार र सुरक्षाको प्रत्याभूति गराउन नसकेको भन्दै उनले महिलाले यसविरुद्ध सङ्घर्ष गरिराख्न पर्ने बताइन् ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: