एमाले र माओवादीलाई एकताको अर्को अवसर, दियो पुन निर्वाचन आयोगले १५ दिन भित्र निवेदन दिन सक्ने

  • 271
    Shares

निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुन पार्टी एकीकरण गर्ने भए १५ दिन भित्र निवेदन दिन आग्रह गरेको छ ।

­

 

शुक्रबार एक बिज्ञप्ति जारी गर्दै पार्टी एकीकरण गर्ने भए १५ दिन भित्र कानुनमा नबाजिनेगरी दुवै पार्टीले नयाँ दल दर्ता गर्न निवेदन दिन आग्रह गरेको छ ।

 

निर्वाचन आयोगमा शुक्रबार बसेको बैठकले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच ३ बर्ष अघि एकीकरण गरि बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपालाई सर्वोच्च अदालतले बदुर गरेपछि पुन एकी करण गर्नका लागि ‘राजनीतिक दल सम्बन्धी ऐन २०७३’ र ‘राजनीतिक दल सम्बन्धी नियामावली २०७४’ अनुसा निवेदन दिन आग्रह गरेको छ ।

 

बिज्ञप्तिमा दुवै दलले आ फ्नो केन्द्रीय कमिटीबाट दल एकीकरण गर्ने निर्णय गरि निर्णय सहित एकीकरण पछि दलको नयाँ नाम चिन्हका साथै निवेदन लिएर निर्वाचन आयोगमा उपस्थित हुन आग्रह गरिएको छ ।

 

बिज्ञप्तीको बुँदामा पार्टी एकताका लागि भनिएको छ , ‘आयोगको मिति २०७५।०२।२३ गतेको निर्णयबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी– लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० नामक राजनीतिक दल सम्मानित सर्वोच्च अदालतको मिति २०७७।११।२३ गतेको फैसलाले बदर भएकोले अब यी दुई दलले दल एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ बिपरित नहुने गरी दुवै दलले आ–आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णय सहित नयाँ दलको रूपमा एकीकरण गर्ने भएमा एकिकरण पछि बन्ने दलको नयाँ नाम र चिन्ह समेत प्रस्ताव गरी १५ (पन्ध्र) दिन भित्र आयोगमा निवेदन सहित उपस्थित हुनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई जानकारी गराउने।’

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: