गत पुष 5 गते प्रतिनिधिसभा विघटन गरे लगत्तै माधवकुमार नेपाल समूह बिभाजन भएर प्रचण्ड पक्ष लागेको थिए अदालतले नेकपा खारेज गरिदिएपछि पुन ओलिकै नेकपा एमालेभित्रै आए लगत्तै पहिलेकै एमाले ब्युतिएको छ र अझै शक्तिशाली पार्टिको रुपमा खडा भएको छ भने प्रचण्ड अध्यक्ष भएको माओवादी केन्द्र भने झन कमजोर भएको छ बादल टोपबहादुर रायमाझि मणि थापा लगायत दर्जनौ माओवादी नेता नेकपा एमाले प्रवेश गरे लगत्तै झनै कमजोर भएको छ ।।
केपी शर्मा ओलीका ठाउँमा अरू कोही थियो भने सम्भवत: निकै पहिल्यै प्रधानमन्त्री विशेषण गुमाइसकेको हुन्थ्यो। आफ्नै दलका नेताहरूको घेराबन्दी र सरकारविरुद्ध असहयोगसँग उनी डटेर लडे। र, ढले–ढले–ढले लाग्दालाग्दै पछिल्लो समय झन् शक्तिशाली बनेर उभिएका छन्।
त्यो शक्ति राजनीतिक कौशलले मात्र आर्जेको होइन, सरकारको नेतृत्व गर्दा उनले केही ऐतिहासिक उपलब्धिसमेत हासिल गरेका छन्। त्यसले ओलीको राजनीतिक कदसमेत बढाएको छ। यो खबर आजको अन्पूर्ण पोस्ट दैनिकमा छापिएको छ ।