पाँच वर्ष ओलिको नेतृत्वमा सरकार रहन्छ कसैले हटाउने हिम्मत नगरे हुन्छ :डा:भिम रावल

  • 529
    Shares

सर्वोच्चको फैसला पछि प्रचण्डको साथमा रहेका माधवकुमार नेपाल लगायतका नेताहरु एमालेमै रहने निर्णयमा पुगेका छन् । उनीहरुले एमालेमै रहेर प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्ति विरुद्ध संघर्ष गर्ने निर्णयमा पुगेका हुन् ।

 

सामाजिक सञ्जालमा निकै सकृय रहने र आफ्नै सरकारको चर्को आलोचना गर्ने नेता मध्य पर्छन भिम रावल । सर्वोच्चको फैसलाका कारण प्रचण्डको साथ छोड्ने इच्छा नहुँदा नहुँदै माधव लगायत उनको समुहमा रहेका नेताहरु एमालेमै रहने निष्कर्षमा पुगेका छन् ।

 

उनी केपी शर्मा ओलीकै नेतृत्वमा रहेको एमालेको उपाध्यक्ष हुन् । उनले सर्वोच्चको निर्णयलाई स्वीकार गर्दै आफ्नो अभिब्यक्ति पनि सुधार गरेका छन् । उनले अब आफ्नो पार्टीको अध्यक्ष केपी शर्मा ओली नै रहेको बताएका छन् ।

 

सर्वोच्चले पार्टीको नामका विषयमा फैसला गर्दै नेकपा ऋषि कट्टेललाई नै दिएको दिन सुरु भएको संसदको बैठकमा रावलले प्रधानमन्त्री ओलीलाई तपाई कुन पार्टीको भनेर प्रश्न गरेका थिए ।

 

तर अहिले उनले एमालेको अध्यक्ष ओली नै हो भनेका छन् । त्यस दिन आफुले गरेको प्रश्न ओलीको लागि मात्र नभएर एमालेका सबै नेताहरुका लागि गरेको र त्यो आफ्ना लागि पनि लागू हुने रावलको भनाई छ ।

 

एमाले ओलीको मात्र नभएर आफु लगायत लाखौं जनताको बलिदानी र नेताको यागदानवाट एमाले स्थापना भएकाले ओलीको भन्न नमिल्ने उनको भनाई छ । त्यसैले हिँदो नेकपामा रहेका ओली पनि एमालेमा फर्किए जस्तै आफुहरु पनि एमालेमा फर्किएको उनको राय छ ।

 

राजनीतिक प्रकृतिको फैसला सर्वोच्चको फैसला आएपनि सहमत हुने कुनै अवस्था नभएपनि आफुहरुले मानेको बताए । उनले सर्वोच्चको फैसलाले असफल भएको कोही हो भने ओली असफल भएको बताएका छन् ।

 

उनले माओवादी केन्द्रसंग पार्टी एकता गर्दा ओलीको हस्ताक्षर रहेकाले उनी पनि असफल भएको बताएका छन् । उनले आफु सबै एमालेका नेता भएकाले पार्टीको नीति र नियम अनुसार अबको अध्यक्ष ओली हुन् र ५ वर्षका लागि प्रधानमन्त्री पनि उनी नै हुने बताएका छन् । उनले जस्तो सुकै परिस्थितीले एमालेलाई फुटाउन नसक्ने बताए ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: