पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नै दुई वर्ष टिक्छ कसैले हटाउने हिम्मत नगरे हुन्छ :झलनाथ खनाल

  • 1.1K
    Shares

गत पुष 5 गते प्रतिनिधिसभा विघटन गरे लगत्तै बिभाजन भएर प्रचण्ड पक्ष लागेका झलनाथ खनाल सर्बोच्च अदालतले नेकपा खारेज गरिदिएपछि पुन नेकपा एमालेभित्रै फर्किएका छन ।

 

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नै दुई वर्ष टिक्नुपर्ने बताउनु भएको छ ।

 

संसद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाले पार्टीको वरिष्ठ नेताको हैसियतले आफु यही सरकार थप दुई वर्ष टिक्नुपर्छ भन्ने अडानमा रहेको बताउनु भयो ।

 

‘संसद भनेको राजनीतिक खेल खेल्नु मुख्य मञ्च हो, अहिले सरकार हामीसँग छदै छ, यो सरकारले अब आउने दुई वर्षको कार्यकाल राम्रो ठंगले पुरा गर्नुपर्छ’, उहाले अगाडी भन्नुभयो, ‘वरिष्ठ नेताको हैसियतले यही सरकार दुई वर्ष जानुपर्छ भन्ने चाहान्छु ।

 

तर, अब संसदको कुरा हो ।’ उहाले राजनीतिक पार्टी र राजनीतिज्ञले खेल खेल्ने ठाउँ संसद भएकाले नयाँ खेल शुरु भएको समेत बताउनु भयो ।

 

‘अब नया खेलको शुरुवात हुन्छ त्यो नयाँ खेल कसरी हुन्छ भन्ने कुराको परिदृश्य तपाईहरुले विस्तारै विस्तारै देख्दै जानुहुन्छ । संसदले अब मुलुकलाई राम्रो निष्कर्षतर्फ लानुपर्छ’, उहाको भनाई थियो ।

भर्खरै

सम्बन्धित समाचार

error: