प्रचण्ड माधवकुमारको बिरोध गर्दा चौतर्फी बिरोध प्रदर्शन भएपछि माफि मागे टोपबहादुर रायमाझिले ।

  • 550
    Shares

कुन ठाउँमा के बोल्नु हुँदैन भन्ने हेक्का नराख्दा बोल्नेले दुःख पाउँछ । यस्तै दुःख पाए ऊर्जामन्त्री टोपबहादुर रायमाझीले । शुक्रबार आयोजित नेपाल निजामती कर्मचारी संगठन, उपत्यका प्रदेश कार्यसमितिको अन्तरक्रिया कार्यक्रममा मन्त्री रायमाझी प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए ।

 

उक्त अन्तक्रियामा बोल्ने क्रममा रायमाझीले प्रचण्ड–नेपाल समूहविरुद्ध मञ्चबाटै तथानाम बोल्न थाले । तर, उनलाई हेक्का थिएन, त्यहाँ प्रचण्ड–माधव पक्षका कर्मचारीहरु पनि उपस्थित थिए ।

 

रायमाझीले प्रचण्ड–माधवविरुद्ध जथाभावी बोलेपछि संगठनका उपाध्यक्ष जीवन भण्डारीले प्रतिवाद गर्नुपर्यो । उनको प्रतिवादसँगै मन्त्रीविरुद्ध हुटिङ सुरु भयो । र, अन्त्यमा मन्त्री रायमाझी ओली गलत भन्दै माफी माग्न बाध्य भए ।

 

बबरमहलको जिल्ला समन्वय समिति हलमा नेपाल निजामती कर्मचारी संगठन, उपत्यका प्रदेश कार्यसमितिको अन्तरक्रिया कार्यक्रममा ओली समूह र प्रचण्ड–माधव दुवै समूहका कर्मचारीहरुबीच उनले एक पक्षको खेदो खन्दाखन्दै मञ्चबाट जुरुक्क उठेर उपाध्यक्ष जीवन भण्डारीले प्रतिवाद गरेका थिए ।

 

नेकपा विभाजनले औपचारिक मान्यता नपाएजस्तै अहिले कर्मचारी संगठन विभाजन भइसकेको छैन । कार्यक्रममा माधव नेपाल–प्रचण्ड खेमाका आरसी अधिकारी, रेवन्त गौतम, भवानी खतिवडा, जीवन भण्डारीहरु पनि उपस्थित थिए ।

 

झन्डै दुई सय हाराहारीमा कर्मचारी सहभागी रहेको हलमा प्रमुख अतिथि बनाइएका रायमाझीले ओलीनिकट कर्मचारीहरुको मात्र भेला होला भन्ठानेर सम्बोधनको सुरुवातमै लड्डु खाएको प्रसंग निकालेका थिए । त्यतिमा मात्र नरोकिई सडकमा हामी यहाँ छौं भनेर लेखिएको प्लेकार्ड बोकी प्रचण्ड र माधव नेपालहरु धर्ना बसेको सन्दर्भ पनि जोडे ।

 

मन्त्री रायमाझी जति जति प्रचण्ड–माधव नेपाल समूहको खिलाफमा बोल्थे हलमा उति धेरै हुटिङ हुन्थ्यो । कर्मचारीको कार्यक्रममा राजनीतिक भाषण र छेडखानी भएको नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीलाई चित्त बुझेन ।

 

उनले बीचमै प्रतिवाद गर्दै भने–मन्त्रीज्यू के बोल्दै हुनुहुन्छ, यहाँ लड्डु खानेहरु छन्, खुवाउनेहरु पनि छन्, कर्मचारीको कार्यक्रममा कर्मचारीसँग सम्बन्धित विषयमा मात्र बोल्नोस् ।मञ्चबाटै प्रतिकार हुन थालेपछि मन्त्री रायमाझी रातोपिरो भए । त्यसपछि रायमाझीले माफी माग्दै आफ्नो भाषण सच्याए । उनले म माधव नेपाल–प्रचण्डलाई मात्र गाली गरिरहेको छैन ।

 

ओलीले पनि गल्ती गर्नुभएको हो । उनले भने, प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनको कदम गलत थियो, गलतलाई गलत नै भन्नुपर्छ । उहाँले ठिक भन्नुभएको छ, देशान्तरमा उल्लेख छ ।

 

म त ओली समर्थक मात्र हुनुहोला भनेर तपाईँहरुको लागि बोलेको थिए । तर, संगठन फुटेको रहेनछ, नफुट्नुस्, जुट्नुस, तपाईहरु सही हुनुहुन्छ । ओलीको कदम गलत छ । हामीले पनि एकता चाहेका छौं । तर, माथिका नेता नमिल्दा समस्या आएको हो । यो समाचार अलाईन पाना बाट लिएको हो ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: